×

NMB BANK
NIC ASIA

विदेशबाट फर्केकालाई ‘मेयर रोजगार कार्यक्रम’

असार ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड प्रभावित युवा र बेरोजगारीको समस्या हल गर्न बागलुङको ढोरपाटन नगरपालिकाले ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख देवकुमार नेपालीले रोजगारी सिर्जना गर्दै बेरोजगारको अन्त्यका लागि ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालन गर्न लागिएको बताए । 

Muktinath Bank

कृषि, पर्यटन, साना उद्योग तथा स्वरोजगारमूलक व्यवसायमा जोड दिने नीति नगरले लिएको छ । नागरिक स्तरमा स्वास्थ्यको सहज पहुँचका लागि नगरपालिकाले ‘गाउँगाउँमा नगर स्वास्थ्य कार्यक्रम’ समेत सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगारीपछि स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको छ । विपन्न नागरिकको स्वास्थ्यमा पहुँच पु¥याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बागलुङको बजेट झण्डै एक अर्ब


Advertisment
Nabil box
Kumari

कोरोना प्रभाव र सामाजिक सुरक्षा भत्ता समावेश नगर्दा बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम प्रस्ताव गरेको छ । बुधबार सातौँ नगरसभाको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उप–प्रमुख सुरेन्द्र खड्काले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट रु नौ करोडले घटेको विवरण प्रस्तुत गरे। 

Vianet communication
Laxmi Bank

बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै रु ९५ करोडको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख सुरेन्द्र खड्काले रु ९४ करोड ७७ लाख ८७ हजार ५३५ को बजेट प्रस्तुत गरेका गरेका हुन् । 

शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले बजेटको खर्च भने सामाजिक विकासमा सबैभन्दा धेरै गर्ने अनुमान प्रस्तुत गरेको छ । आर्थिक विकासमा रु पाँच करोड, पूर्वाधार विकासमा रु १८ करोड र सामाजिक विकासका लागि रु ४७ करोड बजेट विनियोजन गरेको उपप्रमुख खड्काले नगरसभामा जानकारी गराए। 

‘पूर्वाधार संरचना बीमा’

काठेखोला गाउँपालिकाले पूर्वाधार विकासका काममा ३५ प्रतिशत संरचना निर्माणको कामलाई ५० प्रतिशत पुर्‍याउँदै संरचनाको बीमा गर्ने कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष अमर थापाले संरचनाको बीमा कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गरे । जिल्लामा पूर्वाधार संरचनाको बीमा गर्ने यो नै पहिलो स्थानीय तह हुनेछ । 

पूर्वाधारको संरचना बीमामा सहभागी हुँदा त्यसको क्षतिपूर्ति दिलाएर पुनःनिर्माणमा सहज हुने भएकाले पूर्वाधार संरचना बीमा कार्यक्रम लागू गर्न थालिएको अध्यक्ष थापाले बताए । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड २० लाखको बजेटसमेत सातौँ गाउँसभामा प्रस्तुत गरेको छ । जिल्लाको बडिगाड गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँ कार्यपालिकाको भवन र सबै वडा कार्यालयका भवन निर्माण गर्ने भएको छ । 

बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै गाउँपालिकाले उत्पादनमा जोड दिँदै पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको हो । आगामी आर्थिक वर्षका लागि बडिगाडले रु ५३ करोड दुई लाख ६९ हजार ७४८ को बजेट ल्याएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पशुविकास कार्यक्रमको लागि समान बजेट विनियोजन गरेको छ । 

ताराखोलाको बजेट ३२ करोड ५४ लाख 

आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ताराखोला गाउँपालिकाले रु ३२ करोड ५४ लाखको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष दिलकुमारी पुनले बुधबार गाउँपालिकामा आयोजित कार्यक्रममा बजेट प्रस्तुत गर्नुभयो । 

‘स्वदेश फर्केका युवा लक्षित कार्यक्रम’

गलकोट नगरपालिकाले कोरोना त्रासका कारण स्वदेश फर्केका युवा लक्षित कार्यक्रमलाई आगामी आर्थिक वर्षको बजेटमा जोड दिने भएको छ । बुधबार सातौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भरत शर्मा गैरेले आगामी आर्थिक वर्षमा राजगारी सिर्जना र स्वरोजगारमूलक कार्यक्रमलाई प्राथमिकतामा राखिने जानकारी गराए। 

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका कार्यक्रममा केन्द्रित नीति तथा कार्यक्रममा २५ श्ययाको अस्पताल बनाउने योजना उल्लेख छ । स्वरोजगारीमा युवालाई जोड्नका लागि सामूहिक सहकारीमा आधारित कृषि, व्यवसाय र सामूहिक कृषि फर्म संरचनाको लागि अनुदान उपलब्ध गराउने भएको छ । एक गाउँ एक बाली कार्यक्रम सञ्चालन, नागरपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ । 

बहुमत सदस्य बाहिरिएपछि गाउँसभा स्थगित

चालु आर्थिक वर्षको केही योजनाको भुक्तानीमा गाउँपालिकाले अवरोध गरेको भन्दै गाउँसभाका सदस्य सभाहलबाट बाहिरिएपछि जिल्लाको तमानखोला गाउँपालिकाको सातौँ गाउँसभा स्थगन भएको छ । गाउँसभामा अध्यक्ष जोकलाल बुढाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि नेपाल कम्युनिष्ट पार्टि (नेकपा) निकट सदस्य सभाहलबाट बाहिरिएका थिए ।

आफू निकट उपभोक्ता समितिले निर्माण गरेका भवन र सडकका योजनामा गाउँपालिकाले भुक्तानी रोकेको भन्दै बहुमत सदस्य बाहिरिएपछि गाउँसभा स्थगन भएको हो । गाउँपालिकाले रित नपुगेको भन्दै त्यस्ता योजनाको भुक्तानी रोकेको जनाएको छ । तीन वटा योजनाको सम्पूर्ण भुक्तानी गाउँपालिकाले रोकेको भन्दै नेकपा तमानखोलाले यसअघि विज्ञप्ति जारी गरेर विरोध जनाएको थियो । 

विपद् व्यवस्थापन कोषमा सवा करोड

बागलुङको निसीखोला गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि रु ३८ करोड १३ लाखको बजेट विनियोजन गरेको छ । बुधबार सातौँ गाउँसभामा उपाध्यक्ष शोभाकुमारी कार्कीले प्रस्तुत गरेको बजेट र गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मत पारित भएको छ । 

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि पूर्वाधार विकास, जडीबुटी, वन पैदावार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा जोड दिएको छ । गाउँपालिकाले बजेटको ‘ब्रेकडाउन’ भने गरेको छैन । कूल बजेटको ५० प्रतिशत पूर्वाधार विकासमा खर्चिने नीति गाउँपालिकाले लिएको छ । सामाजिक विकासमा २० प्रतिशत, आर्थिक विकासमा १५ प्रतिशत, वन तथा वातावरणमा १० प्रतिशत र न्याय तथा सुशासनमा पाँच प्रतिशत बजेट विनियोजन गरिएको छ । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा केन्द्रित बजेटले रु एक करोड १५ लाखको विपद् व्यवस्थापन कोष खडा गरेको छ । कोरोनासँग सम्बन्धित गतिविधि र अन्य विपद्को समेत व्यवस्थापन हुने गरी कोष स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

कृषिउपज बजारीकरणलाई प्राथमिकता

बागलुङको जैमिनी नगरपालिकाले किसानले उत्पादन गरेका कृषिउपजको बजार व्यवस्थापनमा जोड दिएर बजेट विनियोजन गरेको छ । बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगरपालिकाले कृषिमा जोड दिएको हो । नगरले आगामी आर्थिक वर्षका लागि रु ६३ करोड ४२ लाख २० हजार ३३७ को बजेट सार्वजनिक गरेको छ । 

सुन्तला, कागती, कफी, अलैँची र महको बजारीकरणका लागि नगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको छ । किसानलाई तत्कालै नगद आर्जन गर्न सकिने बालीतर्फ आकर्षित गर्ने र बजारको समस्या भए नगरपालिकाले खरिद गरेर बजारीकरण गर्ने उद्देश्यले बजेटको व्यवस्था गरिएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए ।

‘नगरप्रमुख पशुपालन परियोजना’का लागि रु ५४ लाख, ‘नगरप्रमुख कृषि परियोजना’का लागि रु १५ लाख नियमित कृषि कार्यक्रमका लागि रु २० लाख र नियमित पशुपालन कार्यक्रमका लागि रु ११ लाख तथा साझेदारीमा कार्यक्रम सञ्चालनका लागि दश लाखलगायत झण्डै रु दुई करोड  पशुपालन तथा कृषि क्षेत्रमा बजेट विनियोजन गरेको छ । कृषि र पशुपालनबाट स्वरोजगार उत्पादन गर्दै कोभिडको महामारीपछिको आर्थिक विकासमा लागिने नगर उपप्रमुख लिला रानाले बताए ।  तारानाथ आचार्य,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x