माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
आर्थिक क्षेत्रका जानकार भन्छन्, ‘अहिले मानिसलाई बिहानबेलुका हात मुख जोर्न समेत समस्या परेको छ । फलफूल र अन्य वस्तुहरू किनेर खाने कुरा सेकेन्डरी हो । आँपलगायत फलफूल प्राथमिकतामा कम पर्नेछ, जसको मारमा किसानहरू नै पर्नेछन् ।’
कपिलवस्तुका आँप किसान/व्यापारी रहित शाह पछिल्लो सातायता निकै पिरोलिएका छन् । उनका १५ वटा बगैँचामा आँप पाक्न शुरू भएको छ । तर, ‘लकडाउन’ले गर्दा आँप कहाँ लगेर बिक्री गर्ने ठेगान छैन । उनी भन्छन्, ‘एउटा बगैँचामा ४ सयदेखि ७ सयसम्म आँपका रूख छन् । सबै आँप पाक्न शुरू भएको छ, कहाँ लैजाने हो ! बिक्री कहाँ गर्ने ठेगान छैन । यही अवस्था रहिरह्यो भने सबै कुहिएर जाने भए ।’
बगैँचाका आँप चोरी हुनबाट जोगाउन उनले एक सय युवालाई मासिक १० हजार रूपैयाँ तलब दिएर जेठ महिनादेखि राखेका छन् । उनी थप्छन्, ‘मैले बीस वर्षदेखि आँपको खेती व्यापार गर्दैछु । तर, सिजनकै समयमा यस्तो अन्यौल कहिल्यै भोगेको थिइनँ । मेरो दुई करोड रूपैयाँको आँप बजार लगेर बिक्री गर्ने प्रबन्ध कसले मिलाइदिन्छ ?’ आँपको सिजन जेठ दोस्रो सातादेखि साउन दोस्रो सातासम्म हो । आँपलाई फलफूलको राजा पनि भनिन्छ ।
कपिलवस्तु महाराजगञ्ज नगरपालिका किसान शहजाद मिया पनि अहिले बिहान–बेलुका टाउकोमा हात राखेर टोलाउँछन् । कारण हो बगैँचामा आँप पहेँलपुर भइसक्यो, कहाँ लगेर बिक्री गर्ने ? मियाले दुखेसो पोखे, ‘देशमा कोरोनाको महामारी छ । मानिसलाई बिहानबेलुका पेट भर्न पनि समस्या छ । अनि कसरी आँप किनेर खालान् ?’ मिया थप्छन्, ‘अब आँप पाके । लकडाउनलाई खुकुलो बनाउँदै किसानका उत्पादन बजारसम्म लैजाने वातावरण बनाउनुपर्छ । हाम्रा आँप पनि स्थानीय र प्रदेश सरकारको पहल बजार पुग्नुपर्यो ।’
शाह र मियाले विगतका वर्षहरूमा काठमाडौं, पोखरा, बेनी, नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत ठाउँमा आँप पठाउँदै आएका थिए । अहिले तराईका जिल्लाको तरकारी पहाडतिर पठाउँदा कोरोना भाइरस सर्छ भन्ने हल्लाले नष्ट समेत गरिएको छ । जसले गर्दा आँपको अवस्था पनि त्यही हुने हो कि भन्ने आंशका किसानलाई छ ।
कोरोनाको इपिसेन्टर बनेको कपिलवस्तुमा अर्का आँप किसान अब्दुल रहमानले लकडाउनको बीचमा आँप पाकेर झर्न थालेपछि टिप्न शुरू गरेका छन् । रहमान भन्छन्, ‘लकडाउन’ भएपनि आफ्नो वर्षभरी कमाई खाने व्यवसायलाई डुब्न दिन त भएन । एक ट्रक आँप पोखरा पठाएका छौं । त्यहाँको बजारले पुनः माग गरे टिप्छौं नत्र अन्य क्षेत्रबाट माग आएकै छैन ।’ रहमानका ७ वटा बगैँचामा २४ सय बोटमा आँप फलेका छन् ।
अहिले तराईमा आँप राम्रो फलेको छ । तर, बजार अन्यौल देखिएको छ । प्रदेश ५ मा झण्डै ३ हजारभन्दा बढी आँप किसान छन् । लकडाउनले किसानले उत्पादन गरेको तरकारी र फलफूल उपभोक्तामाझ पुग्न सकेका छैनन् । दुई महिनामात्र कारोवार हुने आँप बिक्री गर्न समस्या भएको किसानको गुनासो छ ।
प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले किसानका उत्पादन बिक्रीको समस्या भए आफूहरूलाई बजारसम्म ल्याउन कृषि एम्बुलेन्सबाट उपभोक्तासम्म पुर्याइदिने बताए । प्रदेश सरकारले किसानका उत्पादन बजारमा ल्याउन प्रदेशका विभिन्न जिल्लामा ३४ वटा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । घिमिरेले भने, ‘किसानका उत्पादनलाई सहजीकरण गर्न हाम्रा सबै जिल्लामा कृषि एम्बुलेन्स छन् ।
आँप तरकारी र अन्य फलफूल कुहिएर जाने अवस्था आउन दिँदैनौ । त्यसप्रति मन्त्रालय सचेत छ ।’ प्रदेश ५ कोे ७ हजार ७० हेक्टर क्षेत्रमा व्यवसायिक आँप खेती छ । गत वर्ष प्रदेश ५ मा ४६ हजार ३ सय ६४ मेट्रिक टन आँप फलेको थियो । यहाँ दसहरी माल्दा, चैसा, गौजित लगायतका जातका आँप राम्रो फल्छन् ।
मन्त्रालयका कृषि महाशाखा प्रमुख श्रीधर ज्ञवालीले यसवर्ष तराईमा आँप राम्रो फलेको बताए । ज्ञवालीले लोकान्तरसँग भने, ‘आँप अल्टरनेट वियरिङ’ फल हो । यो एक वर्ष राम्रो फल्छ अर्को वर्ष कम फल्ने गर्छ । केही हावाहुरीले झारे पनि अहिले राम्रो फलेको छ ।’ गत वर्ष आँपको बजार औसत मूल्य ८० देखि १ सय रुपैयाँसम्म थियो ।
आर्थिक क्षेत्रका जानकार मनिकर कार्की यस वर्ष फलफूल मानिसको प्राथामिकतामा नपर्ने बताउँछन् । ‘सिजनेबल फलफूल त केही मात्रामा भए पनि खालान्, तर सदाबहार फलफूल मानिसले कम किन्नेछन् । आर्थिक सन्तुलन बिग्रेको छ । शहरको क्रयशक्ति घटेको छ । प्राथामिकतामा दालभात हो, फ्रुट्स पर्दैन,’ कार्कीले भने ।
प्रदेश ५ मा कोल्ड स्टोर समेत छैन । यसवर्ष प्रदेश सरकारले १८ वटा कोल्ड स्टोर बनाउँदैछ । भने स्थानीय तहले ८ वटा । ज्ञवाली भन्छन्, ‘अर्को वर्षदेखि किसानका उत्पादन कोल्ड स्टोरमा राखेर अन्य सिजनमा पनि बिक्री गरेर राम्रो मूल्य किसानले पाउनेछन् । प्रदेश सरकारले कोल्ड स्टोरका लागि ५० करोड रुपैयाँ उपलब्ध गराएको छ ।
विगतका वर्षहरूमा भारतबाट पनि यो बेला आँप आउनेगर्थ्यो अहिले कम मात्र आएको छ । प्रदेश ५ मा ६ जिल्लामा आँपको व्यावसायिक खेती छ । पहाडका केही जिल्लामा पनि आँप फल्ने गर्छ, तर व्यवसायिक खासै छैन । प्रदेशको दाङ जिल्लामा बढी आँप खेती छ ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...