×

NMB BANK
NIC ASIA

गुल्मीमा होम क्वारेन्टीनमा बसेका एक पुरुषको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

असार ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गुल्मीमा होम क्वारेन्टीनमा बसेका एक जनाको मृत्यु भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर– ५ मैनडाँडा निवासी ६९ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टीनमा रहेका व्यक्तिको मृत्यु भएको हो ।


Advertisment
Nabil box
Kumari

मृतक पुरुष प्यारालाइसिसको बिरामी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए ।

Vianet communication
Laxmi Bank

भारतमा उपचार गरेर घरमा ल्याइएका पुरुषको बिहीवार कोरोना परीक्षणका लागि आरडीटी पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

उनको गएराति मृत्यु भएको हो । मृतक पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रूपन्देहीमा पठाइएको आचार्यले बताए ।

मृतक पुरुषलाई भारतबाट हेरचाह गर्दै नेपाल ल्याएका अर्का एक जनाको आरडीटी परीक्षण नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

भारतबाट आएर क्वारेन्टीनमा बस्न नसक्ने भएपछि मृतकका छोरीज्वाइँले हेरचाह गर्ने गरी होम क्वारेन्टीनमा राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक पौडेलले बताए ।

मृतक पुरुषको शवलाई व्यवस्थापन गर्न नेपाली सेना घटनास्थल पुगेको छ ।

गुल्मीमा हालसम्म कोरोना संक्रमितको संख्या १०५ जना पुगेको छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् ।

जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x