×

NMB BANK
NIC ASIA

आज राति लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने पञ्चाङ्ग निर्णायक समितिको दाबी !

जेठ २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने जनाएको छ । जल, अन्तरक्ष एवं पृथ्वीका विभिन्न भागबाट देखिने फरकफरक किसिमका ग्रहण हुन्छन् ।

Muktinath Bank

ज्येष्ठ शुक्ल पूर्णिमा अर्थात् आज राति देखिने ग्रहण नेपालबाट नदेखिने भएकाले यसलाई बार्नु नपर्ने समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नदेखिने ग्रहणका विषयमा पात्रो (पञ्चाङ्ग) मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नुपर्दैन अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

विसं २०७७ असार ७ गते आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण मात्र नेपालबाट देखिने समितिले जनाएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने आज राति सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्ने र यो नेपालबाट पनि देखिने जनाएको छ ।

Vianet communication
Laxmi Bank

यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर बिरल छायाँ अर्थात् ‘पेनम्ब्रल’ चन्द्रग्रहण भएको अध्यक्ष सुरेश भट्टराईले बताए । यो छायाँजनित ग्रहण भएकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन अनुमति दिएका पात्रोमा उल्लेख नभएको हुनसक्ने सोसाइटीले जनाएको छ ।

‘पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्वीकार गरिएको देखिँदैन,’ उनले भने । ग्रहण आज राति ११:३० बजे शुरु भई १:०९ बजे मध्य हुनेछ । राति २:४९ बजे सकिने पनि सोसाइटीले जनाएको छ ।

के हो ‘पेनम्ब्रल’ चन्द्रग्रहण ?

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन तथा विरल ।

चन्द्रमा पृथ्वीको विरल छायाँमा पर्नु नै ‘पेनम्ब्रल’ चन्द्रग्रहण हो । पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी सुनेको सुतक र देखेको ग्रहणमात्र लाग्ने शास्त्रीय मान्यताअनुसार आज राति लाग्ने चन्द्रग्रहणको प्रभाव नेपालमा नपर्ने भएको बताउँछन् ।

यो ग्रहण नेपाल र भारतबाट समेत हो कि जस्तो मात्र देखिने र प्रष्ट नहुने भएकाले यसलाई विरल छायाँ भनिएको पनि उनले बताए । नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्य नेपालबाट आँखाले नदेखिने ग्रहण आज राति लाग्ने बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x