×

NMB BANK
NIC ASIA

एम्बुलेन्स र शव वाहन खरिद गर्न कर्णाली सरकारलाई निर्देशन

जेठ २४, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

कर्णाली प्रदेशसभा, प्रदेश मामिला तथा विधायन समितिले कोभिड– १९ का सङ्क्रमित बढ्दै गएकाले पूर्वतयारीका लागि आवश्यक एम्बुलेन्स र शववाहन खरिद गर्न निर्देशन दिएको छ। समितिका अध्यक्ष पद्म रोकायाको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा बसेको बैठकले प्रदेश सरकारलाई कम्तीमा १० एम्बुलेन्स र शववाहन खरिद गर्न निर्देशन दिएको हो। 

Sagarmatha Cement
Muktinath Bank

समितिका सदस्य धर्मराज रेग्मीले दैलेखमा सङ्क्रमित बोक्ने एम्बुलेन्स नभएको भन्दै दैलेखलगायतका उच्च जोखिममा रहेका जिल्लाका लागि तत्काल खरिद प्रक्रिया थाल्न सरकारलाई निर्देशन दिएको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पिसिआर परीक्षण ढिला भइरहेको छ, जसले गर्दा मृत्युपछि कोरोना पुष्टि हुने अवस्था निम्तियो,’ उनले भने, ‘प्रदेश सरकारलाई नयाँ पिसिआर मेसिन जडान गरेर परीक्षणको दायरा बढाउन निर्देशन दिएका छौँ।’ विधायन समितिले प्रदेशमै परीक्षण ढिला भए स्वाब लिएर तत्काल अन्य प्रदेशका प्रयोगशालाबाट परीक्षणको व्यवस्था मिलाउन भनेको छ। 


Advertisment
Nabil box
Kumari

समितिले क्वारेन्टिन, आइसोलेशन व्यवस्थापनमा पनि जोड दिन सुझाव दिएको छ। बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी उपस्थित थिए। प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन परिषद्मार्फत कोभिड– १९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक समन्वय गर्दै आएको छ। समितिको बैठकमा परिषद्का काम कारवाहीबारे पनि समीक्षा भएको बताइएको छ। कर्णालीमा हालसम्म ४ सय ९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने तीन जनाको मृत्यु भइसकेको छ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x