कोभिड-१९ को नियम उल्लंघन गर्ने अस्पतालविरुद्ध दिल्ली सरकारले चलायो मुद्दा

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल।

कोभिड-१९ को नियम उल्लंघन गरेको आरोपमा भारतको दिल्लीमा रहको सर गंगाराम अस्पतालविरुद्ध मुद्दा चलाइएको छ। 

दिल्ली राज्य सरकारले उक्त अस्पतालमाथि कोभिड-१९ सम्बन्धीत नियम उल्लंघन गरेको आरोप लगाएपछि प्रहरीले उजुरी दर्ता गरेकाे हाे।


Advertisement

समाचार एजेन्सी एएनआईका अनुसार सर गंगाराम अस्पतालमाथि कोभिड १९ परीक्षणको आकडाका लागि आरटीपीसीआर एपको प्रयोग नगरेको आरोपमा कारबाही अगाडि बढाइएको हो।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको पोर्टललाई कोरोना संक्रमितको संख्या थाहा होस् भनेर भारतमा यो एप प्रयोग गरिन्छ।
 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्