×

NMB BANK
NIC ASIA

जसले क्वारेन्टाइनमै बुबा गुमाए

जेठ २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गुलरिया नगरपालिका-९ को गोडियनपुरमा शुक्रबार बिहान पुग्दा नन्‍कई गुडियाको झुप्रोको छानाबाट बलेसीमा पानी तप्किरहेको थियो । लकडाउनका बेला पनि गुडियाको सडकसँगै जोडिएको झुपडीबाहिर झरीको पर्बाह नगरी केही मानिस ओहोरदोहोर गरिरहेका थिए ।

Muktinath Bank

एक आफन्तीले गुलरिया बजारबाट पुरी पकाउन भन्दै २४ सय रुपैयाँको तेल किनेर ल्याए । छिमेकीले नजिकैको गाउँंबाट १५ किलो आलु किनेर ल्याइदिए । सोयाबिन र भिन्डी भने साँझसम्म जम्मा पार्ने योजना बन्दै थियो । कोरोना कहर र जारी लकडाउनले सबैको जीवन बिथोलिएका बेला कम्तीमा ५० जनालाई खुवाउनुपर्ने बाध्यता नन्नकईलाई आइपरेको छ । १० दिनअघि क्वारेन्टाइनमै ५५ वर्षीय श्रीमान् जोद्धीप्रसादको मृत्यु नभएको भए उनलाई यस्तो बाध्यता माथिको बाध्यता आइपर्ने थिएन । भोकले रन्थनिएर मरेका श्रीमान्को मृत्यु संस्कार पूरा गर्नका लागि उनी ऋणधन गरिरहेकी थिइन् ।
जोद्धीप्रसादको मृत्युको कथा जान्नुअघि चैत ६ गतेसम्म पुग्नुपर्छ । त्यही दिन उनी आफ्ना २२ वर्षीय माइलो छोरा प्रल्हाद र २० वर्षीय कान्छो छोरा विष्णु र आफ्ना दुई भाइलाई लिई ट्याक्टर चढेर अछामको साफेबगर पुगे । छिमेकी गाउँ खैरीका पेटी ठेकेदार बदलु कुुछबधियाले उनीसहित गोडियनपुरका १२ र छिमेकी गाउँ खैरीका ४ जनालाई एक महिनाका लागि भन्दै साँफेगरमा सडक पिच गर्न लगेका थिए । तर उनीहरु पुगेकै पाँच दिनपछि लकडाउन सुरु भइहाल्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


बचनको पक्का बनेर दैनिक ६ सय रुपैयाँ ज्यालामा तीन बाबुछोराले बीचका केही दिन खाली बसे पनि पूरापुर एक महिनासम्म काम गरे । एक महिना बितेपछि पनि ठेकेदारले घर पठाउने कुरै गरेनन् । लकडाउन र कोरोना संक्रमणको डर सबैतिर बढेकाले तीनै बाबुछोरालाई नन्नकई र जेठा छोरा शैलेन्द्रले घर आउन भनिरहेका थिए । धानको बीउ राख्ने दिन नजिकिएकाले पनि जोद्धीप्रसाद घर जान हतारिएका थिए । भोलिभोलि भन्दाभन्दै ठेकेदारले भने कहिले ढुंगा फोर्ने त कहिले दाउरा जम्मा पार्ने काममा लगाइरहे ।


Advertisment
Nabil box
Kumari

जोद्धीप्रसादका कान्छा छोरा विष्णु र माइला छोरा प्रह्लाद तस्बिर : अंगद ढकाल/कान्तिपुर

Vianet communication
Laxmi Bank

अब ठेकेदारले घर नपठाउने भयो भन्ने निष्कर्षमा पुगेपछि जोद्धीप्रसाद दुई छोरा र अन्य १३ जनासहित वैशाख ९ गते पैदलै घर हिँड्न कस्सिए । बाबुसँगै आएका माइलो छोरा प्रह्लादले गाउँलेसँग सोधेर जंगलै जंगल साढे तीन दिन हिँडेर अत्तरियासम्म आएको बताए । उनका अनुसार करिब ३० घण्टा हिँडाइमा उनीहरुले मुस्किलले तीन छाक खाएका थिए । उनले भने, ‘बाटोका एक जनाले २/२ वटा चाउचाउ र एउटा बिस्कुट दिएका थिए ।’ त्यसबाहेक उनीहरुले बेलाबेलामा सेती नदीको पानी पिए पनि अरू अन्न उनीहरुको मुखमै परेन ।

अत्तरिया आएपछि उनीहरुले गाउँसम्म लैजाने बस भेटिएको तर आफूहरुसँग भाडा नभएको खबर पठाए । १३ गते राति ९ बजेतिर उनीहरु प्रतिव्यक्ति चार सय तिर्ने सर्तमा २ सय किलोमिटर दूरी छिचोलेर गुलरिया आइपुगे । गाउँबाट एक जनाले जम्मा पारेर ल्याएको पैसाले गाडीभाडा बुझाए । कान्छा छोरा विष्णुका अनुसार जिल्ला प्रशासन कार्यालय बर्दियाअगाडि झरेर तीन घण्टा कुरेपछि उनीहरुलाई नगरपालिकाले टिपरमा चढाएर नजिकैको बबई बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनमा पुर्‍यायो । प्रह्लादका अनुसार क्वारेन्टाइन पुग्नुभन्दा एक दिन अघिदेखि बाबुले केही खाएका थिएनन् ।


मध्यरातमा क्वारेन्टाइनमा पुर्‍याएपछि पनि उनीहरुलाई सन्चो/बिसन्चो र खाए/नखाएको सोध्ने कोही भएन । प्रह्लादले क्याम्पसको एउटा कोठामा भुइँमा सुत्ने व्यवस्था मिलाइएको र आफूहरुले लगेकै कम्मल ओछ्याएर बीचमा बाबु र दुई छेउमा आफूहरु सुतेको बताए । बाबुको दायाँपट्टि सुतेका विष्णुका अनुसार राति साढे २ बजेतिर बाबुले पानी मागेका थिए । त्यसपछि धाराबाट बोतलमा पानी ल्याएर दिईवरी उनी सुतेका थिए ।

कैयौं घण्टा लगातारको हिँडाइ र भोकले चुर भएका उनी बाबुलाई पानी दिएपछि कतिबेला निदाए पत्तै पाएनन् । प्रह्लादका अनुसार बिहान ६ बजेतिर ब्युँझिँदा उनका बाबु उठीवरी कम्मलको एक छेउमा टुक्रुक्क बसिरहेका थिए । शौचालय गएर आएका प्रह्लादलाई देखेपछि जोद्धीले पेटमा जलन भएको बताउंँदै पानी मागेका थिए । प्रह्लादले धाराबाट पानी ल्याएर दिए । बोतलको पानी ठाडो घाटी लगाएर घटघटी पिएलगत्तै उनी लर्‍याकलुरुक भए । आफ्नै टाउको पनि अड्याउन सकेनन् । प्रह्लाद र विष्णुले बाबुलाई त्यस्तो हालतमा देखेपछि वरिपरिकासँग गुहार मागे । उनले नजिकै रहेका प्रहरीलाई पनि अस्पताल लगिहाल्न गुहारे । तर प्रहरीले पनि तुरुन्तै एम्बुलेन्सको प्रबन्ध गर्न सकेन ।

आधा घण्टापछि एम्बुलेन्स आयो । जोद्धीले सकीनसकी बाबुलाई घिसारेर एम्बुलेन्समा हाले र जिल्ला अस्पताल गुलरिया पुगे । उनलाई एक कर्मचारीले भने, ‘तिमी बाहिरै बस । बाबुको जाँच भित्र हुन्छ ।’ उपचार होला र बाबुको होस फर्किएला भन्ने आशमा बसेका प्रह्लाद त्यतिबेला भावशून्य भए, जतिबेला एक कर्मचारीले उनलाई भित्र बोलाएर बाबुलाई फ्रिजभित्र हाल्न भने । बाबुले संसार छोडिसकेछन् !

भोलिपल्ट अर्थात् १५ गते पीसीआर परीक्षणमा कोरोना नेगेटिभ भएको रिपोर्ट आएपछि प्रह्लाद र विष्णुले बाबुको शवलाई ट्याक्टर हालेर दाहसंस्कार गर्न गाउँ ल्याए । प्रह्लादले चोरऔंलाले नजिकैको आँप बगैंचा देखाउँदै भने, ‘हो त्यहीनेर हो बाबुलाई मिट्टी दिएको ।’

बाबुको मृत्यु के कारणले भयो र किन भयो भनेर उनीहरुलाई कसैले बताएनन् न उनीहरुले नै कसैसँग सोध्ने हिम्मत गरे । गोडियानपुरका वडाध्यक्ष हरिप्रसाद पासवानले कान्तिपुरसँगको कुराकानीमा जोद्धीको मृत्यु किन भयो भनेर आफूलाई पनि कसैले नभनेको बताए । उनले भने, ‘त्यतिका दिनदेखि लगातार हिँडेर आयो । खान पनि पाएन । अनि त भोकले मरिगयो ।’ वडाध्यक्ष पासवानका अनुसार अत्तरियाबाट आएकै रात केही खान दिन सकेको भए वा भोलिपल्ट बिहान पनि बेहोस हुनेबित्तिकै अस्पताल पुर्‍याउन सकिएको भए जोद्धीलाई बचाउन सकिथ्यो ।

बाबु गुमाएपछि प्रह्लाद र विष्णुले झनै हैरानी खेपे । सुरुमा त गाउँमा जोद्धीको मृत्यु कोरोनाकै कारण भएको हल्ला चल्यो । कोरोना सर्ने डर फैलिएपछि प्रह्लाद र विष्णुले घरछेउैको जंगलमा बसेर किरिया कर्म गरे । जेठा छोरा शालिकराम र नन्काईले भने घरमै बसेर किरिया गरे । नगरपालिकाका कर्मचारीले जोद्धीको मृत्युपछि प्रह्लाद र विष्णुको पनि स्वास्थ्य परीक्षण गर्नुपर्छ भनेका थिए । विष्णुले बाबुको मृत्युको १० दिनपछि बिहीबार मात्रै आफूहरुको आरटीडी परीक्षण गरिएको र नतिजा नेगेटिभ आएको सुनाए ।

गुलरिया नगरपालिकाकी उपप्रमुख सुशीला गिरीले जोद्धीको मृत्युलगत्तै क्वारेन्टाइन अनुगमन गरिएको बताइन् । जोद्धी बिमारी रहेकोबारे क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी जानकार भएको तर पीपीई सेटको अभावमा उनलाई छुन डराएको र कसरी अस्पताल लैजाने भन्ने प्रश्न उब्जिएको बताइन् । कान्तिपुरसँग नगरपालिकाका स्वास्थ्य प्रमुख सुनिल पाण्डेले भने, ‘जोद्धीलाई पहिलेदेखि नै अलिअलि दमको समस्या थियो । पीपीई सेट नभएकाले समयमै अस्पताल पुर्‍याउन नसकिएको भने सत्य हो ।’

बाबुको मृत्युको जिम्मेवार को थियो भन्ने गह्रौं प्रश्न गर्न सक्ने अवस्थामा प्रह्लाद र गुडिया दुवै छैनन् । बरु उनीहरुसँग अढाई महिनाभर बाबुसहित तीन जनाले काम गरेको ५४ हजार ज्यालामध्ये बाँकी ४३ हजार ठेकेदारबाट कसरी असुल्ने भन्ने चिन्ताले सताएको छ । जोद्धीसहितलाई काममा लैजाने पेटी ठेकेदार बदलु पछुवनियाले लकडाउनका कारण ठेकेदार पनि समस्यामा रहेको र उनीहरुको बाँकी पैसा नदिने भन्ने आफ्नो मनसाय नरहेको जिकिर कान्तिपुरसँग गरे । जोद्धीसहितका कामदार ठेकेदारको कुरा नसुनेर भोकभोकै हिँडेको उल्लेख गर्दै भने, ‘ठेकेदारले हिजो मात्रै केही पैसा पठाएको छ । लकडाउनले त्यो पैसा पनि उनीहरुलाई दिन पाएको छैन ।’

जोद्धीप्रसादकी श्रीमती नन्कई र जेठा छोरा शालिकराम तस्बिर : अंगद ढकाल/कान्तिपुर

ठेकेदारले सबै ज्याला मात्रै भुक्तान गरेको भए पनि नन्काईलाई श्रीमान्को काजकिरिया उम्काउन सजिलो हुने थियो । किरियाकर्म उम्काउने ११ औं दिनमा उनीहरुको संस्कारअनुसार आफन्ती सबैलाई बोलाएर खुवाउनै पर्छ । घरमै मान्छे बोलाएर छोराहरुको कपाल खौरिनुपर्छ । प्रह्लादका अनुसार कपाल काट्ने, विधि पूरा गर्ने पण्डित र भोज सबै गरेर ५० हजार जति खर्च हुने अनुमान गरिएको छ । नन्काईका कमजोर आर्थिक अवस्था देखेर छिमेकीहरुले केही सरसहयोग गरे पनि त्यतिकै भरमा उनीहरुले भोक र सुलभ उपचारको अभावमा मरेका बाबुको किरियाकर्म उम्काउन सक्ने देखिन्न ।

जोद्धीको मृत्युमा को जिम्मेवार ?

जोद्धीको मृत्युमा प्रशासन, स्थानीय जनप्रतिनिधि, ठेकेदार वा पेटी ठेकेदार को जिम्मेवार होलान् ? कान्तिपुरले जोद्धा मृत्यु प्रकरणको पहेली बुझ्न् सुरुमा गुलरियाका पेटी ठेकेदार बबलु कुछबधियालाई सम्पर्क गर्‍यो । बबलुका अनुसार अछामको चौखुट्टेबाट साँफेबगरबीचको सडकमा खाल्डाखुल्डी पुर्न गत मंसिरमा सेविका कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङले करिब १७ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।

मंसिरमा ठेक्का पाए पनि सेविकाले फागुन पहिलो साता मात्रै काम सुरु गर्‍यो । कन्स्ट्रक्सनका अध्यक्ष युवराज उपाध्यायले पुस र माघमा चिसो भएकाले काम सुरु गर्न नसकिएको र फागुनमा सामान जम्मा पारेर चैतमा काम थालेको बताए । कम्पनीले लक डाउनको मुखमा मात्रै काम सुरु गर्दा फन्दामा जोद्धीजस्ता कामदार परे ।

सेविका कन्स्ट्रक्सनका सहायक इन्चार्ज भरत शाहले उक्त सडक निर्माणका निम्ति कामदार खोज्ने जिम्मा बबलुलाई दिएका थिए । उनले कामदार खोज्ने बेला नै बबलुलाई सुरुमा १ लाख, पछि ५० हजार र एकचोटि २५ हजार पेस्की दिएको दाबी गरे । प्रह्लाद र विष्णु भने दुईचोटि गरेर आफूहरुले ११ हजार मात्रै पाएको बताउँछन् ।

भरतले सुरुमा लकडाउन खुलिहाल्ला भनेर कामदारलाई राखिएको तर पछि बारम्बार लकडाउन थपिएकाले कामदार साँफेबगरमै रोकिएको बताए । सेविका कन्स्ट्रक्सनका अध्यक्ष उपाध्यायले सुरुमा काम रोकिए पनि बीचमा प्रशासनबाट पास निकालेर ११ दिन काम गराएको बताए । लकडाउन लम्बिँदै गएपछि आफूले कामदार पठाउन जिल्ला प्रशासन कार्यलयसँग चार चोटिसम्म पास माग्न गए पनि नपाएको सुनाए । सहायक इन्चार्ज शाहले भने जिल्ला प्रशासनसँग पास मागेका बेला बर्दियास्थित जिल्ला प्रशासनबाट अनुमति नलिई पास दिन नमिल्ने बताएकाले कामदार पठाउन नसकिएको बताए । ‘मैले बर्दिया जिल्ला प्रशासनबाट पनि ती कामदार ल्याउने पास निकाल्ने खोजेको थिए । तर हाम्रो पहुँच नै पुगेन,’ उनले भने ।

धानको बीउ राख्ने बेला भइसकेको र लकडाउन लम्बिँदै जाँदा संक्रमणको डर बढेकाले कामदारहरु घर फर्किन आत्तिइरहेका थिए । जिल्ला प्रशासनले अड्को थापेर समयमै पास नदिएपछि कामदारहरु भागेको कन्स्ट्रक्सनका अध्यक्ष उपाध्यायले बताए । उनले भने, ‘कामदार भागेपछि मैले प्रहरीमा पनि जानकारी गराएँ ।’ पैदल नै भागेका कामदारलाई प्रहरीले किन समातेन त ? जवाफमा उनले भने, ‘त्यही त किन समातेन ? उनीहरु जंगलै जंगलको अप्ठ्यारो बाटो भएर गएजस्तो छ ।’

अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जोद्धाको मृत्युमा अछाम जिल्ला प्रशासन कार्यालय जिम्मेवार छ कि छैन भन्ने विषयमा प्रतिक्रिया दिन इन्कार गरे । उनले यति मात्रै भने, ‘यो प्रतिक्रिया दिने विषय नै होइन ।’

पेटी ठेकेदार बबलुले उनीहरुले जम्मा ३० दिन काम गरेको र प्रति दिन ६ सयका दरले जनही १८ हजार पाउनुपर्ने बताए । कान्तिपुरसँग सम्पर्कमा आएका कामदारहरुले भने आफूहरुमध्ये १ जनाले ७ हजार, १ जनाले ५ हजार र अरूले जनही ४ हजार मात्रै पाएको बताए ।

कन्स्ट्रक्सनका अध्यक्ष उपाध्यायले कामदारलाई ज्याला दिने जिम्मा पेटी ठेकेदारको भएको बताए । उनले काम सकिए पनि सडक डिभिजन कार्यालयबाट पूरै पैसा नपाएको उल्लेख गर्दै कामदारको पूरै ज्याला नदिइएको स्विकारे । उनले भने, ‘काठमाडौंमा रहेका सडक डिभिजन प्रमुख लकडाउनका कारण आउन नसकेरै पैसा नपाएको हो । निकासा हुनेबित्तिकै रकम दिइहाल्छौं ।’ उनले कामदारको मृत्यु भएको सुनेपछि आफूले केही दिनअघि मृतकको परिवारका नाममा ५० हजार रुपैयाँ पठाएको बताए । तर शुक्रबारसम्म परिवारले पैसा पाएका थिएन । बबलुले भने लकडाउनका कारण बिहीबार मात्र पैसा निकालेको जनाउँदै गाउँमा गएर बाँड्न नसकेको बताए । ‘कामदारको पैसा ठेकेदारबाट लिएर दिइहाल्छु । नदिने त कुरै हुँदैन,’ उनले भने ।

अछामस्थित जिल्ला प्रशासनले कामदारहरुलाई घर फर्किन सहजीकरण गरिदिएको भए वा ठेकेदारले त्यसका निम्ति बलियो पहल गरेको भए सायद जोद्धाको ज्यान जाने थिएन । भोकभोकै पैदल हिँडेर आएका गाउँवासीको स्वास्थ्य जाँच गरेर क्वारेन्टाइनमा राखेको भए वा गुलरिया नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापन निर्देशिकाअनुसार सुविधा व्यवस्था गरेको भए पनि जोद्धाको सायदै प्राण जान्थ्यो । तर यी प्रश्न न गरिबी, अभाव र कमजोर चेतनास्तर भएको समुदायमा हुर्किएकी नन्नकई कसैलाई सोध्न सक्छिन् न त ५ कक्षाको पढाइ छाडेर भारतको राजकोटमा केही वर्ष काम गरी फर्केपछि बाबुको हात पक्रेर अछाममा पसिना बगाउन गएका प्रह्लाद र विष्णुले नै सोध्न सक्छन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x