×

NMB BANK
NIC ASIA

वर्षा शुरू भएपछि ग्रामीण क्षेत्रमा रोपाइँ शुरू

जेठ २४, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

केही दिनदेखि लगातारको वर्षात्पछि जिल्लाका ग्रामीण क्षेत्रमा धान रोपाइँको चटारो बढेको छ । किसान बिहानदेखि साँझसम्म धान रोपाइँ गर्नमै व्यस्त हुने गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

समयमै मनसुन शुरू भई पानी पर्न थालेपछि सिँचाइ सुविधा नभएका स्थानमा समेत रोपाइँ शुरू भएको जोरायल गाउँपालिका–३ का स्थानीय दिनेश मल्लले बताए । उनले भने, 'यो वर्ष समयमै मनसुन शुरू भएको छ, किसानलाई धान रोपाइँले भ्याइनभ्याइ भएको छ, खाना खाने फुर्सद नै हुँदैन ।' 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश भागमा अहिले पनि परम्परागत शैलीमा गोरुले नै जोतेर रोपाइँ गर्ने गरिन्छ भने आधुनिक कृषियन्त्रको पनि प्रयोग बढ्दो क्रममा रहेको जिल्ला कृषि एकाइ केन्द्र सिलगढी डोटीले जनाएको छ । जिल्लामा कूल १० हजार ६६५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । कृषि एकाइ केन्द्र डोटीको तथ्याङ्कअनुसार गएको वर्ष डोटीमा २२ हजार ४४४ मेट्रिक टन धान फलेको र जसले गर्दा जिल्लामा २.१४ टन प्रतिहेक्टर धान उत्पादनमा वृद्धि भएको थियो । 


Advertisment
Nabil box
Kumari

यहाँका ग्रामीण क्षेत्रमा धान रोपाइँको चटारो भए पनि जिल्ला सदरमुकाममा भने पानी नपर्दा धानको बेर्नासमेत राख्न सकिएको छैन । कोरोना भाइरसको त्रासका कारण जिल्ला बाहिर गएका यहाँका नागरिक गाउँ फर्किएका कारण गाउँमा धान रोपाइँसहित अन्य खेती गर्नमा निकै सहज भएको केआइसिंह गाउँपालिका–५ का लोकेन्द्र रावलले बताए । 

Vianet communication
Laxmi Bank

उनले भने, 'शहर गएकाहरु सबै अहिले गाउँमा फर्किएका छन्, गाउँमा बाँझो रहेका जमिनमा खेती हुन थालेको छ, गाउँ रमणीय बनेको छ ।' कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न लकडाउन भएको करिब दुुई महिना नाघिसकेको छ । लकडाउनको असर सबै क्षेत्रमा परेको भए पनि यहाँका ग्रामीण क्षेत्रको कृषिकर्म भने जारी रहेको छ । देशका अन्य क्षेत्रमा कामकाज ठप्प भएजस्तो नभए पनि कृषि क्षेत्रमा काम गर्नेहरुले कोरोनाबाट जोगिने उपाय अपनाउँदै आफ्नो रोपाइँलागयतका काम गर्न थालेको बडीकेदार गाउँपालिका–१ बिपीनगरका रोजबहादुर कलेलले बताए । उनले भने, 'गाउँमा रोपाइँको समय शुरू भएको छ, कोरोनाबाट जोगिन सामाजिक दूरी कायम गर्दै किसान कृषि कार्यमा व्यवस्त छन् ।'

कृषि क्षेत्रमा काम गर्ने मजदुर दैनिकरूपमा तरकारी लगाउने, बिक्री वितरण गर्ने तथा पछिल्लो समय रोपाइँमा व्यस्त हुन थालेपछि गाउँघरमा निकै रमाइलो हुँदै आएको स्थानीयवासी बताउँछन् । यहाँका किसानले कृषिमा छ महिना खटिँदा आएको अन्नले वर्षभिरलाई पु¥याउनुपर्ने भएकाले पनि अहिले सबै खाद्यान्न उत्पादनमा खटिन थालेका छन् । 

लम्बिँदै गएको बन्दाबन्दीले निर्माण, यातायात क्षेत्रसहित सबै क्षेत्र प्रायः ठप्प भएका बेला जिल्लामा रहेका नागरिक रोपाइँसहित कृषि काममा बढी व्यस्त हुन थालेको जोरायल गाउँपालिका–१ का डबलबहादुर मल्लले बताए । उनले भने, 'अन्य क्षेत्रका सबै काम ठप्प छन्, कृषि काम नगरेपछि के खाने भन्ने चिन्ता भएकाले पनि किसान अहिले कृषि क्षेत्रमा व्यस्त हुने गरेका छन् ।' विगतको समयमा बाँझो रहेका यहाँका खेतीयोग्य जमिनमा तरकारी तथा रोपाइँ हुन थालेपछि गाउँघरमा हरियाली हुनुका साथै बाँझो जमिन क्रमिकरुपमा साग, तरकारीलगायतका खेतीले हराभरा हुन थालेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x