×

NMB BANK
NIC ASIA

कर्णालीमा बजेट बहस : 'दुहुनो गाई' बिरामी छ, औषधीमूलो गर्ने खालको बजेट आओस्

जेठ ३२, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कर्णाली प्रदेश सरकारले असार १ गते बिहान ११ बजे प्रदेश सभामा बजेट ल्याउने तयारी गरेको छ । कर्णाली कोरोनाको भयावह चक्रव्यूहमा फसिँरहेको समयमा सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८का लागि बजेट प्रदेश सभामा प्रस्तुत गर्नेछन् ।

Sagarmatha Cement
Muktinath Bank

सरकारले ल्याउने बजेट कार्यान्वयन नहुने रोग विगत देखि जारी हुने र बजेट जतिसुकै राम्रो ल्याएपनि त्यसले खासै प्रभाव नपार्ने सत्तारुढ दलकै सांसदहरुले आरोप लगाइरहेका छन् । महिला तथा बालबालिकाका समस्या, गरिबी, भोकमरी, अभाव, स्वास्थ्य क्षेत्रको विकास जस्ता चुनौती खेप्दै आइरहेको व्यवसायीहरूको गुनासो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वास्तवमा भन्ने हो भने सरकारका लागि निजी क्षेत्र दुहुनो गाई हो । करिब तीन महिनादेखि दुहुनो गाई थला परेको छ, बिरामी भएको छ । संघीय सरकारले त उक्त गाईको उपचार गर्न चाहेन तर कर्णाली प्रदेश सरकारले उपचार गर्छ कि भन्ने आशा हामी निजी क्षेत्रले बोकेका छ,' उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले भने ।


Advertisment
Nabil box
Kumari

उनले अर्थतन्त्रको अवस्था डामाडोल रहेको बताए । 'व्यवसायीलाई राहत पुग्ने खालको, रोजगारी सिर्जना हुने, पूँजीगत खर्च समयमै गर्न सक्ने खालको बजेट आओस् । अहिले हाम्रा लागि आर्थिक लकडाउन भयो । उद्योगी व्यवसायी निराश छौं । उत्साह थप्ने बजेट आओस्,' उनले थपे ।

Vianet communication
Laxmi Bank

उनले बिरामी संस्था भएको खण्डमा रोजगारीका अवसर सिर्जना नहुने बताउँदै निजी क्षेत्रलाई हतोत्साहित हुने भन्दा उत्साहित हुने बजेट ल्याउनु पर्ने, व्यवसायीलाई राहत पुग्ने खालको बजेट ल्याउनु पर्ने माग गरे ।

सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कविन्द्रकुमार केसीले बजेटको सम्पूर्ण ध्यान कोरोना र आर्थिक विकासमा जानुपर्ने सुझाव दिए । ‘अहिले कर्णालीमा कोरोनाले भयावह अवस्था आउने देखियो,' उनले भने, 'सम्भव भएसम्म स्वास्थ्यकर्मी थप्ने, आइसोलेसन व्यवस्थित गर्ने,  कोरोनासँग सम्बन्धित एम्बुलेन्स, स्वास्थ्य सामाग्रीहरु थप्ने काम गर्न आवश्यक छ ।'

उनले एक जिल्ला एक अस्पताललाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । ‘अहिले कर्णालीमा लाखौंको संख्यामा तेस्रो देश तथा भारतबाट नागरिक आएका छन् । उनीहरुलाई कृषिमा जोड्न आवश्यक छ । कृषि प्रर्वद्धनसँग सम्वन्धित कार्यक्रम राज्यले ल्याओस्,' उनले लोकान्तरसँग भने ।

विदेश जाने व्यक्तिलाई कर्णालीमै आय आर्जन, आर्थिक विकास, कृषिको आधुनिकीकरण लगायतका क्षेत्रलाई समेटेर सरकारले बजेट ल्याउनुपर्नेमा उनको जोड छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति कमलराज रेग्मीले कर्णाली सरकारको कोरोना महामारीको समयमा भूमिका शून्य देखिएको बताए ।

‘संक्रमण न्यून गर्नका लागि धेरै मेसिन खरिद गरी धेरै नागरिकको जाँच गरेर जनतालाई आशा जगाउने काम गर्न सकेको छैन । क्वारेन्टाईन व्यवस्थापन भएन, नियमनुसार न्यूनतम मापदण्ड अनुसार आइसोलेसन वार्ड बनेका छैनन् । जनताले दुःख पाएका छन्,' उनले भने ।

उनले सदनमा काँग्रेसँग छलफल गरेको नगरेको आफूलाई थाहा नभएको बताउँदै कम्तीमा राजनीतिक दलसँग समन्वय गरेर, छलफल गरेर बजेट ल्याएको भए राम्रो हुने सुझाव दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x