×

NMB BANK
NIC ASIA

सरकारले देशभरका सबै क्वारेन्टीनमा उस्तै शौचालय बनाउने, ‘फास्टट्र्याक’मा निर्माण

असार १०, २०७७

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

सरकारले देशभरका सबै क्वारेन्टीनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले खानेपानी मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो ।

Sagarmatha Cement
Muktinath Bank

मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टीनमा कति सङ्ख्यामा बनाउनेलगायतका विषयमा छलफल अघि बढाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री विना मगर, सचिव माधव बेल्वासे, खानेपानी तथा सरसफाइ विभागका प्रतिनिधि, खानेपानी मन्त्रालयका सहसचिवलगायतका व्यक्ति सहभागी बैठकले स्थायी र अस्थायी कुन प्रकृतिको शौचालय बनाउन उपयुक्त हुन्छ भनि छलफल गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

कोभिड–१९ को सङ्क्रमणको जोखिम हुँदासम्मका लागि अस्थायी शौचालय बनाउने कि त्यही शौचालय भविष्यसम्म प्रयोग गर्ने गरी स्थायी प्रकृतिको बनाउने भनी छलफल भइरहेको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । उनका अनुसार अधिकांश क्वारेन्टीन विद्यालयमै रहेकाले त्यसलाई भविष्यसम्म प्रयोग गर्ने गरी निर्माण गर्ने एकाथरिको सुझाव छ । 

Vianet communication
Laxmi Bank

त्यस्तै, छिटो निर्माण गरिसक्नुुपर्ने भएकाले अस्थायी नै बनाउने विषयमा पनि छलफल भएको छ । कम लगानीमा र छिटोे हुने भएकाले बोक्न मिल्ने शौचालयका विषयमासमेत सुझाव आएको छ ।  उनले भने, “कुन मोडलमा बनाउँदा उपयुक्त हुन्छ भनि केही दिनमा नै टुङ्गो लगाइनेछ ।”

मन्त्रालयले केही दिनमा नै ‘मोडालिटी’का बारेमा टुङ्गो लगाएर यही महिनामा नै निर्माण गर्ने योजना बनाएको प्रवक्ता शाक्यले बताए । मन्त्रालयले ‘फास्टट्र्याक’ मार्फत निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यस्तै, निर्माणको जिम्मेवारी कुनै कम्पनीलाई दिने कि स्थानीयस्तरमा कार्यरत गैरसरकारी संस्थालाई दिने भन्ने विषय पनि टुङ्गो लगाइनेछ । सबै क्वारेन्टीनमा एकनाशको शौचालय बनाइने सोच छ । 

 कति बजेटसम्मको बनाउने भनी टुङ्गो लगाउन बाँकी छ । खानेपानी तथा सरसफाइ विभागले विभिन्न प्रदेशका निर्देशनालयमार्फत शौचालय निर्माण गर्ने गरी छलफल भइरहेको उनले बताए । क्वारेन्टीनको क्षमताको आधारमा शौचालय निर्माणबारे टुङ्गो लगाइनेछ । महिलाका लागि कति र पुरुषका लागि कति शौचालय आवश्यक छ भनी बैठकले निर्णय गर्नेछ । 

कोभिड–१९ का सम्भावित सङ्क्रमित बसिरहेका क्वारेन्टीनलाई व्यवस्थित बनाउन सरकारले खानेपानी मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको हो । धेरै ठाउँमा रहेका क्वारेन्टीनमा खानेपानी र शौचालयको राम्रो व्यवस्था छैन । क्वारेन्टीनका व्यक्ति सङ्क्रमित पनि हुनसक्ने र उसले प्रयोग गरेको शौचालय धेरैले प्रयोग गर्दा सङ्क्रमण फैलने जोखिम हुन्छ । भारतमा रोजगारीका सिलसिलामा गएका व्यक्ति स्वदेश फर्किएसँगै क्वारेन्टीनमा बस्नेको सङ्ख्या बढिरहेको छ ।

 सोमबार देशभरमा क्वारेन्टीनमा रहेकाको सङ्ख्या ९० हजार ७३० रहेको थियो । यो सङ्ख्या आइतबार ९४ हजार ९२८ जना थियो भने शनिबार मुलुकभरका क्वारेन्टीनमा एक लाख दुई हजार २४५ जना रहेका थिए ।

गत साता राष्ट्रियसभाको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै खानेपानी मन्त्री बीना मगरले मन्त्रालयलाई भर्खर मात्रै क्वारेन्टीनमा खानेपानी र शौचालय, सरसफाइ निर्माणको जिम्मेवारी आएकाले त्यसको कार्यान्वयनमा लागेको  बताएकी थिइन । अहिले आवश्यकतानुसार छिटोभन्दा छिटो कार्यान्वयन गर्न मन्त्रालय अघि बढ्ने उनको भनाइ थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x