×

NMB BANK
NIC ASIA

बजेटमा कर छुटका नयाँ प्रावधान, साना व्यवसायीदेखि उद्यमी र किसानसम्मलाई राहत

असार १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलमा कोभिड–१९ को मारमा परेको निजी क्षेत्र तथा व्यवसायीलाई राहत हुनेगरी बजेटमा नयाँ व्यवस्था गरिएको छ । बुटवल उपमहानगरपालिकाले करदातालाई सम्मान र प्रोत्साहन गर्दै आएको बुटवलले आगामी आवका लागि अस्ती प्रस्तुत गरेको बजेटमार्फत निजी क्षेत्रका लागि राहतको व्यवस्था मिलाएको हो ।

Sagarmatha Cement
Muktinath Bank

कोभिड–१९ को महामारीबाट साामाजिक आर्थिक क्षेत्रमा परेको असर न्यूनिकरणका लागि कर राजश्वमा दिने व्यवस्था गरिएको प्रमुख शिवराज सुवेदीले बताए  । उनले निजी क्षेत्र र यहाँका साना–ठूला व्यवसायी सबैलाई राहतको अनुभूति हुनेगरि कर छुट र प्रोत्साहनलगायतका व्यवस्था मिलाइएको बताए  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ रोजगारीका अवसर सिर्जना गर्दै कोभिड–१९ लगायतका महामारी तथा विपदको सामना गर्दै, सामाजिक आर्थिक जनजीवनलाई सुरक्षित एवम् सहज बनाउनेतर्फ उपमहानगर केन्द्रित रहेको र आगामी आवको बजेटमा पनि सोही लक्ष्य लिइएको प्रमुख सुवेदीको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक उपप्रमुख गुमादेवी आचार्यले बुटवलले नयाँ बजेटमार्फत साना व्यवसायी, उद्यमी र किसानसम्मलाई कर छुट दिने व्यवस्था मिलाएको बताए  । उद्योग, व्यवसाय र लगानीमा गिरावट आएको, होटल, यातायातलगायतका कतिपय सेवा, उद्योग व्यवसाय ठप्प प्रायः भएको, सिंगो समाज र अर्थतन्त्र पुनस्र्थापना र राहतको पर्खाईमा रहेको बेलामा राहतको व्यवस्था मिलाउने प्रयास गरिएको उपप्रमुख आचार्यको भनाइ छ ।

Vianet communication
Laxmi Bank

स्वास्थ्य, शिक्षा, कृषि तथा खाद्य सुरक्षालाई जोड दिदै कृषि उत्पादकत्व बढाउने र रोजगारीका अवसर सृजना गरि स्थानीय सेवालाई प्रभावकारी बनाउने, निजी क्षेत्रलाई प्रोत्साहन गर्दै उपभोक्ताका हक हीतका काममा प्रतिबद्ध बनाउनु नै आजको प्रमुख कार्यभार र दायित्व मानेर बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए  ।

यस्ता छन् नयाँ व्यवस्था

उपमहानगरका वित्त व्यस्थापन महाशाखाका प्रमुख वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले बजेटमा गरिएका नयाँ व्यवस्थाले निजी क्षेत्र, साना–ठूला व्यवसायी देखि सामान्य किसान सम्मलाई राहत मिल्ने दाबी गरे  । बुटवल उपमहानगरले निमार्ण गरेका र स्वामित्वमा रहेका व्यवसायिक सपिङ कम्प्लेक्स, पसल घर तथा व्यवसायिक सटरमा व्यवसाय गर्नेका लागि भाडामा एक महिनाको छुट दिनेदेखि विभिन्न शिर्षकमा छरटको व्यवस्था गरिएको छ ।

२०७६ चैत देखिको बक्यौता रकममा लाग्ने सबै जरिवाना छुट दिइएको छ । त्यसैगरी सम्पत्ति, वहालमा लिएको भवन, सटरहरुको म्याद ०७७ असार मसान्तमा सकिनेको हकमा स्वत एक वर्ष अर्थात् २०७८ असार मसान्तसम्मको अवधि थप गरिने भएको छ । बुटवलले यहाँका अरु सबै घरधनीलाई पनि आ–आफ्ना घर, सटरमा पेशा व्यवसाय गरि बसेकालाई भाडामा छुट दिन अनुरोध गर्दै त्यस्ता घरधनीलाई उपमहानगरबाट प्रोत्साहनका कार्यक्रममा समावेश गर्ने बताएको छ ।

यसैगरि घर वहाल कर र व्यवसाय कर सम्बन्धमा बुटवलले कर बुझाउनु पर्ने दायित्व भएका कर दाताहरुले आव २०७७/०७८ को कर रकम २०७७ पुस मसान्तसम्म बुझाएमा लाग्ने करमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । छुट दिने व्यवस्थासहितका नयाँ प्रावधानलाई नगरसभाको अधिवेशनबाट पारित भएसंगै वेभसाइटमा राखिने छ ।

दर्ता हुन बाँकीलाई पनि छुटसहित अवसर

अन्य सरकारी निकायमा दर्ता भएका तर बुटवल उपमहानगरपालिकामा विभिन्न कारणले दर्ता हुन छुट भएका व्यवसायी र उपमहानगरपालिकामा दर्ता भएका करदाताहरुको कर निर्धारण गर्दा आर्थिक वर्ष २०७४/०७५ लाई आधार गरि कर निर्धारण गर्ने र सोभन्दा अगाडिको वक्यौता रकम र जरिवाना सबै छुट दिइने भएको छ । स्थानीय तहमा दर्ता हुनुपर्ने कैयन व्यवसायीलाई यो नयाँ व्यवस्थाले ठूलो राहत मिल्ने छ ।

सम्पत्ती करको प्रावधान फेरियो

यसअघि घर र वरपरको जग्गासमेत सबै एउटै शिर्षकमा कर लिने व्यवस्था थियो । यस्तो व्यवस्थालाई यसपाली देखि बदलिएको छ । सम्पत्ति कर, भूमी कर मालपोत विगतमा घर र जग्गाको एकीकृत रुपमा मूल्यांकन गरि लिइँदै आएकोमा सम्पत्ति करमा पुनरावलोकन गरिएको छ । घर र सो घरले ओगटेको क्षेत्रफल बराबरको जग्गामा मात्र सम्पत्ति कर लिने, सो बाहेकको बाँकी जग्गामा भूमीकर मालपोत मात्र लिने र त्यसमा पनि १५ प्रतिशत छुट दिने नयाँ व्यवस्था भएको छ । यस्तो व्यवस्थाले खासगरी किसानहरुलाई ठूलो राहतको अनुभूति हुने निश्चित छ ।

कति छन् उपमहानगरका व्यवसायिक सटर ?

हाटबजार क्षेत्रको उत्तर–दक्षिणतर्फ, पूर्व–पश्चिमतर्फका सटर, शिल्पकला भवन, हाटबजार माथिल्लो तला, अमरपथ सपिङ कम्प्लेक्स, पुरानो बसपार्क तथा लुम्बिनी बस टर्मिनल परिसरमा गरि एक सय भन्दा धेरै सटरलाई व्यवसायिक प्रयोजनमा लगाएको छ । यी सटरहरुबाट बुटवलले मासिक करिब २० लाख रुपैयाँ भाडा उठाउँदै आएको छ । नयाँ ७२ सटर केही महिनामै उपमहानगरको स्वामित्वमा आउनेछन् । यसका अतिरिक्त बुटवलले बस टर्मिनल परिसरमा बहुउद्देश्यीय बहुतले सपिङ कम्प्लेक्स निर्माण गरिरहेको छ । यहाँ विभिन्न शिर्षकमा व्यवसाय गर्नेहरुको संख्या (दर्ता र नवीकरणका आधारमा) १४ हजार रहेको छ । बुटवलले हरेक वर्ष सम्पत्ती कर, घरजग्गा बहाल कर र व्यवसाय कर बुझाउनेमध्येबाट प्रोत्साहन स्वरुप सम्मान गर्दै आएको छ ।

निजी क्षेत्रद्वारा स्वागत

बुटवल उपमहानगरपालिकाले आगामी आवका लागि दुई अर्ब एक करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । उक्त बजेटमा कर र राजश्वका सम्बन्धमा बजेट मार्फत नयाँ व्यवस्था गरिएको छ । यो निर्णयसंगै बुटवलका विभिन्न ठाउँमा व्यवसाय सञ्चालन गर्दै आएका सटरका व्यवसायी, झण्डै १५ हजार करदाता र समग्र निजी क्षेत्रलाई राहत हुने अपेक्षा गरिएको छ । यसलाई निजी क्षेत्र र व्यवसायीले स्वागत गरेका छन् ।

रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले तीनै तहका सरकारबाट राहतको व्यवस्था हुन जरुरी रहेको बताए  ।

रुपन्देही उद्योग संघका अध्यक्ष तथा युवा उद्यमी बाबुराम बोहोराले उद्योग, व्यवसायका विद्यमान समस्यालाई पहिचान गरेर दीर्घकालीन समाधानको उपाय खोज्न जरुरी रहेको बताए  । बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष हरि अर्यालले बुटवल उपमहानगरपालिकाले राजस्व परामर्श समिति बनाएर, छलफल गर्ने, सुझाव लिने र समन्वय गरेर काम गरेको पाइएको बताउँदै निजी क्षेत्रलाई यो बेलामा राहतको खाँचो रहेकोमा बुटवलले थोरै भएपनि सम्बोधन गरेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x