×

NMB BANK
NIC ASIA

स्वाब संकलनका ‘बादशाह’ : चुनौतीलाई अवसरमा बदलेर महामारीविरुद्ध मैदानमा

असार ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीसँगै नेपालमा भारतसँग सीमा जोडिएका तराईका जिल्ला ‘इपिसेन्टर’ बने । तराई क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई जोखिमसँगै काम गर्न भ्याइँनभ्याइँ छ ।

Muktinath Bank

नेपालमा कोरोनाको शुरूआती चरणमा डर, त्रास र भयको वातावरणदेखि हालसम्म निधक्क क्वारेन्टीनमा बसेका व्यक्तिदेखि संकास्पद मृत्यु भएका व्यक्तिको पीसीआर जाँचका लागि निधक्क स्वाब संकलनदेखि आरडीटी जाँचमा खटिएका छन् स्वास्थ्यकर्मी । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिनैमध्येका हुन्, कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट सञ्जिवकुमार सिंह, महाराजगञ्ज नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अमरबहादुर पुन र लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ल्याब टेक्निसियन जीवलाल भुसाल । यी प्राविधिकहरू चुनौतीपूर्ण कामलाई अवसरका रुपमा लिएर कोरोना संक्रमण फैलिनबाट रोक्न र नागरिकलाई बचाउन सहजताका सेवामा खटिएका छन् । 


Advertisment
Nabil box
Kumari

२०७१ सालमा पोखराबाट ल्याब टेक्निसियन (बीएमएलटी) उत्तीर्ण गरी चौथौ तहमा नाम निकालेर कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत सिंहलाई जोखिमपूर्ण क्षेत्रमा काम गर्ने सानैदेखिको रुचि थियो । सिंहले स्वास्थ्य क्षेत्रमा काम गर्ने डाक्टरदेखि स्वास्थ्यकर्मी केही काममा पछाडि हट्नुहुन्न भन्ने सोचाइ सधै राख्थे । 

Vianet communication
Laxmi Bank

विश्वभर तीब्र रुपमा फैलिएको कोरोना महामारीको संक्रमण गत चैतदेखि नेपालमा पनि देखिन थाल्यो । भारतमा संक्रमण तीब्र भएपछि तराईका जिल्लालाई सरकारले ‘रेड जोड’मा राख्यो । जोखिम बढेपछि कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले सिंहलाई काजमा नगरपालिकाको स्वास्थ्य शाखामा ल्याए । उनले चैत ९ गतेदेखि अदालतमा म्याद थपिएका थुनुवा, चोरी निकासीमा पक्राउ परेकाहरूको पनि नमूना संकलन गरी आरडीटी गर्न थाले । 

काजमा नगरपालिकामा गएपछि उनले शुरूमा बुद्धपद मावि तौलिहवामा मुम्बईबाट आएर क्वारेन्टीनमा बसेकाहरूको स्वाब लिए । उनले १२५ जनाको स्वाब संकलन गरे । त्यहाँ उनले संकलन गरेको स्वाबमा १२ जना पुरुषको रिपोर्ट ‘पोजेटिभ’ आयो ।

कपिलवस्तु अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना पोजेटिभ देखिएपछि ‘कन्ट्याक्ट टे«सिङ’ गर्दा सिंहले ११८ जनाको स्वाब संकलन गरे । उनले हालसम्म ९०० जनाको स्वाब संकलन गरिसकेका छन् । जिल्लामा सबैभन्दा बढीको स्वाब संकलन गर्नेमा सिंह पर्छन् ।

सर्लाहीको मलंगवा–१० का ३१ वर्षीय सिंह विगत ४ वर्षदेखि कपिलवस्तुमा कार्यरत छन् । उनले भने, ‘कृष्णनगर नाकामा भारतबाट आउँदै गर्दा बाटोमै मृत्यु भएका पुरुषको स्वाब संकलनका लागि जान कोही मानेनन् । म तौलिहवाबाट कृष्णनगर गएर स्वाब संकलन गरेको छु ।’

रिपोर्ट आउँदा ती पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । सिंह भन्छन्, ‘म कोभिडको स्वाब संकलन गर्न थालेपछि घर गएको छैन । होटलमा बसेको छु । आफ्नो पीसीआर स्वाब आफैं ४ पटकसम्म ताने, आरडीटी पनि ४ पटक गरे, मलाई संक्रमण देखिएको छैन । सुरक्षित रुपमा आफू जोगिन अरुलाई पनि जोगाउने गरी काम गर्न पनि सकिन्छ ।’ 

तराईको गर्मीमा व्यक्तिगत सुरक्षाका उपकरण (पीपीई) लगाएर काम गर्दा उनी कति ठाउँमा काम गर्दागर्दै ढले तर हिम्मत हारेनन् । उनी देशकै सबैभन्दा बढी कोरोना संक्रमण र जोखिम रहेका ठाउँमा निर्धक्क काम गरिरहेका छन् । उनी भन्छन्, ‘लगाएको बूट पसिनाले भरिन्छ । कपडा पूरै भिजेका हुन्छन् । कति ठाउँमा स्कूलमै काम गर्दागर्दै ढले, एकछिन आराम गरेपछि उठेर स्वाब संकलनलाई निरन्तरता दिए ।’

राज्यले जाँचलाई तीब्रता दिनुपर्ने उनले बताए । स्वाबको रिपोर्ट ढिला आउँदा संक्रमण जोखिम भएका गाउँमा पुगेर पनि जाँच गर्न सकिएको छैन । आरडीटी गर्नुभन्दा पीसीआरमा राज्यले खर्च गर्नुपर्ने उनको सुझाव छ । सबै क्षेत्रबाट पाएको हौसलाले गर्दा आफूले सहज रुपमा काम गर्न सकेको उनले बताए । 
... ...
कपिलवस्तुकै महाराजगञ्ज नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ल्याब असिस्टेन्ट अमरबहादुर पुन पनि स्वाब संकलनमा कोरोना संक्रमणको शुरूआतसँगै खटिए । रुपन्देहीको सैनामैना नगरपालिका–५ घर भएका उनी २०७१ सालदेखि कपिलवस्तुमा कार्यरत छन् । उनी भन्छन्, ‘मलाई कोरोनासँग डर छैन । जनतामा कोरोना संक्रमण हुन नदिने गरी मैले काम गर्नुपर्नेछ । आफू पनि बच्ने र अरुलाई पनि बचाउने मेरो कर्तव्य हो ।’

उनले पनि ६५० भन्दा बढी व्यक्तिको स्वाब संकलन गरिसकेका छन् । ३१ वर्षीय पुनकी पत्नी रोमा गुरुङ पनि स्टाफ नर्स हुन् । उनी अर्घाखाँची जिल्ला अस्पतालमा कार्यरत छिन् । लकडाउनपछि पतिपत्नीको भेटघाट भएको छैन । पुन भन्छन्, ‘काम गर्दै जाँदा भय र त्रास आफैं हटेर गयो । सुरक्षित भएर काम गर्दा आफू पनि बचिन्छ । अरुलाई पनि बचाइन्छ । कपिलवस्तुको ४३ डिग्री तापक्रममा पीपीई लगाएर काम गरेर होटलमा आएर बस्दा कसरी गरिएको होला जस्तो लाग्छ ।’

कोरोनाको क्षेत्रमा स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरेकाले राज्यले योगदानको मूल्यांकन गर्नुपर्ने पुनको भनाइ छ । सरकारले कोरोनाको क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई शतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउने बताए पनि हालसम्म स्वास्थ्यकर्मीले पाउन सकेका छैनन् । 
... ...
लकडाउन भएको पहिलो हप्तामै रुपन्देहीको सैनामैनाका बाबुराम थापा कोरोनाको आशंकामा बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि आए । उपचारकै क्रममा धागो कारखानामै उनको मृत्यु भयो । उनको कोरोनाबाट मुत्यु भएको हो कि अन्य कारणबाट हो भनेर स्वाब लिनुपर्ने अवस्था आयो ।

धेरै स्वास्थ्यकर्मीले थापाको स्वाब लिने आँट गरेनन् । लुम्बिनी प्रादेशिक अस्पतालका ल्याब टेक्निसियन जीवलाल भुसालले सजिलै बाबुराम थापासहित अस्पतालको आइसोलेसनमा बसेका अन्य ६ जना आशंकितको पीसीआर स्वाब लिए तर बाबुरामको रिपोर्ट नेगेटिभ आयो ।

रुपन्देहीमा वैशाख १९ गते कोरोनाको पहिलो संक्रमण देखियो । संक्रमितलाई कोरोना अस्पतालमा ल्याइएको थियो । उनीसहित अन्य संक्रमितको पनि अस्पतालमा निरन्तर स्वाब लिएर भुसालले १०० नमूना लिइसकेका छन् । उनले दिनेश पराजुलीसँग मिलेर काम गरे ।

भुसाल भन्छन्, ‘भनिन्छ, हरेक चुनौतीले अवसरको सिर्जना गर्छ तर चुनौतीलाई अवसरमा परिणत गर्न सक्ने क्षमता भने मानिसमा हुनुपर्छ । त्यहीँ हो यो जोखिमा मैले काम गरेको पनि ।’ जीवलालसँग विभिन्न समयमा महामारीमा काम गरेको अनुभव पनि थियो । ‘मैले दैलेख जिल्लामा अन्य ठाउँमा पनि महामारीमा काम गरेको अनुभव थियो । पेशागत दायित्व निर्वाह गरी चुनौतीपूर्ण काम अवसरका रुपमा लिएर काम गर्नुपर्छ,’ उनले भने ।

भुसाल २०६० सालदेखि स्वास्थ क्षेत्रमा कार्यरत छन् । अहिले कोरोना अस्पतालमा २ टीमले आलोपालो स्वाब संकलन गर्ने गर्छन् । ‘राज्यले क्षमता अनुसार स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्नुपर्छ,’ उनले भने । 

पीसीआरको स्वाब संकलनका लागि ल्याब असिस्टेन्टहरू पीपीई, मास्क, चस्मा, ग्लोभ्स, बूट लगाउँछन् । स्वाब लिनको लागि २ मिटरको प्लास्टिकमा प्याल पारिन्छ । स्वाब दिने व्यक्तिलाई बाहिर विपरीत दिशामा उभ्याइन्छ भने स्वाब संकलन कोठाभित्रबाट ‘स्ट्रिट’ नाकको प्वालको अन्तिम विन्दुसम्म पुर्‍याएर ३ पटक घुमाइन्छ अनि बाहिर तानिन्छ । स्वाब स्ट्रिट भीटीएमभित्र लगेर भाँचिन्छ । त्यसपछि टीसी प्याक गरी जिपलक र भीटीए डब्बामा हालेर बन्द गरिन्छ । त्यसलाई ‘आइसबक्स’मा हालेर प्रयोगशालामा पठाइन्छ ।

‘स्वाब सुरक्षित राख्न २ देखि ८ डिग्रीसम्मको तापक्रम हुनुपर्छ, नत्र राम्रोसँग लिइएको स्वाबको नतिजा पनि गलत सावित हुन सक्छ,’ सिंह भन्छन्, ‘तापक्रम मिलेन भने नतिजा गलत पनि आउनसक्छ । १ जनाको स्वाब लिन १ देखि २ मिनेट लाग्छ ।’

(यो रिपोर्ट फ्रिडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x