विद्यालयमा शुद्ध खानेपानीका लागि महालक्ष्मी बैंकको आर्थिक सहयोग

महालक्ष्मी विकास बैंक सामुदायिक विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका हेटौंडा र टाँडी शाखाले क्रमश. मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा ११ मा अवस्थित आनन्द भैरव आधारभुत विद्यालय र चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि सहयोग गरेका हुन्।


Advertisement

हेटौँडा शाखाले एक लाख ५० हजार र टाँडी शाखाले एक लाख ६५ हजार सहयोग गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


Advertisement

बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बंैकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्रप्रसाद नेपाललाई र टाँडी शाखाका प्रबन्धक श्यामबाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई चेक हस्तान्तरण गरेका थिए।

महालक्ष्मीले १ सय २ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको जनाएको छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्