×

NMB BANK
NIC ASIA

लकडाउनका बेला पनि निजी विद्यालयको लुट, सरकार भन्छ– स्थानीय तहमा उजुरी गर्नुस् !

असार ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारको निर्देशनको अवज्ञा गर्दै निजी विद्यालयले विद्यार्थीहरूसँग नयाँ शैक्षिक शत्रको शुल्क समेत मागेपछि यसको सवत्र आलोचना भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कतिपय विद्यालयले त यातायात भाडा र खाजा तथा खानाको खर्चसमेत जोडेर बिल पठाएका छन्, जबकि विद्यार्थीहरू विद्यालय जानै पाएका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजी विद्यालयका छाता संगठन प्याब्सन र नेसनल प्याब्सनले आइतवार संयुक्त विज्ञप्ति निकाल्दै नयाँ शैक्षिक शत्रका लागि पनि शुल्क बुझाउन भनेपछि विद्यालयहरूले शुल्कका लागि अभिभावकहरूलाई ताकेता गर्ने क्रम बढेको छ ।


Advertisment
Nabil box
Kumari

प्याब्सन र नेसनल प्याब्सनको विज्ञप्तिमा घरभाडा तिर्न नसकेको, शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन नसकेको जस्ता कारण देखाइएको छ ।

Vianet communication
Laxmi Bank

यता सरकारले भने गत वर्षको फागुनयताको कुनै पनि शुल्क नउठाउन भनेको छ । चैत महिनाको शुल्क नलिन र नयाँ शैक्षिक शत्रका लागि भर्ना लगायतका नाममा कुनै पनि शुल्क नउठाउन सरकारको निर्देशन छ, जबकि चैत महिनाको शुल्क अधिकांश विद्यालयले अन्तिम परीक्षाअघि चैतको पहिलो साता नै उठाइसकेका थिए ।

नेपालमा लकडाउन चैत ११ गतेबाट शुरू भएको थियो ।

छोराछोरी विद्यालय जानै नपाएपनि शुल्कको बिल आएपछि अभिभावकहरू चिन्तित छन् । कोभिड– १९ संक्रमणका कारण घोषित लकडाउनमा अधिकांश अभिभावकको आर्थिक उपार्जनको बाटो आंशिक वा पूर्ण रूपमा बन्द भएको अवस्था छ ।

निजी विद्यालयले आफ्नो विद्यालयमा भर्ना भएका सबै विद्यार्थीका अभिभावकलाई नयाँ शैक्षिक शत्रको बिल तिर्न म्यासेज पठाउन थालिसकेका छन् । विद्यालयको म्यासेज आएपछि अभिभावकहरू समस्यामा परेका छन् ।

अभिभावकका संगठन तथा उपभोक्ता अधिकारकर्मीहरू समेत निजी विद्यालयले अभिभावक तथा विद्यार्थीको ढाड सेक्न खोजेको भन्दै आक्रोशित छन् ।

निजी विद्यालयहरूले संकटका बेला अभिभावकसँग रकम मागेर खुलेआम लुट्न खोजेको उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले बताए ।

लोकान्तरसँग उनले भने, ‘लकडाउनका समयमा निजी विद्यालयले अभिभावकहरूसँग शुल्क उठाएर लुट मच्चाउन लागे ।’ 

कुनै सेवा उपभोग गरेबापत मात्र रकम शुल्क तिर्नुपर्ने भन्दै उनले कोही ‘बहादुर’ मानिस फेला पारे आफू मुद्दा नै लड्ने मनस्थितिमा रहेको बताए ।

उनले थपे, ‘अभिभावक भनेका उपभोक्ता हुन्, सेवा चाहिँ नदिने अनि फी मात्र उठाएर त हुँदैन नि !’    

उपभोक्तामाथिको लुट निन्दाजनक रहेको बानियाँको भनाइ छ ।

नेपाल अभिभावक संघका संयोजक धर्मराज देवकोटा अभिभावकसँग अहिले शुल्क तिर्न सक्ने स्थिति नभएकाले यस समस्यालाई सरकारले हल गर्नुपर्ने बताउँछन् ।

निजी विद्यालयले नयाँ शैक्षिक शत्रका लागि पनि शुल्क उठाएकोमा उनको असन्तुष्टि छ । 

लोकान्तरसँग उनले भने, ‘निजी विद्यालयहरूले अभिभावकसँग पैसा मागेपनि तिर्न सक्ने स्थिति छैन । सरकार र विद्यालयबीच छलफल भएर यस समस्याको हल हुनुपर्छ, हाम्रो भनाइ यही हो ।’

फागुनयताको शुल्क उठाउनु सरकारी निर्देशनविपरीत !

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा कुनैपनि विद्यालयले गत वर्षको फागुनयताको शुल्क उठाउन नपाउने बताउँछन् ।

‘अघिल्लो वर्षको फागुन महिनासम्मको बक्यौता उठाउन पाउने भएपनि त्यसयताको शुल्क उठाउन अधिकार छैन’, उनले भने । 

उनले निर्देशनमा नै स्पष्ट भनिएको बताउँदै निजी विद्यालयहरूले मनलाग्दी गर्न नपाउने बताए ।

सरकारले चैत महिनाको बक्यौता समेत छूट दिन निर्देशन दिएको उनको भनाइ छ । यस्तै नयाँ शैक्षिक शत्रका लागि भर्नाका नाममा स्कूलमा बोलाएर शुल्क नउठाउन भनिएको छ ।

उनका अनुसार, अनलाइन शिक्षाका नाममा स्कूलले छुट्टै प्रारूप बनाउँछ भने स्थानीय तहको स्वीकृति लिनुपर्ने हुन्छ ।

उनले सरकारको आदेशभन्दा बाहिर गएर कुनैपनि काम नगराउन पुनः निजी विद्यालयलाई आग्रह गरेका छन् । 

प्रवक्ता शर्मा अभिभावकले निजी विद्यालयहरूले उठाएको शुल्कमाथि शंका लागेमा स्थानीय सरकारमा उजुरी गर्न मिल्ने बताए । 

‘निजी विद्यालयले अनलाइन सामग्री, पुस्तकलगायतमा शुल्क उठाउन सक्छन् । त्यसबाहेकको विषयमा शुल्क उठाएको पाइएमा उजुरी गर्नुपर्छ । स्थानीय सरकारले आवश्यक अनुसन्धान र कारबाही गर्छ,’ उनले भने ।

सञ्चालक भन्छन्– ‘भाडा तिर्न र तलब खुवाउन समस्या भयो’

यता सांसद समेत रहेका विद्यालय सञ्चालक तेजुलाल चौधरी विद्यालयलाई शिक्षक र कर्मचारी पाल्नुपर्ने दायित्व पनि रहेका कारण शुल्क उठाउनु परेको बताउँछन् । 

लोकान्तरसँग उनले भने, ‘घरभाडा, शिक्षक तथा कर्मचारीको तलब लगायतका कारण विद्यार्थीसँग आवश्यक शुल्क उठाउन भनिएको हो ।’ 

यता प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरी सरकारले आफूहरूको समस्या हल गर्न आनाकानी गरेपछि विद्यार्थीबाट शुल्क लिनु परेको बताउँछन् । 

‘सरकारसँग हामीले केही सहुलियत माग गरेका छौं तर त्यो माग सम्बोधन हुन सकेन । हाम्रा शिक्षक तथा कर्मचारी पनि त बाँच्नुपर्छ । घरभाडा पनि त तिर्नुपर्छ । त्यसकारण शुल्क माग गरिएको हो,’ उनले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x