माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
कोरोना भाइरस (कोभिड–१९) जितेर घर जाँदा कृष्ण कुमार पासवान प्रफुल्लित थिए । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका उनी बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट वैशाख ३१ गते घर गए । अस्पतालका चिकित्सकको निर्देशन अनुसार उनी दुई हप्ता घर (होम क्वारेन्टाइन)मै बसे । घरको दुई साताको बसाइपछि उनी गाउँकै पुर्निहवा चौरहामा शैलुन सञ्चालकलाई कपाल काट्न अनुरोध गरे ।
तर शैलुनको नाउले पासवानलाई कोरोना लागेको व्यक्ति भन्दै कपाल काटिदिन मानेनन् । पुलिसमा उजुरी गर्छु भन्दा पनि नाउले टेरेनन् । उनी कपाल नकाटिकन घर फर्किएर नजिकैका गाउँको केही पर गएर एकजना भाइले उनको कपाल काटिदिए ।
उनी भन्छन्, ‘नाउले मलाई कोरोना लागेको भनेर काट्न मानेनन । म त निको भएर फर्किएको हुँ । मलाई बिभेद गर्यो नाउले । मेरो आत्मसम्मानमा ठेस पुर्यायो । निको भएर घर आएकाहरू अन्य मानिसहरू जस्तै समान होइन र ?’ उनी भन्छन्, ‘मलाई रोजगारीको आवश्यकता छ । काम खोज्दैछु । अब काम खोज्दा पनि तँलाई कोरोना लागेको व्यक्ति होस् भनेर काम पनि नदिने हुन कि भन्ने शंका लाग्न थाल्यो ।’ पासवान प्रदेश पाँचको पहिलो कोरोना संक्रमित हुन ।
कपिलवस्तु नगरपालिकाकी पहिलो कोरोना संक्रमित नर्स आयुस्मा अर्याल बिहीबारदेखि पुनः काममा फर्किएकी छिन् । कपिलवस्तु अस्पताल तौलिहवामा कार्यरत अर्याल ९ दिन होम क्वारेन्टाइनमा बसेर चार दिन अगाडिदेखि काममा त फर्किन तर, उनी हस्पिटलको ‘क्वार्टर’मा बस्न थालिन् । ‘घरमा बस्दा मानिसले कर्के नगरले हेर्न थाले, त्यसपछि मँ हस्पिटलकै क्वार्टरमै बस्न थालें,’ अर्यालले भनिन्, ‘घरबाट बिहान बाहिर निस्किदा मानिसहरू पर परबाट हिँडे । मलाई अर्कै पाराले हेर । त्यही भएर डिउटीमा आएदेखि क्वाटरमै बस्न थालें, अहिले म घरबाट हस्पिटल ‘अपडाउन’ गरेकी छैन । निको भएकालाई पनि हेर्ने दृष्टिकोण फरक पाएँ ।'
उनले आफू बजार ननिस्केको बताइन् । 'अब बजारतिर पनि त्यस्तै समाजका मानिसले विभेद गर्छन् कि भन्ने लागेको छ,' उनले गुनासो गरिन्, 'यस्तो व्यवहारले संक्रमित र उसको परिवारमा ठूलो असर पर्छ । नर्स अर्याल कोरोना संक्रमण पुष्टि भएपछि पनि अस्पतालकै छुट्टै कोठामा आइसोलेट भएर बसेकी थिइन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ का इसरार अन्सारीको परिवार पनि केही दिन अगाडि २१ दिन खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेनसमा घर फर्किएका छन् । अन्सारीको श्रीमती र सात वर्षिया छोरीलाई पनि कोरोना देखिएको थियो ।
उनी सानो व्यापार गर्छन् । उनले लोकान्तरसँग भने, ‘हाम्रो परिवारको कोरोना लागेको थापा पाएकाहरू पसलमा नआउने हुन कि भन्ने डर छ ।’
उनी नेपालगञ्जको मण्डीबाट तरकारी ल्याएर बिक्री गर्ने गर्थे । उनलाई सब्जीमण्डीबाट कोरोना सरेको आशंका छ । उनलाई शंका लागेर जाँच गर्दा उनीसहित श्रीमती र छोरालाई पनि कोरोना देखिएको थियो । उनकी गर्भवती श्रीमतीलाई अहिले चेकजाँच गर्न अस्पताल जाने सोचमा छन् । अन्सारी भन्छन्, ‘निको भएर घर आएकाहरूलाई आत्मसम्मानसहित आफ्नो कामकाज गर्ने वातावरण भए हुन्थ्यो । हामी पनि अन्य व्यक्तिसरह सम्मानित जीवन जिउने वातावरण हुनुपर्छ ।’
कपिलवस्तुकै कृष्णनगर नगरपालिकाका कृषि शाखाका प्राविधिक शहायक राजेश मिश्र पनि हालै कोरोना जितेर घर फर्किएका छन् । निको भएर घरमा जाँदा उनले आफू र आफ्नो परिवारप्रति छिमेकीले हेर्ने व्यवहार फरक पाए ।
उनले भने, ‘छिमेकीको व्यवहार कस्तो अपहेलना गरेजस्तो पाएँ । हाम्रो परिवारलाई देखे तर्केर हिंड्न थाले ।’ यस्तो व्यवहार देखेर मिश्रले अचम्म मानेका छन् । उनी थप्छन्, ‘के कोरोना कहिल्यै निको नहुने रोग हो र ? पर परबाट हिंड्ने ? हामीलाई न कुनै लक्षण देखियो । न केही समस्या भयो । पहिले जस्तो थियौं । अहिले पनि त्यस्तै छौं ।’
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ललित कुँवरले घर परिवारलाई नैं कोरोना संक्रमित भएको घर परिवारलाई खबर गरेनन । कुँवर कोरोना जितेर नियमित काममा फर्केका छन ।
यो सबै प्रदेश पाँचबाट कोरोना जितेर घर पुगेकाहरूको प्रतिनिधि आवाज हो । उनीहरूलाई समाज र छिमेकले हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । उनीहरूलाई समाजले गरेको विभेदप्रति दुखित छन् । संक्रमण भएर आइसोलेसनमा बसेकाहरूको पनि निको भएर घर फकिँदा समाजले गर्ने व्यवहारमाथि चिन्तित छन् । प्रदेश पाँचमा ९४ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।
युनिर्भसल कलेज अफ् मेडिकल साइन्सेज, भैरहवाका मनोचिकित्सक डा. सन्दिप सुवेदीले कोरोनालाई सरकारले नै ‘हाउगुजी’ बनाउँदा समाजले संक्रमितप्रति देखाउने व्यवहारमा ठूलो परिर्वतन आएको बताए । यस्तो व्यवहारले संक्रमित व्यक्तिमा निद्रा नलाग्ने, चिन्ता बढ्ने र समाजमा समायोजन हुने गाह्रो पर्ने सुवेदीको भनाइ छ ।
‘सरकारले संक्रमितको परिचय खुलाएन । निको भएर जानेलाई पनि फुलमाला अबिर लगाएर ठूलै युद्ध जितेर आएजस्तो गरी डिस्चार्ज गर्यो,’ डा. सुवेदीले लोकान्तरसँग भने, ‘जसले गर्दा कोरोना त ठूलो रोग भन्ने बुझाइ भयो । निको भएर आउनेमा पनि संक्रमण रहन्छ भन्ने समाजले बुझयो । जसले गर्दा संक्रमित र उनीहरूको परिवारलाई हेलाहोचो गर्दै टाढिने पुगे ।’
समाजले पब्लिक हेल्थ सम्बन्धि सचेतना दिन नसक्दा कोरोनासम्बन्धी जनताको बुझाई फरक छ । सरकारले निको भएकाहरूबाट कोरोना सर्दैन भन्ने समाजमा बुझाउन सकेको छैन ।
राममणि बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक मोहनराज शर्मा कोरोना निको भएकाहरूमा फर्किन सक्छ भन्ने कन्फयुजन रहँदा समाजमा मनौवैज्ञानिक असर परेको बताउँछन् । यसलाई राज्यले सोसल मिडियाबाट चिर्न आवश्यक रहेको शर्माको भनाइ छ ।
‘कोरोना लाग्नु अपराध होइन । यसप्रति हेर्ने चेतनाको विकास गराउन आवश्यक छ । अपहेलना र तर्केर हिंड्ने होइन । संक्रमितको आत्मबल बलियो बनाउँदै उनीहरूलाई समाजमा स्थापित गराउन इम्युनिटी बढाउने प्रोत्साहन गर्नुपर्छ । डोमिनेट होइन,' शर्माले भने, 'जाँचलाई बढाउनुपयो । मनौवैज्ञानिक उपचार गर्ने, राज्य, विशेषज्ञ र समाजसेवी यो कार्यमा पनि लाग्नु आवश्यक देखिन्छ ।'
प्रदेश पाँचका रोल्पाबाहेक सबै ११ जिल्लामा कोरोना संक्रमित भेटिएका छन । संक्रमित मध्ये ९५ प्रतिशत भारतबाट आएका छन् । आइतवारसम्म प्रदेश पाँचमा १ हजार ६१ जनामा संक्रमण देखिएको छ ।
जसमध्ये सबैभन्दा धेरै कपिलवस्तुका ५ सय २३ जना रहेका छन् । बाँकेमा २ सय ६७, रुपन्देहीका १ सय १२, दाङमा ७३, बर्दियामा ४२, पश्चिम नवलपरासीमा २०, गुल्मीमा ६, पाल्पामा १०, अर्घाखाँचीमा ५, रुकुमपूर्वमा ३ र प्युठानमा ३ जना छन् । प्रदेशको बाँके, गुल्मी, अर्घाखाँची र पाल्पाका गरी चार जनाले ज्यान पनि गुमाइसकेका छन् । ४० हजार भन्दा बढी क्वारेन्टाइनमा छन् । परीक्षण सुस्त हुँदा स्वाब संकलनको रिर्पोट आउन एक सातासम्म समय लाग्ने गरेको छ ।
यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...