मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
शिवराज नगरपालिका– ३ खरेन्द्रपुरका निसार अहमदको खेत जोतेर धानको बीउ छर्न ठीक्क छ । घर नजीकैको एक कठ्ठा जग्गामा धानको बीउ छर्ने तयारीका लागि सबै जोरजाम गरिसकेका छन् तर धानको बीउ कहाँबाट ल्याउने भन्ने चिन्तामा उनी छन् ।
बुद्धभूमि नगरपालिका –७ मानपुरका राधेश्याम यादवले पनि धानको बीउ छर्नका लागि खेत तयार बनाएका छन् । उनी दुई कठ्ठा खेतमा धानको बीउ छर्न लाग्दै छन्। उनी पनि धानको बीउ नपाएपछि समस्यामा छन्।
कोभिड –१९ का कारण नेपाल र भारत सिमाना बन्द भएपछि किसान समस्यामा छन् । यसअघिका वर्षमा कृषकहरु भारतबाट हाइब्रीड जातको धानको बीउ ल्याएर छर्ने गर्थे । यसपटक सीमा बन्दका कारण बीउ किन्न जान नपाउँदा छर्ने समय हुँदासम्म पनि बीउको जोहो हुन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसँग हाइब्रिड धानको बीउ भारतबाट आयात गर्ने व्यवस्था मिलाउन आग्रह गरिए पनि कुनै पहल नभएको किसानले गुनासो गरेका छन् । कपिलवस्तु किसान संघले धानको बीउका लागि पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै पहल नभएको किसान संघका अध्यक्ष अनुप चौधरीले बताए । उनले भने, 'यस समयमा धानको बीउ नपाइए किसान भोकै बस्ने अवस्था आउन सक्छ, त्यसैले बीउ समयमा उपलब्ध हुने व्यवस्था गर्नुपर्छ ।'
प्रजिअ पौडेलले नेपाल भारत सिमानामा आवतजावत गर्न पूर्ण रुपमा बन्देज रहेकाले कुनै पनि समाग्री ल्याउन नसकिने बताए।
किसानको समस्याका विषयमा गृह मन्त्रालयमा जानकारी गराइएको तर सिमानाका विषयमा कुनै निर्देशन नआएकाले केही भन्न नसकिने प्रजिअ पौडेलले जानकारी दिए। उनले भने, 'यो राष्ट्रिय समस्या भएकाले संघ र प्रदेश सरकारबाट समाधान गर्नुपर्ने हुन्छ ।'
यहाँका किसानले लामो समयदेखि भारतबाट सभा, सम्पूर्ण, काबेरी, गोरखनाथ जस्ता भारतीय हाइब्रिड जातको धान ल्याउने गरेका छन् । जिल्लामा कुल खेतीयोग्य जमीन ८३ हजार हेक्टरमध्ये ७२ हजार हेक्टरमा धान खेती गर्ने गरिन्छ । यसबाट दुई लाखभन्दा बढी मेट्रिक टन धान उत्पादन हुने गरेको जनाइएको छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...