×

NMB BANK
NIC ASIA

बुटवल उपमहानगरले श्रमिकलाई दियाे ज्यालादारीमा काम, राहत वितरण पनि सँगसँगै

८६ हजार जनालाई राहत

असार ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउनमा राहत वितरण, क्वारेन्टाइन र आइसोलेसन केन्द्र निर्माणका साथै  थुप्रै काम गरेको छ।

Sagarmatha Cement
Muktinath Bank

उपमहानगरले लकडाउनको अवधिमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा विपन्न समुदायलाई राहत वितरण गर्नुका साथै ज्यालादारीमा कामको समेत व्यवस्था मिलाएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रमजीवी बेरोजगार नागरिकलाई लक्षित गरी दुई चरणमा राहत वितरण गरेको बुटवलले तिनैमध्येका मजदुरलाई सुरक्षा प्रबन्धसहित विभिन्न वडामा ज्यालादारी कामको व्यवस्था मिलाएको छ। 


Advertisment
Nabil box
Kumari

गरिखाने वर्गमा परेको पीडालाई मध्यनजर गरेर सुरक्षा प्रबन्धसहित उनीहरुको स्वास्थ्य चेकजाँच गर्दै ज्यालादारीमा काममा लगाइएको हो । 

Vianet communication
Laxmi Bank

लकडाउनको अवधिमा बुटवल उपमहानगरले १९ वटै वडाका २२ हजार सात सय दुई घर परिवारका ८५ हजार सात सय ५४ जनालाई राहत वितरण गरिएको नगरप्रमुख शिवराज सुवेदीले बताए।

लकडाउन अवधिमा दुई करोड ४४ लाख २२ हजार एक सय एक रुपैयाँ बराबरको राहत वितरण गरिएको र सुरक्षा प्रवन्ध मिलाएका ठाउँमा ज्यालादारीमा कामको समेत व्यवस्था मिलाइएको प्रमुख सुवेदीको भनाइ छ। 

बुटवल उपमहानगरपालिकाको विपत व्यवस्थापन तथा राहत कोषमा स्वेच्छाले जनस्तरबाट रकम समेत सहयोग भएको भन्दै सहयोग दातालाई आभार प्रकट गरिएको छ।

उक्त रकमलाई बुटवलले राहत वितरणदेखि आइसोलेशन, आइसीयु तथा भेन्टिलेटरसहितको अस्पताल निर्माणलगायतका काममा उपयोग गरेको जनाएको छ। 

कोषमा ७४ लाख ७२ हजार ६ सय ४२ रुपैयाँ जम्मा गरिएको तथा ५२ हजार ७ सय ६९ किलो चामल, ३ हजार ६ सय ९ किलो दाल, २ हजार ६ सय २० लिटर तेल, २ हजार ७ सय ३७ किलो नुन लगायत जिन्सी सामग्री सहयोग स्वरुप प्राप्त भएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए।

उनले महामारीका बेलामा कहाँ कहाँबाट के–के सामान खरिद गरियो, कुन मूल्यमा के–के सामान खरिद गरियो भन्ने देखि यो बीचमा भएका सबै खर्चको विवरण सार्वजनिक गरिएको बताउँदै सबैलाई वेभसाइटमा पनि राखिने बताए।

राहत वितरणका लागि टोलस्तरबाटै  सबै दलीय संयन्त्र समेतको सहभागितामा छनौट भएर वडा तहबाट सिफारिस भएर आउने नामावली र राहत उपलव्ध गराउन इच्छुक समुदायसँग समन्वय गर्ने कामका लागि उपमहानगरले वरिष्ठ अधिकृत विजयदेव भुर्तेललाई फोकल पर्शनका रुपमा तोकेको थियो। 

नगरको नीति तथा कार्यक्रममा परेर स्वीकृत भएमध्येका तालिम गोष्ठितर्फको एक करोडभन्दा धेरै रकमलाई उपमहानगरले कोरोना नियन्त्रणमा लगाउने निर्णय गर्दै त्यस्ता सबै कार्यक्रम रोकेको थियो। 

लकडाउनको स्वरुप परिवर्तन भैरहेको वर्तमान अवस्थामा राहतभन्दा पनि नगरवासीलाई विकासको काममा रोजगार दिने लक्ष्य लिएर अहिले सोही अनुरुपका काम भइरहेको उपमहानगरका प्रवक्ता तथा पूर्वाधार विकास समितिका संयोजक रामप्रसाद रेग्मीले बताए।

वडा नम्बर १६, १०, ७ र २ मा दैनिक ज्यालादारीमा रोजगारीका कामको व्यवस्था मिलाइएको रोजगार संयोजक अरबिन्द्र पाण्डेले बतााए।​ संयोजक पाण्डेका अनुसार वडा नं १६ स्थित निर्माणधिन बैठिलिया तालमा मर्मत कार्य र डुंगा चढ्ने ओर्लने सिँढीको निर्माण भइरहेको छ। त्यहाँ दोस्रो चरणको रोजगार शुरु भएको र सबैलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले तोके अनुसारको ज्याला दिइएको पाण्डेले बताए। 

यस्तै वडा नं १० को नाली सफाई, वडा नंं ९ मा नाली निर्माण र वडा नं २ मा निर्माणधिन पर्यटन मार्गका लागि ज्यालादारीमा मजदुरलाई कामको व्यवस्था मिलाइएको उपमहानगरले जनाएको छ । यी ठाउँमा काममा खटिएका ७८ जनाको ज्वरोलगायत स्वास्थ्य परीक्षण गरिएको छ।

उनीहरु एउटै गाउँ र टोलका समेत भएकाले सुरक्षा प्रवन्ध मिलाउन सजिलो भएको बताइएको छ। अब वडा नं. १६ मा ४० जना, वडा नं. १३ मा ३५ र वडा नं. १४ मा ३५ जनाले थप रोजगार पाउने रोजगार संयोजक पाण्डेले बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x