×

NMB BANK
NIC ASIA

दुबहीबाट रित्तै हात फर्किएका भन्छन्, 'आफ्नै देशको माटोमा टेक्न पायौँ, धेरै खुशी भएका छौँ'

जेठ २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी । सेनाका पाँचवटा गाडीमध्ये एउटा गाडी यहाँ रोकियो भने अरु चारवटा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैंक्वेटमा रोकियो । 

Sagarmatha Cement
Muktinath Bank

संयुक्त अरब इमिरेट्स (युएइ)बाट एयर अरेबियाको जी ९ः१७५१ नम्बरको उडानमार्फत त्रिभुवन विमानस्थलमा साँझ ५ः३६ मा अवतरण भएपछि त्यहाँको प्रक्रिया पूरा गरेर सेनाले ६१ नेपाली राति ८ बजे भक्तपुरका दुई होल्डिङ सेन्टरमा ल्याएको थियो । दुबईबाट फर्किएकामध्ये प्रदेश नं १ का ४१ इम्पिरियरमा र प्रदेश नं २ का २० नागरिक हेरिटेजस्थित नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा आएपछि जब बसबाट उनीहरु झर्दैै थिए, उनीहरुको मुहारमा थोरै खुशी धेरै पीडा देखिन्थ्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकाध व्यक्तिको हातमा मात्रै सुटकेश थिए, आउनेमध्ये अधिकांशको हातमा एउटा सानो झोलाबाहेक केही थिएन । रित्तै हात आउने कतिपयको खुट्टामा चप्पल, आङमा पुरानो टिसर्ट र हाफ पाइन्टमात्रै थियो । लाग्थ्यो उनीहरु विदेशबाट होइन, कतै कारखानामा मजदुरी गरेर फर्किरहेका छन् ।


Advertisment
Nabil box
Kumari

दुबईबाट ११ महिनामा स्वदेश फर्किएका बाराका अशोक सहनीले आठ महिना पनि राम्रोसँग काम गर्न पाएनन् । विदेश जाँदा लिएको ऋण जिउँदै छ, आमा, श्रीमती, तीन छोराछोरीको सपना दुबईमै सेलाएर उनी रित्तै हात फर्किए । कारोना भाइरस (कोभिड–१९) को महामारी फैलिएसँगै तीन महिना बेरोजगार बस्नुपर्दाको तलब पनि पाएनन । एक महिना खाना दिएको कम्पनीले त्यसपछि छाडेर जान ताकेता गर्‍यो । 

Vianet communication
Laxmi Bank

नेपाल फर्कने टिकटसम्म लिने पैसा बल्ल जोहो गर्न सक्नुभयोे, लिएर आउनुभयो त केवल सिङ्गो शरीर । सहनी भन्छन्, “धेरै सपना बोकेर गएको थिएँ, ऋण तिरौँला, आमा, श्रीमती र सन्तानलाई नयाँ लुगा ल्यादिउँला, तर फर्किंदा रित्तो ज्यान लिएर आएको छु, आफ्नै देशमा फर्किन पाएँ, यसैमा आफूलाई भाग्यमानी ठानेको छु ।”

सप्तरी कञ्चनपुरकी सीतादेवी सतारको दुःख पनि कम छैन । घरमा छोराछोरी सासूको जिम्मेवारी श्रीमान्लाई सुम्पिएर नौ महिनाअघि दुबई पुगेकी  उनी एउटा घरमा काम गर्थिन् ।

विदेश जाँदा देखेका सारा सपना एउटा प्लाष्टिकको झोलामा पोको पारेर फर्किनुभएकी उनी कोरोनाको कहरसँगै दुई महिना जेलमा बस्नु पर्यो‍। “सात महिनामात्रै काम गरेँ, कोरोना फैलिएपछि घर मालिकले जबर्जस्ती कामबाट निकालिदिए, कामबाट ननिकाल्न अनुरोध गर्दा जेल पठाइदिए”, उनले भनिन्, “मेरो काम गरेको पैसा पनि खोसे, अब घर फर्कन पाउँछु कि पाउन्न भन्ने लागेको थियो, त्यहाँको सरकारले जेलबाट झिकेर नेपाल पठाइदियो, अब त बाँचियो, आफ्नै देशमा आएँ ।”

सर्लाही वाग्मतीका युवराज स्याङ्तान दुबई पुगेको छ महिनामात्रै भयो । एक कम्पनीमा हेल्परको काम गर्ने उनले जम्मा तीन महिना काम गर्न पाए । ऋण तिर्न त कहाँ हो कहाँ, तीन महिना काम गरेको पैसाले रोजगारी गुमेको तीन महिना खान र प्लेन भाडामात्रै पुगेको बताउँछन् । “सरकारले कहिले फर्काउला भनेर निकै कुर्‍यौँ, दूतावास धायौँ, कयौँ फोन ग¥यौँ, बल्ल आफ्नो देश टेक्न पाउँदा उताको सबै दुःख भुलेर खुशी भएको छु, परिवार पनि बल्ल खुशी भए, ज्यान रहे ऋण त तिरौँला नि”, उनी खुशी र हिम्मतसँगै व्यक्त गर्छन् ।

दुईवर्षअघि दुबई पुग्नुभएका बारा कलैयाका जीतेन्द्र सहनी कोरोना भाइरसका कारण डेढ महिनादेखि कामविहीन बनेका थिए । त्यहाँ हेल्परको काम गर्नुभएका सहनीलाई कोरोनाको महामारीले कम्पनी बन्द भएसँगै निकाल्यो । “कम्पनी छाडेर जा, जहाँसुकै जा, कि अरु कम्पनी खोजेर भए पनि जा भनेर निकै दुःख दियो, यस्तो बेलामा कुन कम्पनीले काम लाउँथ्यो र !” उनी भन्छन्, “कति नेपाली सडकमा परेका छन्, कतिले खान पाएका छैनन्, नेपाल फर्कने बाटो कुरेर बसेका छन्, बल्लतल्ल म आफ्नो देश आएँ, अब त मरे पनि बाँचे पनि आफ्नै माटोमा आएँ, धेरै खुशी भाएको छु ।”

नेपाल आउँदा आफैंले भाडा तिरेर आएका उनी पेटभरि खानसमेत नपाएको बताउँछन् । “त्यहाँ कैयौँ नेपालीले पेटभरि खान पाएका छैनन्, कैयौँ अलपत्र छन्”, घरमा आमा, श्रीमतीसहित चार सन्तानले पर्खिरहेको बताउँदै उनी भन्छन्, “युएइको १५५० रुपैयाँ जहाज भाडा तिरेर म फर्किएँ, गोजीमा उताको १० रुपैयाँ बाँकी छ, कैयौँ नेपालीसँग जहाज भाडा तिर्ने पैसा पनि छैन, उनीहरु कसरी फर्कन्छन् खै ?, आज आफ्नै देशमा आउन पाएँ, धेरै खुशी भएको छु ।”

खाडी मुलुकबाट नेपाल फर्कने सबैको दुःख उस्तै थियो । धनुषा जनकपुरका हरिकिशोर चौधरी दुबई गएको पाँच महिनामात्रै काम गर्न पाए । त्यसपछि कोरोनाले काम बन्द भयो, आठ महिनाको बसार्इंमा तीन महिना कामविहीन भएर अलपत्र परेँ । उनी भन्छन्, “दुई वर्षको भिसा छ, पाँच महिनामात्रै काम गरेँ, जाँदा लिएको ऋण पनि तिर्न पाइनँ, युएइको १८५० रुपैयाँ जहाज भाडा तिरेर फर्किएँ, नेपाल आउन लागेको खबरले परिवार पनि धेरै खुशी छन्, सकुशल नेपाल फर्किन पाएँ, यसैमा धेरै खुशी लागेको छ ।

भक्तपुरका दुई होल्डिङ सेन्टरमा रहेका प्रदेश नं १ र २ का उनीहरुको व्यक्तिगत विवरण लिने, तापक्रम नाप्ने कार्यमा नेपाली सेना वीरदल गण खटिएको थियो । उनीहरुलाई खाना खुवाएर एक घण्टाभन्दा बढी विश्राम गराएर राति १०ः४० मा प्रदेश पठाएको गणका गणपति एवं कर्नेल शिवप्रसाद पौडेलले जानकारी दिए । यातायात व्यवसायी महासङ्घको दुईवटा बसमा हालेर उनीहरुलाई प्रदेश पठाएको थियो । शुक्रवार युएइबाट एक शिशुसहित १५५ पुरुष र १३ महिला गरी १६८ जना नेपाली कामदारलाई सरकारले उद्धार गरेर नेपाल ल्याएको थियो । रमेश गिरी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x