×

NMB BANK
NIC ASIA

नागरिकता विधेयक : मधेशको संस्कृति र बेटी–रोटीको सम्बन्धमाथि प्रहार !

असार ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नागरिकता ऐनलाई संशोधन गर्न २ वर्षअगाडि अर्थात् २०७५ साउनमा संसद्मा दर्ता भएको नागरिकता विधेयक पारित गर्न सरकारले हतार गरिरहेको छ । 

Muktinath Bank

आइतवार नै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा यसबारे मतदान गरिँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदीय समितिले निर्णय गर्ने अघिल्लो दिन सरकारको नेतृत्व गरेको दल नेकपाले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा जे निर्णय गरेको छ, त्यसले देशमा नयाँ समस्याको बीजारोपण गरेको छ । 


Advertisment
Nabil box
Kumari

संसदीय समितिले गर्नुपर्ने निर्णयमा सरकार र सरकारको नेतृत्व गरेको राजनीतिक दलले गरेको अतिरिक्त हतारोले पक्कै केही आशंका जन्माएको छ । 

Vianet communication
Laxmi Bank

नेपालमा अन्तरिम संविधानदेखि गणतन्त्रको संविधान र अहिलेसम्म बनेका कानूनमा वैवाहिक अंगीकृत नागरिकताका लागि कुनै समयसीमा तोकिएको थिएन ।

संविधानको धारा ११ को उपधारा उपधारा ६ मा लेखिएको छ,

'नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानूनबमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ ।'

राणाशासनदेखि राजाको शासन हुँदै गणतन्त्रको शासनसम्म नभएको समयसीमा अहिले आएर राखिनु संविधानको मर्मविपरीत भएको मेरो निष्कर्ष छ ।

वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षको समयसीमा राख्ने नेकपाको प्रस्तावले महिलामाथि ठूलो विभेद गरेको छ । 

नेपाल–भारत सम्बन्धलाई हामी बेटी–रोटी या रगतको सम्बन्ध भन्छौँ । प्रदेश १, २ र ५ मा सीमावारिपारि व्यापक मात्रामा बिहेबारी हुन्छ ।

पहाडमा पनि राणादेखि राजासम्म काठमाडौंका ठूला–ठूला घरानियाँको बिहेबारी नेपाल–भारतमा छ । नेपालको पश्चिमी जिल्ला दार्चुलाको उत्तराखण्ड तथा झापाको सिलगढीमा बिहेबारी भइरहेको छ । 

अहिले आएर नागरिकतामा यस्तो निर्णय गरिनु हाम्रो धर्म, संस्कृति, संस्कार, छिमेकसँगको धार्मिक–सांस्कृतिक सम्बन्धमाथिको आक्रमण हो, सोही कारण हाम्रो पार्टी राजपाले नागरिकता विधेयकमा विमति जनाएको हो । 

नेपाल–भारत सम्बन्ध युरोप–अमेरिकासँग दाँजेर हुँदैन, यो हाम्रो प्राचीन सम्बन्ध हो । नेपाल–भारतको मौलिक रिलेसन छ, आर्थिक सामाजिक सबै क्षेत्रमा छ ।

नेपाल–भारत सम्बन्ध भनेको दिल्ली र काठमाडौंको रिलेसन मात्र होइन जनता–जनताबीचको रिलेसन हो । युगौंयुगदेखि चलेको रिलेसन हो, यो धार्मिक, सांस्कृतिक सम्बन्धलाई कसैले तोड्न सक्दैन ।

सरकारले संसद्मा ल्याएको विधेयकको मूल प्रस्तावमा अंगीकृत नागरिकताका लागि कतै समयसीमा तोकिएको थिएन । तर, पार्टीको स्वार्थमा जे निर्णय भयो यसले सिधै महिला र मधेशमाथि विभेद गरेको छ । यस्तो कानून बनाउनेले सोच्नुपर्दैन नेपालको खुला सीमा कसले रक्षा गरेको छ ? 

नागरिकताका लागि ७ वर्षको सीमा तोकिएको छ । नागरिकता नभई महिलालाई अंश–वंशको अधिकार स्थापित हुँदैन । जागिर गर्न मन लाग्यो भने लोकसेवा लड्न पाइँदैन । नेपालमा जहाँ पनि नागरिकता जरुरी पर्छ । 

नेपालका युवा युरोप अमेरिकामा पनि गइरहेका छन्, उनीहरूले बिहेबारी गरेर आउन सक्छन्, नागरिकता पाएनन् भने उनीहरूको कति बिचल्ली हुन्छ ?

हाम्रो संस्कृतिमा बिहेपछि अंश र वंश छाडेर आउँदा, कुल देवता सबैलाई फलो गर्ने गर्छन् । माइती छाडेर घरको फलो गर्छन् । सात वर्ष कुर्दा महिलालाई धेरै गाह्रो हुन्छ ।

एउटी महिला अनागरिक बन्न पुग्छे । अन्तरिम संविधान, अहिलेको संविधान र सरकारले ल्याएको विधेयकको मूल मर्म नै कायम गर्नुपर्छ भनेर हामीले भनिरहेका छौ ।

नेपाली कांग्रेसको पनि माग त्यही छ, समय सीमा नतोकौँ । 

रहस्यमयी हतार किन ?

देश कोरोनाका कारण आक्रान्त छ । नागरिकले हातमुख जोर्न धौ–धौ छ, यो बेला नागरिकता विधेयक पारित गर्नुपर्ने हतारो किन भयो ?

२०७५ सालमा विधेयक दर्ता भएको रहेछ, २ वर्षदेखि समितिमा विचाराधीन छ । कुनै पार्टीसँग छलफल भएको छैन ।

नागरिकताको विषय राष्ट्रिय इश्यु हो, यो विषयलाई मधेशकेन्द्रित दलले मात्र ठेक्का लिएको त छैन । सरकारले सबैलाई समेटेर लैजानुपर्‍यो । कसैसँग नसोधी कसैलाई छलफल नगरी गरिएको छ । 

नागरिकता विधेयकमा अंगीकृत नागरिकताको विषयमा जसरी नेकपाले निर्णय गरेको छ, यो पूरै पूर्वाग्रही हो ।

सरकारले संसद्मा ल्याएको विधेयक पार्टीले निर्णय गर्ने होइन, समितिमा गइसकेको विषय संसद्को सम्पत्ति हो । कुनैपनि देशले आफ्नो नागरिकलाई न्युनतम नागरिक अधिकारबाट वञ्चित गर्न मिल्दैन । 

यो विधेयक नेकपाको बहुमतको बलमा पारित भयो भने यसले अर्को  समस्या निम्त्याउँछ । पार्टीभन्दा पनि जनता आक्रोशित छन्, हरेक घरमा यसले असर पार्नेछ ।

सीमामा तारबार लगाउने कुरा गरेका छन्, त्यहाँको जनताको अवस्था कस्तो छ ? नेपाल–भारत खुला सीमाको सम्बन्ध कस्तो छ ? प्राचीनकालदेखि अप्ठ्यारो भएको छैन भने अहिले अंगीकृत नागरिकतासँग किन डराउनुभएको छ ? देशलाई कसरी खतरा भयो ? राष्ट्रपति, उपराष्ट्रपति, मुख्यमन्त्रीलगायत ११ वटा पोष्टमा नियुक्त नगर्ने भनेर संविधानमै राख्नुभएको छ ।

अंगीकृत नागरिकता लिएका भारतीय छोरीले अहिलेसम्म केही राष्ट्रघात गरेको, देश बेचेको, देशको विरोधमा कतै सन्धि गरेको छ ? यो नेपाल–भारतको वैवाहिक सम्बन्ध र सांस्कृतिक सम्बन्ध हो ।

लोकतन्त्रमा बहुमतको कदर हुन्छ, तर बहुमत हुँदैमा आधा जनसंख्यालाई पेलेर जान मिल्दैन । सबैको भावना, सबैको मुद्दालाई समेट्नुपर्छ, नभए देश आन्दोलित भइरहने छ । सबैलाई समेटेर गयो भने राम्रो हुन्छ ।

कतिपय माननीय सदस्य र बुद्धिजीवीले भारतको छोरी नेपाली पुरुषसँग बिहे गरेर नागरिकता लिने अनि डिभोर्स गरेर जान्छ भन्ने अफवाह फैलाएका छन् ।

कति जना भारतीय छोरी यहाँ आएर डिभोर्स गरेर गएको छ ? कति प्रतिशतले त्यसो गरे ? मैले दावाका साथ भन्छु, नेपाली–नेपालीमा बढी डिभोर्स होला, डिभोर्स पहाडमा होला मधेशमा छैन ।

बरु यसमा रिसर्च गरौं न, सत्य कुरालाई जनताको अगाडि दिऊँ न । बरु नागरिकता दुरुपयोग नहुने कुरामा ध्यान दिऔं, तर वैवाहिक अंगीकृत नागरिकताका लागि सीमा नतोकौँ । ७ वर्षको बार राखेर मधेशको संस्कृति माथि प्रहार हुने काम नगरौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x