×

NMB BANK
NIC ASIA

कांग्रेसले अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित

असार १०, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

कर्णाली प्रदेशसभाका छैटौँ अधिवेशनको २१औँ बैठक स्थगन भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभा अवरुद्ध गरेपछि बैठक स्थगन भएको हो । 

Sagarmatha Cement
Muktinath Bank

 सभामुख राजबहादुर शाहीले २१औँ बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका शीर्षकमाथिको छलफल प्रारम्भ गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ढ्याप्ढ्यापे सङ्केत दिएका थिए।
    
तत्श्चात् सभामुख शाहीले के हो? भनेर प्रश्न गरे। जवाफमा नेता शाहीले आव ०७७÷७८ को वार्षिक विकास कार्यक्रमको किताब आर्थिक मामिला तथा योजना मन्त्रालयले नभई कर्णाली प्रदेश योजना आयोगले प्रकाशन गर्नुपर्ने बताए । विनियोजन विधेयकको मर्म र भावनाविपरीत त्रुटि भएको र अपूर्ण वार्षिक विकास कार्यक्रमको किताब ल्याइएको उनले बताए। 
    
‘आव ०७७÷७८ को वार्षिक विकास कार्यक्रममा प्रदेश सरकारको ‘दीर्घकालीन सोच’ को लक्ष्य, उद्देश्य र रणनीति आर्थिक वृद्धिदरको लक्ष्य उल्लेख गरिएको छैन,’ नेता शाहीले भने, ‘वार्षिक विकास कार्यक्रम भनेर किताब ल्याइँदा पुँजीगत र साधारण खर्च हुनुपर्नेमा त्यो पनि आएको छैन ।’
    
यस्तो अवस्थामा बैठक अगाडि बढ्न नदिने भन्दै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले बैठक अवरुद्ध गरेपछि सभामुख शाहीले असार ११ गते दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरे। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x