×

NMB BANK
NIC ASIA

घनश्याम भुसाललाई ‘अभिमन्यु’ को संज्ञा दिँदै प्रदीप गिरीले भने- चक्रव्युहबाट सुरक्षित फर्किनु होला

जेठ २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका सांसद प्रदीय गिरीले कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाललाई अभिमन्युको संज्ञा दिँदै सुरक्षित ढंगले चक्रव्युहबाट फर्किन सुझाव दिएका छन्।

Muktinath Bank

मन्त्री बनेर केही गर्न नसकेको भन्ने भुसालको अभिव्यक्तिप्रति संकेत गर्दै गिरीले यसअघि यस्तै अभिव्यक्तिका कारण कांग्रेस नेतृ सैलजा आचार्यले कडा मूल्य चुकाउनु परेको स्मरण गरे। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विनियोजन विधेयक अन्तर्गत कृषि मन्त्रालयको लागि विनियोजित शीर्षकमाथि शनिबार प्रतिनिधिसभा बैठकमा भएको छलफलमा भाग लिँदै नेत गिरीले बजेटमा कनिका छरेजस्तो खतरनाक किसिमले पैसा छरिएको बताएका हुन्। 


Advertisment
Nabil box
Kumari

‘संसदीय लोकतन्त्रले पनि ल्याउन नसकेको अनुभुति कोरोनाले ल्याउछ कि भन्ने झिनो आशा थियो। प्रत्येक संकटले एउटा अवसर ल्याउछ भनेर म जस्ता आशावादीले आशा गरेका थिए। त्यो आशा मूल बजेटले ध्वस्त गर्यो। प्रस्तुतकर्ता अर्थमन्त्री, क्वाविनेट, प्रधानमन्त्रीले गणतन्त्रपछि आएको अवसरलाई संकटलाई अवसरमा बदल्न सकिन्छ भन्ने अनुभूति बजेटले दिएन,’ गिरीले भने, ‘कृषि मन्त्रीले त सानो भूमिका समेत लेख्न पाउनु भएको छ। त्यो भूमिका पढ्दा घनश्याम प्रतिभाशाली र प्रतिवद्ध कमरेड हुनुहुन्छ। त्यो बाहेक उहाँको अभिव्यक्ति आएको छ, ए मन्त्री भएर क्याकन गरौला भनेको त केही पनि गर्न सकिदो रहेछन्। अभिमन्यु चक्रव्यहमा प्रवेश गरेझै एउटा तन्त्रमा प्रवेश गर्नु भएको छ। पूरै अप्ठेरोमा पर्नु भएको छ, त्यो अप्ठेरोका निमित्त तपाईका अध्यक्ष प्रधानमन्त्री मात्र जिम्मेवार छैनन्, यो व्यवस्था र हाम्रो बीचको वैमन्यसता छ। न हामी सँग विश्व दृष्टिकोण छ, न समाजवादी दृष्टिकोण छ।’

Vianet communication
Laxmi Bank

सांसद गिरीले अगाडि थपे, ‘अभिमन्यु गौरवशाली पात्र थिए, यजस्यु थिए, छन्। तपाई जस्तै दुस्साहस शैलजाले संसदको फोरमबाट गर्नु भएको थियो, त्यसबापत कडा मूल्य तिर्नु भएको थियो। कोरोनाले आप्रवासनमा फर्केर आएकालाई रोजगारी दिन, कृषिलाई अत्यन्त महत्व दिनुपरेको थियाे। कनिका छरेजस्तो खतरनाक किसिमले पैसा छरिएको छ। कृषिमा गरिएको अनुदान कसरी दुरुपयोग भएको भनेर हेर्न रुकुमको खबर पढ्नु होला, जसले कमरेडको लज्जाबोध गराउछ।’

सांसद गिरीले दोहोरो करका कारण किसान उखु बेच्न पनि ठगिने र चिनी किन्दा पनि ठगिने गरेको उल्लेख गरे। 

‘कृषकप्रति अत्याधिक ज्यादा सहानुभूति अत्यावश्यक छ। प्रधानमन्त्री त यो देशमा वायुयान र जलयान चलाउन व्यस्त हुनुहुन्छ, अर्थमन्त्री प्रत्येक शहरलाई कहर बनाउन व्यस्त हुनुहुन्छ। तपाई क्रान्तिकारी कृषि मन्त्री पहिलो पटक प्रतिरोध गर्नु भएको छ, सुरक्षित ढंगले चक्रव्युहबाट फर्किनु होला,’ उनले भने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x