×

NMB BANK
NIC ASIA

राष्ट्रिय एकता

भारतीय उपेक्षालाई बलियो जवाफ : परिमार्जित नेपाली नक्सामा एकमत अभिव्यक्त

जेठ ३२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल एकमतका साथ अभिव्यक्त भएको छ । लिम्पियाधुरा-लिपुलेक-कालापानी समेतका भू-भाग समेटिएको मानचित्र अब यस देशको आधिकारिक नक्सा भएको छ । संवैधानिक र कानूनी प्रक्रियाको महत्वपूर्ण चरण पार भएपश्चात् यो राष्ट्रिय अभिमत अभिलेखमा परेको छ । यो घटना-विकास सबै नेपालीको निमित्त सन्तोषको अनुभूति गराउने उपलब्धि हो ।

Sagarmatha Cement
Muktinath Bank

राजा पृथ्वीनारायण शाहले जग हालेको आधुनिक नेपाल त्यसपछिको एक कालखण्डमा विस्तार हुँदै गएर पूर्वमा टिस्टा र पश्चिममा काँगडाको किल्लासम्म पुगेको थियो । तर दुईशय  वर्षअघि बेलाइतको ‘इष्ट इण्डिया कम्पनी’ सरकारको फौजसँगको लडाञीपछि नेपालले केही भू-भाग गुमायो । दुई वर्षको युद्ध अन्त्य गर्न वि.सं. १८७३ (सन् १८१६) मा अङ्ग्रेज र नेपाल बीच सन्धि भयो जुन ‘सुगौली सन्धि’को नामबाट परिचित छ । (सुगौली हाल भारतको विहार राज्यमा पर्दछ) ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजा गीर्वाणयुद्धको राज्यकालमा सम्पन्न त्यस सन्धिको धारा  ५ मा नेपालका राजा र तिनका उत्तराधिकारी शासकहरूले पश्चिमतर्फ कालीनदी पारिका भू-भागमा दाबी गर्न नपाउने प्रावधान राखेको हुनाले नेपालले त्यसलाई स्वीकार गर्दै  आएको हो । सन् १९४७ मा, अङ्ग्रेजले  दक्षिण एसियामा आफूले त्यतिञ्जेल उपनिवेश बनाएर शासन गरेका ठाउँ छोड्दा कायम भएको नक्सामा पनि साविककै  प्रावधान राखिएको हो । तसर्थ आजभन्दा ७३ वर्षअघि मात्र राजनीतिक अस्तित्वमा आएको देश भारतका शासक-प्रशासकहरूले यसबारे काठमाडौंसँग कचिङ्गल गर्नुपर्ने कुनै कारण देखिँदैन । र, यसबीच अनधिकृत ढङ्गले कालीनदी पूर्वको करिव चारशय वर्गकिलोमिटर जग्गा कब्जा गरी बसाइएका सैन्य शिविर हटाइयोस् भन्ने नेपालको मागलाई किमार्थ अनुचित मान्न हुँदैन । कालीनदी पश्चिमका देश-प्रदेशउपर नेपालले दाबी नगर्ने हो, महाकालीसम्म त नेपालकै हक लाग्दछ । अर्थात् महाकाली नदीमाथि नेपालको एकलौटी अधिकार छ । यो सीमानदी होइन । तसर्थ यसको ‘पानी आधा-आधा’ भन्ने प्रश्न पनि उठ्दैन ।


Advertisment
Nabil box
Kumari

तर अहिलेको चुनौती भनेको कालापानी क्षेत्रमा अतिक्रमित भूमिमा नेपालको स्वामित्व कायम गराउने नै हो । यसको लागि नेपालले भारतसित राजनीतिक\कूटनीतिक स्तरमा वार्ता सञ्चालन गर्नुपर्छ । यथार्थमा नेपालले यसको पहल केही अघि नै थालेको हो । गत कार्तिकमा भारतले नयाँ राजनीतिक मानचित्र निकाली त्यसमा नेपाली भू-भाग गाभेर सार्वजनिक गरेकै  बेला त्यो नक्सा नेपाललाई स्वीकार्य नहुने भनेर परराष्ट्र मन्त्रालयले  सार्वजनिक रूपमै दिल्लीलाई जानकारी गराएको हो । कालापानी र सुस्ता समेतका कतिपय क्षेत्रमा सुल्झिन बाँकी सीमा विषयक मामिला छन् र तिनको निरुपण गर्न परराष्ट्र सचिवस्तरमा वार्ता गर्ने कुरामा भारतीय पक्ष नै विगत केही वर्षयता प्रतिबद्ध रहिआएको हो । तर एक्कासि २६ वैशाखमा एकतर्फी ढङ्गले भारतले लिपुलेक पुग्ने सडक खोलेपछि नेपालको विरोध पुनः चर्कियो र वार्ताको लागि यताबाट फेरि आग्रह गरियो । तर भारतीय पक्षबाट  नेपालको सुझाउको निरन्तर उपेक्षा भईरह्यो, भईरहेकै छ ।

Vianet communication
Laxmi Bank

यसबीचमा नेपालले आफ्नो नक्सा परिमार्जन गरी त्यसको राष्ट्रिय वैधानिकता कायम गरायो । यस कार्यले वार्तालाई सहज गराउँछ र चुनौतीलाई छिटो निकास प्रदान गर्दछ । बरु यस अवसरको उपयोग गरेर  दिल्लीले करिव १८८० किलोमिटर लामो नेपाल-भारत सिमानाका अन्य ठाउँहरूको विवाद पनि सदाशयका साथ सुल्झाउन सकेमा बहु-आयामिक र अनुपम मानिएको नेपाल- भारत सम्बन्धमा अहिलेसम्मको तिक्तता सदाको लागि समाप्त हुनेछ । र, तेस्रो पक्ष तानिने जोखिम स्वतः टरेर जानेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x