मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अबको पुस्ताले कहिल्यै नाकाबन्दी भोग्नु नपर्ने गरेर नेपालले छिमेकी सम्बन्धहरू बिस्तार गरेको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभामा भएको विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा बोल्दै ज्ञवालीले नेपाल भू-परिवेष्ठितबाट भू-जडित भएको भन्दै अब नेपालमाथि नाकाबन्दी नलाग्ने बताएका हुन् ।
'मेरो पुस्ताले तीन-तीन पटक नाकाबन्दी भोग्यो,' संसदमा बोल्दै मन्त्री ज्ञवालीले भने, 'अबको पुस्ताले कहिल्यै नाकाबन्दी भोग्नुपर्दैन ।'
उनले पारवाहन सेवालाई विविधिकरण गरिएको, भू-परिवेष्ठित स्थितिलाई भू-जडीत बनाइएको र नेपालले अहिले गरिरहेको कूटनीतिक प्रगतिलाई अझ उज्यालो बनाउँदै अघि बढ्ने प्रतिबद्धतासमेत जाहेर गरे ।
उनले सार्वभौम समानताको आधारमा छिमेकी मित्रराष्ट्रसहित संयुक्त राष्ट्रसंघ सहित सबै देशहरूसँग समन्वय गरिरहेको बताए ।
'दक्षिण एसियाको भूराजनीतिमा पनि परिवर्तन आइरहेको छ,' उनले भने, 'आर्थिक असमानता, स्रोत र साधनको असमान वितरणले विभिन्न व्यवधान खडा गरेका छन् । आज समस्याहरूले एकता र सहकार्यको माग गरिरहेका छन् भने अर्कोतिर अतिवादी सोचहरू देखिएका छन् । कोरोनापछीको विश्व अहिल्यै सोच्न सकिदैन ।'
कोरोनाका कारण सबैभन्दा ठूलो मार नेपाल जस्तो विकासशील देशलाई परेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...