×

NMB BANK
NIC ASIA

जर्मनीबाट अमेरिकी सैनिक हटाउन ट्रम्पले दिए आदेश, जर्मनीलाई रुस र चीनको डर

जेठ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सेनालाई जर्मनीबाट ९ हजार ५०० सैनिकहरू फिर्ता बोलाउन आदेश दिएको एक सुरक्षा अधिकारीले जनाएका छन् । युरोपको सुरक्षाका लागि अमेरिकाले गरेको प्रतिबद्धताका सम्बन्धमा यस कदमले चिन्ता जन्माएको छ । 

Muktinath Bank

यस आदेशलाई अवलम्बन गर्दा जर्मनीमा अमेरिकी सैनिकको संख्या २५ हजारमा झर्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नाम खुलाउन नचाहने ती अधिकारीले यो कदम चाल्न महिनौंदेखि जोइन्ट चीफ अफ स्टाफका अध्यक्ष जनरल मार्क मिल्लेले भूमिका तयार पारेको बताए । ट्रम्पले जी७ समूहको बैठक राख्न खोजेको भए पनि जर्मनीकी चान्सलर अंगेला मर्कलले त्यसलाई नकारेकाले ट्रम्प रिसाएर यो आदेश दिएको भन्ने आशंकालाई ती अधिकारीले खारेज गरे । 


Advertisment
Nabil box
Kumari

जर्मनबाट झिकिएका सैनिकहरूमध्ये कसैलाई पोल्यान्ड, कसैलाई अन्य साझेदार मुलुक पठाइने अनि केही चाहिँ अमेरिका फर्किने बताइएको छ । 

Vianet communication
Laxmi Bank

जर्मनीले नाटो सैन्य गठबन्धनको रक्षा खर्चमा बढी योगदान गर्न थालेकाले त्यहाँ अमेरिकी सैनिकहरूको ठूलो जत्था आवश्यक नरहेको ती अधिकारीको भनाइ छ । 

मर्कलको सत्तारूढ गठबन्धनका वरिष्ठ सांसदहरूले ट्रम्पको आदेशको आलोचना गरेका छन् । 

सीडीयू/सीएसयू संसदीय समूहका परराष्ट्र मामिला प्रवक्ता योहान वादेफुलले ट्रम्पको यो कदमबाट नाटो गठबन्धनमा चिरा पर्ने र त्यसबाट चीन तथा रुसलाई फाइदा पुग्ने बताए । ‘गठबन्धन सुचारु रहँदा नाटोका सबै साझेदारलाई फाइदा हुन्छ । वाशिङटनले यसलाई बढी ध्यान दिनुपर्छ,’ उनले भने ।

सुरक्षा नीति बनाउने सवालमा युरोपेलीहरू थप बलियो बन्नुपर्ने सन्देश पनि यसले दिएको वादेफुलको भनाइ छ ।

जर्मनीको परराष्ट्र मन्त्रालयले यसमा टिप्पणी गर्न मानेन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x