×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभाबाट तीन विधेयक पारित

जेठ ३२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभाको बैठकले आर्थिक विधेयक–२०७७, राष्ट्र ऋण उठाउने विधेयक–२०७७ र ऋण तथा जमानत (चौबीसौँ सशोधन) विधेयक बहुमतले पारित गरेको छ ।

Muktinath Bank

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा सदनसमक्ष ती विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले ती विधेयक पारित गरियोस् भनी अलग अलग प्रस्ताव प्रस्तुत गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऋण तथा जमानत (चौबीसौँ सशोधन) विधेयकमाथि सांसद प्रेम सुवाल र डा मीनेन्द्र रिजालले राखेको सशोधन प्रस्ताव सभाको बहुमतबाट अस्वीकृत भएको थियो ।


Advertisment
Nabil box
Kumari

आर्थिक विधेयकमाथि सांसदद्वय सुवाल र दिव्यराज भण्डारीले सशोधन प्रस्ताव पेश गरेका थिए भने राष्ट्र ऋण उठाउने विधेयक–२०७७ का सम्बन्धमा डा रिजाल र सुवालले सशोधन राखेका थिए ।

Vianet communication
Laxmi Bank

विद्युतीय सवारी साधन आयातमा लगाइएको भन्सार शुल्क हटाउन सरकारसँग माग गर्दै उनीहरूले पेट्रोल र डिजेलमा अतिरिक्त कर किन लगाइएको भनी प्रश्न गरे । सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले भन्सारका दर अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्तबाट निर्देशित रहेको बताएका थिए ।

उनले भने, 'आयकरको दर आर्थिक सिद्धान्त र प्रणालीका आधारमा तय गरिएको छ, राजश्वको स्थिति कठिन नै छ, राजश्वले दैनिक खर्च धान्ने अवस्थामा छैन । हामी सबै मिलेर अघि जाने अभ्यास संसद्बाटै भइरहेको छ, त्यो गरौँ, मुलुक लोकतान्त्रिक मूल्यमान्यताबाट चल्छ ।'

'विदेशी ऋण निश्चित परियोजनासँग सम्बन्धित हुने गरेको छ, बाह्य ऋणको सबै अङ्क हरेक वर्षको बजेटमा राख्न सकिन्न, बजेट निर्माणका क्रममा दातृ समुदायले प्रतिबद्धता जनाएको हुनाले वैदेशिक सहयोग र ऋण प्राप्त गर्नेमा कुनै समस्या छैन,' उनले थपे ।

सरकार जमानत बसेर उपलब्ध गराएको ऋण भनेको वायु सेवा खरिद गर्दाको मात्रै भएको उल्लेख गर्दै उनले सार्वजनिक वित्त व्यवस्था पारदर्शी भएकाले दातृसमुदायबाट विश्वास कायम गर्न सफल भएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x