नेपालमा कोरोना खोप बनाएको दाबी

विश्व स्वास्थ्य सङ्गठनले थप अनुसन्धानमा सहयोग गर्ने

तस्वीर सौजन्य : गोरखापत्र दैनिक

 कोभिड–१९ विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन् । जडीबुटीको खानी नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा. ललितकुमार लाल दास तीन महिनादेखि जुटेका छन् ।

विश्वव्यापी रूपमा कोरोना महामारी बढ्दै गएपछि डा. दासले चैतबाट नेपालमा पाइने जडीबुटी प्रयोग गरी खोप अध्ययन थालेका हुन् । हेटौँडा क्याम्पसको प्रयोगशालामा खोप अध्ययन गरिरहनुभएका डा. दासले भने, 'कोरोना भाइरसविरुद्ध केही एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडीबुटी लिएर शोध गरी खोप तयार गरेको छु ।'


Advertisement

उनलेकोरोनाको सङ्कटमा विश्व फसिरहेको बेला योगदान गर्नुपर्छ भनेर थालेको अनुसन्धानमा सफलता पाएको दाबी गरे।

उनलेभने, 'प्रयोगशालाको काम पूरा भएको छ, मैले गरेको खोज र अनुसन्धान विश्वविद्यालय र नेपाल सरकारको सम्पत्ति भइसकेको छ । अब थप अनुसन्धान राज्यको हो ।'


Advertisement

उनलेआफ्नो अनुसन्धानको परीक्षण कोरोना सङ्क्रमितमा गर्न बाँकी रहेकाले त्यो परीक्षणका लागि सरकारसँग आग्रहसमेत गरे।

वन विज्ञान अध्ययन संस्थानअन्तर्गत हेटौँडा क्याम्पसका सहायक प्राध्यापक डा. दासले जडीबुटीको प्रयोग गरी खोप तयार पारेका हुन् । सुरुका दिनमा हर्बल सेनिटाइजरको अध्ययन अनुसन्धान र उत्पादन गरेका उनले कोरोना प्रतिरोधी क्षमता बढाउने खोपको समेत विकास गरेका छन् । कोरोना भाइरसविरुद्धको दुई प्रकारको खोप तयार पार्नुभएका डा. दासको अनुसन्धानलाई विश्व स्वास्थ्य सङ्गठनले चासो राखेर छलफलसमेत गरेको छ ।

नेपालसहित विश्वका ७३ देशका अनुसन्धानकर्ता र डब्ल्यूएचओका अनुसन्धान अधिकारीसँग डा. दासले मङ्गलबार भर्चुअल छलफल गरेका थिए ।

डा. दासले विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार काम भए नभएको, खोप तयार गर्नसक्ने क्षमता, कतिलाई प्रभावित गर्न सकिने, कति प्रगति भयो र सङ्गठनसँगको अपेक्षाका बारेमा छलफलमा भएको जानकारी दिए। अनुसन्धानलाई निरन्तरता दिन, देशको स्रोत प्रयोग गर्न र समस्या भए राख्नसमेत डब्ल्यूएचओका अनुसन्धान अधिकारीले भनेको डा. दासले जानकारी दिए।

डब्ल्यूएचओले कोरोनाविरुद्धको खोपको खोजी र अनुसन्धानका लागि उत्प्रेरित गरिरहेको छ । सोही क्रममा डा. दासको अनुसन्धान अवधारणापत्रलाई डब्ल्यूएचओमा पठाइएको थियो । डा. दासले कोरोना भाइरसविरुद्धको खोपलाई एस १, एस २ र एस ३ सङ्केत दिनुभएको छ ।

यस्तै, कोरोना प्रतिरोधी क्षमता बढाउने अर्को खोपलाई एस ४, एस ५, एस ६, एस ७, एस ८ र एस ९ सङ्केत दिइएको छ । डा. दासको अनुसन्धानलाई लिएर विश्व स्वास्थ्य सङ्गठनका अनुसन्धान अधिकारीसँग अर्को बैठक असार २ गतेका लागि तय भएको छ ।

हेटौँडा क्याम्पसका उपप्राध्यापक दामोदर गैरेले भने, 'प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्यूएचओमा पठाइएका छाैं ।'

उपप्राध्यापक दामोदर गैरेका अनुसार गुर्जो, निमलगायतका जडीबुटीहरूको प्रयोग गरी इन्जाइमयुक्त खोप तयार पारिएको छ । खोपले कोरोना भाइरसमा भएको बोसोयुक्त तìव नष्ट गर्न सहयोग गर्ने छ ।

उनका अनुसार, एन्टी अक्सिडेन्टयुक्त कागती, बेसारलगायत फलफूलको प्रयोग गरी कोरोना प्रतिरोधी क्षमता बढाउने खोप तयार गरिएको छ ।

डा. दासको अनुसन्धानलाई लिएर बाग्मती प्रदेश सरकारले चासो दिँदै सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पदाधिकारीसहित प्रदेशका सामाजिक विकास मन्त्रालयले छलफलसमेत आयोजना गरेको छ । खोप औषधिको अनुसन्धान, विकास र उत्पादनका लागि परिषद्बाट स्वीकृत लिनुपर्ने हुन्छ ।

बाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता पुरुषोत्तमराज सेढाईंले डा. दासको अनुसन्धानलाई संस्थागत गर्ने विषयमा छलफल भएको जानकारी दिए।  गोरखापत्र दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्