×

NMB BANK
NIC ASIA

सीमा विवादबारे भारत–चीन वार्ता

जेठ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लद्दाख क्षेत्रमा भएको सीमा विवाद सुल्झाउने उद्देश्यले भारत र चीनबीच शनिबार वार्ता भएको छ । भारत र चीनका राजदूतसहित विदेश मन्त्रालयका अधिकारीबीच भिडियो वार्ता भएको भोलिपल्ट दुवै देशका वरिष्ठ सैनिक कमान्डरबीच वार्ता भएको हो । दुवै पक्षबीच लद्दाखको पूर्वी क्षेत्रको चिनियाँ भूभाग माल्दोमा वार्ता भएको हो ।

Muktinath Bank

शनिबार भएको वार्तामा दुवै देशका तर्फबाट ११/११ जना सैनिक अधिकारी सहभागी थिए । भारतका तर्फबाट लेफ्टिनेन्ट जर्नेल हरिन्दर सिंह र चीनका तर्फबाट दक्षिण सिनज्याङ सैनिक विभागका कमान्डर मेजर जर्नेल लिउ लिनले वार्ताको नेतृत्व गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय सञ्चारमाध्यमका अनुसार वार्तामा दुवै पक्षले शान्तिपूर्ण रूपमा विवाद समाधानका लागि विभिन्न प्रस्ताव पेस गरेका छन् । भारतीय सेनाका प्रवक्ता अनिल सोरेले सीमा विवाद समाधानका लागि दुवै देशले सैनिक र कूटनीतिक तहका वार्तालाई तीव्रता दिएको बताएका छन् । यद्यपि, वार्तामा भएको ठोस प्रगतिबारे भने उनले कुनै जानकारी दिएनन् ।


Advertisment
Nabil box
Kumari

‘सीमाबारे काल्पनिक र निराधार आरोप’ समस्या समाधानका लागि सहयोगी नहुने भएकाले त्यस्ता समाचार संकलन तथा प्रसारण नगर्न पनि सञ्चारमाध्यमलाई सल्लाह दिएका छन् ।

Vianet communication
Laxmi Bank

यसअघि दुवै देशका सैनिक अधिकारीहरुबीच १५ चरणमा वार्ता भएको थियो । तर ती वार्तामा ठोस नतिजा ननिस्केपछि माथिल्लो तहमा कुराकानी भएको हो । शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ स्वाङले दुवै पक्ष घनिष्ठ सम्पर्कमा रहेर सीमासम्बन्धी विवादित मुद्दालाई समाधान गर्न सक्रिय रहेको जनाएका थिए । उनले दुवै देशबीच सीमा क्षेत्रको अवस्था स्थिर र नियन्त्रित भएको जनाउँदै उचित समाधानको प्रयास गरिने बताएका थिए ।

भारतीय सेनाका पूर्वलेफ्टिनेन्ट जर्नेल डीएस हुडाले दुवै देशबीच शनिबार भएको उच्च तहको सैनिक वार्ता हुनु नै ठूलो उपलब्धि भएको बताउँछन् । ‘मैले सैनिक कमान्डरहरु सैनिक वार्तामा सहभागी भएको देखेको छैन्,’ हुडाले भनेका छन् ।

भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा छ । तीमध्ये कतिपय क्षेत्रमा लामो समयदेखि विवाद जारी छ । दुवै देशबीच सन् १९६२ सीमाका कारण युद्ध भएको थियो ।

त्यसयता दुवै देशबीच सीमा क्षेत्रमा कुनै न कुनै विवाद हुने गरेका छन् । त्यस्ता विवादहरु कहिले सामान्य रूपमै साम्य हुने गरेका छन् भने कहिले त्यसले उग्ररूप लिने गरेको छ । चीन र भारतबीच सन् २०१७ मा भएको दोक्लाम विवाद ७३ दिनपछि उच्चस्तरीय वुहान वार्ताद्वारा समाधान भएको थियो ।

पछिल्लो समय गत मे महिनाको सुरुदेखि लद्दाखको पूर्वी भागमा विवाद चर्केका हो जम्मु–कश्मीर र लद्दाख क्षेत्रमा सीमालाई लिएर भारतको चीनसँग लामो समयदेखि विवाद छ । भारतले चीन नियन्त्रित अक्साई–चीन र पाकिस्तानले चीनलाई दिएको गिलगिट पाकिस्तानको उत्तरी भूभागमा पनि आफ्नो दाबी गर्दै आएको छ । साथै पाकिस्तान नियन्त्रित कश्मीरको भूभाग पनि भारतले आफ्नो दाबी गर्ने गरेको छ ।

त्यही दाबीबीच भारतले २०१९ अगस्ट ५ मा जम्मु–कश्मीर र लद्दाखलाई छुट्याएर नयाँ नक्सा सार्वजनिक गरेको थियो । आफ्नो नियन्त्रणमा रहँदै आएको अक्साई–चीनलगायत क्षेत्रका आफ्नो नयाँ नक्सामा समावेश गरेको भन्दै चीनले तत्कालै विरोध जनाएको थियो । चीनले भारतले आफ्नो नयाँ नक्सामा लद्दाखको विवादास्पद भूमिलाई पनि समेटेको आरोप लगाएको थियो ।


। दुवै देशका सैनिकबीच ५ र ६ मा लद्दाखको सीमा क्षेत्रमा झडप भएको थियो । झडपका क्रममा सैनिकहरुबीच लाठी, मुक्का र ढुंगा हानाहान भएको थियो । त्यसपछि मे ९ मा दुई देशका सेना सिक्किमा पनि सामन्य झडप भएको थियो । भारतले चिनियाँ सेनाले आफ्नो भूभाग अतिक्रमण गरेको भन्दै थप सैनिक बल पठाएको थियो । त्यसलगत्तै उक्त क्षेत्रमा चीनले पनि आफ्नो सैन्य उपस्थिति बलियो पारेको छ ।

सीमा क्षेत्रमा बारम्बार हुने रस्साकस्सी, धक्कामुक्का, हतियार खोसाखोसका घटना निरन्तर चलिरहे पनि दुवै मुलुक ठोस समाधानमा पुग्न सकेका छैनन् । भारतले सीमा समस्या समाधानका लागि चीन गम्भीर नभएको आरोप लगाउँदै आएको छ । सीमालाई लिएर दुई छिमेकीबीच तनाव बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि दुई देशले चाहेको खण्डमा मध्यस्थता गर्ने प्रस्तावसमेत गरेका थिए । तर ट्रम्पको प्रस्तावलाई भारत र चीन दुवैले अस्वीकार गरेका थिए । उनीहरुले दुई देशको मुद्दामा तेस्रो पक्षको भूमिका आवश्यक नरहेको जनाएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x