असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) का कारण मनोसामाजिक समस्या देखा पर्दैछन् । लामो समयको लकडाउन, लकडाउनको कारण सिर्जित आर्थिक नोक्सानी, बेरोजगारी, क्यारियरको अनिश्चितता, एकांकी जीवन तथा नयाँ परिवेशसँग घुलमिल हुन भएको अप्ठ्यारोका कारण मानसिक चिन्ता, तनाव तथा असुरक्षा बोध बढेको छ ।
दैनिक सुन्नुपर्ने संक्रमित तथा मृतकको संख्याले पनि हाम्रो अवचेतन मनमा चिन्ताको स्तर घनिभूत भइरहेको छ । कोभिड– १९ को प्रभावकारी औषधि तथा खोप पत्ता नलागेको तथा यो रोग कहिलेसम्म जाने हो भन्ने यकिन नभएको हुँदा मनोसामाजिक असर बढिरहेको छ ।
धेरै व्यक्तिले लाखौं भाडा तिरेर, करोडौंको सामान राखेर, दर्जनौं स्टाफ राखेर तथा बैंकबाट लोन लिएर व्यवसाय गरेका छन् । हजारौं व्यक्तिले लोन लिएर वा आफ्नो सम्पत्ति बेचेर सेयरमा लगानी गरेका छन् । ठूलो ऋणमा उद्योग तथा कलकारखाना चलेका छन् । पर्यटन क्षेत्रमा खर्बौं लगानी छ । यातायातको क्षेत्रमा पनि अर्बौं लगानी छ ।
एजुकेसन कन्सल्टेन्सी, म्यानपावर, भाषा कक्षा, चलचित्रदेखि हरेक क्षेत्र जोखिममा परेको छ । लामो समयको लकडाउन, जनतामा घटेको क्रयशक्ति तथा असुरक्षाबोधका कारण धेरै व्यवसाय पूर्ववत् चल्न असम्भवप्रायः छ । सीमित आम्दानीका कारण जनताले खर्च गर्ने क्षेत्र खाद्य र औषधिमा सीमित हुने देखिएको छ ।
व्यवसाय सञ्चालन गर्न सामाजिक दुरी, मास्क, सरसफाई आदिको लागि अतिरिक्त खर्च हुनेछ । सबै क्षेत्र दैनिक पटक–पटक संक्रमणरहित बनाउनु पर्ने झन्झट छ । एक व्यक्तिले अर्को व्यक्तिलाई विश्वास गर्ने वातावरण बन्न धेरै समय लाग्नेछ । डर, त्रास र असुरक्षा बोकेर हिँड्ने नागरिकले रेष्टुरेन्ट, बजार तथा विलासी जीवनशैली अपनाउन धेरै समय लाग्नेछ ।
लकडाउन खुकुलो भएपछि पनि खर्च धान्ने गरी व्यवसाय चल्न कठिन हुनेछ, त्यसले झनै निरास बनाउनेछ । संक्रमितको संख्या आगामी ३ महिना बढ्दो गतिमा हुनेछ । नागरिक थप शतर्क हुनेछन् । स्कूल, कलेज, सिनेमाघर, होटेल लगायतका व्यवसाय खोल्न धेरै समय लाग्नेछ । यसले गर्दा बालबालिकादेखि हरेक उमेरका व्यक्तिलाई प्रभाव पार्नेछ ।
यी तमाम अवस्थालाई स्वीकार्नु, त्यसलाई आत्मसात् गर्नु तथा घाटा न्यूनीकरणका लागि योजना बनाउनुपर्ने अवस्था छ ।
कोरोनाजन्य नयाँ युगमा हामी पुरानो शैलीले चल्न असम्भव छ । तसर्थ हाम्रा पेशा, व्यापार, सोच र जीवनशैली परिवर्तन गर्नु जरुरी छ । उत्पादन, त्यसको बजारीकरण, होम डेलिभरी तथा आयात विस्थापन गर्ने व्यवसायमा लाग्नु फाइदाजनक हुनेछ । त्यस्तै डिजिटल व्यापार, प्रविधिको अधिकतम प्रयोग तथा आइटी क्षेत्रमा फड्को मार्नु जरुरी छ । महंगो भाडा, ठूलो लगानी तथा लोनलाई घटाएर आफूलाई तनावरहित बनाउने प्रयास गर्नुपर्दछ ।
यो महामारीमा बाँच्नु सबैभन्दा ठूलो कुरा हो । अबका २-३ वर्ष हामीलाई बाँच्न पुग्ने व्यवस्था गर्नु ठूलो उपलब्धि मान्नुपर्ने छ । नाफा गर्ने, कमाउने तथा लगानी गर्ने महत्त्वाकांक्षा २-३ वर्ष स्थगित गर्नु नै सुखी जीवनको सूत्र हुनेछ ।
विदेश घुम्न जाने, रेस्टुरेन्टमा खाना खाने, भोजभतेर गर्ने, जमघट गर्ने तथा उल्लासमय वातावरणमा चाडपर्व मनाउने गतिविधि ओझेलमा पर्नेछन् । बैठक, साधारणसभा लगायतका कार्यक्रम जुम वा अन्य प्रविधिमार्फत सञ्चालन हुनेछन् । यो ‘न्यु नर्मल ‘ अवस्थासँग हामी अभ्यस्त हुनुको विकल्प छैन ।
हामीले नयाँ युगको सिस्टमलाई आत्मसात गर्न सक्यौं भने मानसिक तनाव हुनेछैन । अन्यथा हामीलाई चिन्ता, तनाव, डिप्रेसन लगायतका मानसिक समस्या देखा पर्नेछन् । हरेक प्राकृतिक विपत्ति र महामारीले अवसरसँगै चुनौती पनि खडा गर्छन् । ती चुनौतीसँग जुध्नका लागि हाम्रो मानसिक स्वास्थ्य बलियो हुनु जरुरी छ । यसको लागि तलका केही उपाय अवलम्बन गर्नु र यी उपायलाई जीवनमार्ग बनाउनु श्रेयष्कर हुनेछ ।
– स्वस्थ आहारको सेवन गर्ने तथा पर्याप्त सुत्नाले मस्तिष्कको क्रियाकलापलाई पोषित गर्दछ । प्रशोधन गरिएको तथा चिनीको मात्रा बढी भएको खानाले मस्तिष्कमा रक्तप्रवाहलाई कम गर्दछ ।
– तनाव हुने कारण घटाउने प्रयास गर्नु आवश्यक छ । आफ्नो आवश्यकता र क्षमताको विश्लेषण गर्ने, धेरै महत्त्वाकांक्षी नहुने, आफ्नो साधनस्रोत तथा क्षमताप्रति सन्तुष्ट हुने, आफ्ना प्राथमिक आवश्यकतामा ध्यान दिने तथा आफ्नो हातमा नभएको कुरामा चिन्ता नलिनेजस्ता बानीको विकास गर्नुपर्दछ ।
– नियमित व्यायाम गर्ने तथा नाँच्ने गर्नाले इन्डोर्स्फिन् नामक हर्मोन उत्पन्न हुन्छ जसले आनन्द महशुस हुन्छ । सकारात्मक सोच वृद्धि गर्दछ एवं शरीरको स्टामिना बढ्दछ ।
– मनोरञ्जनात्मक क्रियाकलाप गर्नाले तनाव र चिन्तालाई न्यून गर्न सकिन्छ ।
– आफ्नो वास्तविक धरातल बुझेर त्यही अनुसारको अपेक्षा गर्ने र सानातिना प्राप्ति वा सफलतामा सन्तुष्ट हुने बानीको विकास गर्नुपर्दछ । हामीलाई थाहा छ, तृष्णा नै दु:खको जननी हो । आफ्नो प्राप्तिमा सन्तुष्ट हुने तथा त्यसलाई अधिकतम सदुपयोग गर्ने बानीले निश्चिन्त बनाउँछ ।
– आफूले अन्य व्यक्तिको महत्त्वाकांक्षा पूरा गर्न नसक्ने अवस्थामा 'सक्दिनँ' अर्थात् 'नो' भन्न सक्नुपर्छ । हुन्छ, हेरौंला जस्ता दोहोरो अर्थ लाग्ने सान्त्वना दिँदा सम्बन्धमा नकारात्मक असर पर्न सक्दछ ।
– धुम्रपान, मध्यपान तथा सुर्ती सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता घट्दछ । अल्कोहल र निकोटिनले कुनै अर्थमा पनि फाइदा गर्दैन ।
– अत्यास लागेमा अनुलोमविलोम गर्ने, ध्यान तथा योग गर्ने, व्यायाम गर्ने, सकारात्मक कल्पना गर्ने, गीत सुन्ने, नाच हेर्ने, आर्ट गर्ने तथा अन्य सिर्जनशील गतिविधि गर्दा तनावलाई विषयान्तर गर्न सकिन्छ ।
– सामान्य तरिकाले तनावको कारणलाई स्वीकार गर्ने तथा स्वागत गर्ने, उक्त तनावको सामना गर्न आफूलाई उत्साहित गर्ने एवं आफ्ना भावनालाई माया गर्दै चुनौतीलाई अवसरमा बदल्न सक्नेछु भनेर आत्मविश्वास दह्रो बनाउन सकिन्छ ।
– चिन्ता, तनाव तथा अधैर्य हुँदा विश्वासिलो र सकारात्मक सोचले भरपुर साथी वा आफन्तसँग कुराकानी गर्ने, समस्या शेयर गर्ने, समाधानको छलफल गर्ने तथा आफूलाई सहयोग प्राप्त हुने वातावरण सिर्जना गर्नुपर्दछ ।
– चिन्तालाई आफ्नो मनको अभिन्न अंगको रूपमा साधारीकरण गर्नु जरुरी छ । फोक्सो तथा श्वासमार्गमा बाहिरी पदार्थ पुगेमा शरीरले खोकीको माध्यमबाट त्यसलाई निकाल्ने प्रयत्न गर्दछ । त्यस्तै मनमा कुनै कुरा बिझाएमा मनले त्यसलाई समाधान गर्न चिन्ता उत्पन्न हुन्छ । चिन्ताले चिन्तन हुँदै समाधानको बाटो निकाल्न सहयोग गर्छ ।
– सञ्चार माध्यममा दैनिक देखिने विभत्स दृश्य तथा सनसनीपूर्ण समाचारले हाम्रो मनमस्तिष्कमा गहिरो छाप पारेका छन् । ती दु:ख र वियोगका समाचार हेर्दा र सुन्दा हामी दु:खी भइरहेका छौं, तसर्थ डिजिटल दूरी कायम गर्ने, मिडियाको व्रत लिने तथा मिडियालाई थोरै समय दिने गर्यौं भने कोरोना संक्रमणको मानसिक प्रभावबाट हामी बच्नेछौं ।
– आफ्नो परिवारजन, आफन्त तथा मित्रहरूलाई अप्ठ्यारो समयमा साथ तथा सान्त्वना दिने बानीले आफू स्वयंलाई सकारात्मक प्रभाव पर्दछ । दु:ख परेको व्यक्तिलाई सहयोग गर्दा प्राप्त हुने आनन्द अपरिमेय हुन्छ ।
– सरसफाई तथा ड्रेसअप राम्रो गरेर टिपटप भएर बस्दा आत्मबल बढ्दछ । मास्कको सही प्रयोग, भौतिक दुरी तथा हात धोइरहने बानीलाई जीवनशैलीमा परिणत गर्नुपर्दछ ।
– आफूलाई लक्षण देखिएमा कहाँ जाँच गर्ने ? आवश्यक परे कुन एम्बुलेन्सलाई सम्पर्क गर्ने ? कुन चिकित्सकसँग परामर्श गर्ने ? कुन अस्पतालमा भर्ना हुने ? लगायतको योजना बनाउनु राम्रो हुन्छ । योजनाले व्यक्ति तथा परिवारलाई विकल्प दिन्छ, तनाव कम गर्दछ ।
– भावना र कारण, शरीर र दिमाग, परिवार र काम, चिन्ता र धैर्यता आदिको सन्तुलन मिलाउनु जरुरी हुन्छ । शरीर र मनको सन्तुलन नभएमा भ्रम उत्पन्न हुन्छ । भ्रमले मानसिक अस्थिरता निम्त्याउँछ । अस्थिरताले संवेदनशील बनाउँछ, तसर्थ आफ्ना भावना र अनुभूतिलाई सन्तुलनमा राख्नुपर्दछ ।
– कोरोना संक्रमणलाई मैले जित्न सक्छु, मेरो इम्युनिटी पावरले जित्न सक्छ भनेर आफ्नो क्षमताप्रति विश्वास गर्नुपर्दछ । त्यस्तै आफूलाई जोखिमबाट बचाउन सुरक्षा विधि अपनाउने अभ्यासलाई संस्कारमा विकास गर्नुपर्दछ ।
– यदि तपाईंको मन मस्तिष्कमा कोरोना संक्रमणको डरले डेरा जमाएको छ भने आफ्नो ध्यान अन्यत्र मोड्ने कोशिश गर्नुपर्दछ । यसका लागि आधिकारिक सूचना लिने, भ्रम र हल्लालाई विश्वास नगर्ने, सामाजिक सञ्जाल तथा डरलाग्दा समाचारबाट पृथक रहने एवं यो विश्वव्यापी महामारीको अवस्थालाई आत्मसात् गर्ने प्रयास गर्नुपर्दछ ।
– संक्रमित तथा मृतकको संख्या हेरेर चिन्ता लिनुपर्दैन । कोभिड– १९ बाट निको भएको संख्या हेर्ने तथा निको भएका व्यक्तिको अनुभव सुन्ने बानी गर्नाले आत्मबल बढ्दछ । कोभिड संक्रमणबाट मृत्यु हुने भन्दा निको हुनेको संख्या १० गुणाभन्दा धेरै छ । संक्रमित मध्ये ९८ % सामान्य अवस्थामा छन् भने जम्मा २ % मात्र गम्भीर अवस्थामा छन् ।
– कोभिड– १९ बाट ८० वर्षभन्दा धेरै उमेरका व्यक्तिको मृत्युदर १४.८ % छ, ७० – ७९ वर्षका संक्रमितको ८ % छ भने अन्य उमेरका व्यक्तिको मृत्युदर उत्तरोत्तर कम छ ।
– यो मृत्युदर आफैंमा धेरै हैन । त्यस्तै संक्रमितमध्ये मुटुका दीर्घरोगीको मृत्युदर १३.२ % छ, दीर्घ मधुमेहका बिरामी (अनियन्त्रित मधुमेह तथा मधुमेहले किड्नीमा समस्या भएका) को मृत्युदर ९.२ % छ, दीर्घ श्वासप्रश्वासका बिरामीको मृत्युदर ८ % छ, अनियन्त्रित उच्च रक्तचापका दीर्घरोगीको मृत्युदर ८.४ % छ भने क्यान्सरका दीर्घरोगीको मृत्युदर ७.६ % छ । अन्य दीर्घरोगीको मृत्युदर कम छ । संक्रमित महिलाको मृत्युदर पुरुषको भन्दा झन्डै आधा छ ।
– ध्यान, योग, प्राणायाम, प्रवचन, सत्संग, अध्ययन, लेखन, पेन्टिङ, संगीत, हास्य कार्यक्रम लगायत मनोविनोदमा आफूलाई अभ्यस्त राख्यौं भने सकारात्मक सोचको विकास हुन्छ ।
– हरेक जीवन, पदार्थ तथा महामारीको आयु हुन्छ । यो महामारी पनि आफ्नो आयु लिएर जन्मिएको छ । तसर्थ केही समयपछि हामीले यो समस्याबाट मुक्ति पाउनेछौं भनेर आशावादी हुनु जरुरी छ ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...