×

NMB BANK
NIC ASIA

तरकारीमा आत्मनिर्भर

किसानकी छोरीको कौसीखेती : लाखौंको सन्तुष्टि

असार १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कास्कीको पोखरा महानगरपालिका–८ शिवालय मार्गस्थित दुईतले घर । यो घर अन्य घरको तुलनामा फरक छ ।

Sagarmatha Cement
Muktinath Bank

घरको खाली भाग कौसी, छत कतै पनि खाली छोडिएको छैन । मौसम अनुसारका लटरम्म तरकारी फलेका हुन्छन् । यसरी १५ वर्षदेखि चुल्होमा कराई बसालेर कौसीमा तरकारी टिप्ने गृहिणी हुन् – सरस्वती अधिकारी थापा ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महामारी विश्वभर फैलिएको छ । नेपालमा पनि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनले धेरै जनाले घरबाहिर निस्कन पाएनन् । मीठोचोखोभन्दा पनि घरमै भएको अनाज मीठोमसिनो मानेर खाए ।


Advertisment
Nabil box
Kumari

तर सरस्वतीको लागि भने कौसीभरि तरकारी फलिरह्यो । उनी कतै पनि तरकारी किन्न जानु परेन । बरु छिमेकी तथा आफन्तलाई पनि सहयोग गरिन् । उनले लकडाउनमा बाहिर खरिद गरेको भनेको मात्र आधा किलो बन्दा रहेछ, त्यसमा ५० रुपैयाँ खर्चिइन् ।

Vianet communication
Laxmi Bank

कौसीखेतीबाट पोखराभर परिचित सामाजिक अभियन्ता सरस्वतीको परिचय यत्तिमै सीमित छैन । समाजशास्त्रमा स्नातकोत्तर उनी स्टाफ नर्स हुन् । तनहुँको रम्घाकी सरस्वतीको विष्णुबहादुर थापासँग बिहे भयो । परिवारमा २ जुम्ल्याहा छोरीहरू इरा र इला छन् । तीमध्ये जेठी इरा चार्टर्ड एकाउन्टेन्ट (सीए) पूरा गर्दै छिन् भने कान्छीले एमबीबीएस उत्तीर्ण गरी तनहुँको दुलेगौंडा हेल्थ पोस्ट इन्चार्ज सम्हालेकी छन् । पति विष्णुबहादुर नेपाल राष्ट्र बैंकका रिटायर्ड हुन् । शिवालय मार्गको घरमा विजयपुर मेडिकल निरन्तर सञ्चालित छ । पति र छोरीले पनि बेलाबेलामा सरस्वतीलाई काममा सघाउँछन् ।

परिवारका यी ४ जना सदस्यको हरेक छाकमा कौसीकै तरकारी पाक्छ । ‘म किसान परिवारकी छोरी हुँ । किसानीकै रगत छ,’ कौसीखेतीमा आकर्षित हुनुको तथ्य खुलाउँदै सरस्वतीले लोकान्तरसँग भनिन्, ‘स्वास्थ्यकर्मी समेत भएकीले स्वास्थ्यप्रति सचेत छु । यो घर २०६२ सालमा बनेदेखि कौसीखेती थालेकी हुँ । बजारीया विषादी तरकारी खानुको सट्टा अर्गानिकको कुरै बेग्लै ।’

कुराकानीकै क्रममा उनले कौसी र छतभरि फलेका विभिन्न जातका तरकारी देखाइन् । उनले भनिन्, ‘देखिहाल्नु भो नि, यहाँ २०/२५ प्रकारका तरकारी छन् । काउली, बोडी, घिरौंला, करेला, टमाटर, घीउ सिमी, कर्कलो, अदुवा, भान्टा, रामतोरिया, फर्सीको मुन्टा, खुर्सानी (३ जातका), साग (३ जातका), प्याज, लसुन, धनियाँ, कागती, अम्बा, कुरिलो, आँप, लहरेआँप, स्ट्रवेरी लगायत जातका तरकारी र फलफूल छन् ।’

सिजन अनुसार उनले फलाएका तरकारी तथा फलफूलहरू घरपरिवारलाई पर्याप्त हुन्छ । आफन्त, चिनेजानेकालाई पनि उनले बेलाबेलामा उपहारस्वरुप तरकारी दिन्छिन् ।

मिहिनती सरस्वतीको कौसीखेती हेर्न छिमेकी मात्र हैन, टाढा–टाढाबाट मानिसहरू आउँछन् । यहाँ आउनेले आफ्नो घरमा पनि यस्तै तरकारी फलाउने योजना बुनेर फर्किन्छन् । सरस्वतीले भनिन्, ‘यहाँको कौसीखेती हेरेर फर्किनेहरूको लागि प्रेरणा बनेको छ । कतिपयले आफ्नो घरको खाली ठाउँ सदुपयोग गर्दै अब म पनि यस्तै गर्छु भन्नुहुन्छ ।’

आफूले जानेको सीप अरुलाई पनि सिकाउन लालायित हुन्छिन् उनी । ‘गर्दा गर्दै जानियो,’ उनी भन्छिन्, ‘जानेको सीप सिकाउँदा रमाइलै हुन्छ ।’ गरे के हुँदो रहेनछ भन्ने उदाहरण उनी आफैं हुन् ।

उनी कृषि सञ्जाल पोखरा–८ की संयोजक समेत हुन् । पोखरा–८ को सहयोगमा सञ्जालले वडाका ११ वटा समूहलाई बेलाबेलामा तालिम दिँदै आएको छ । हालसम्म ६०० जनालाई तालिम दिइसकिएको छ । अहिले लकडाउनमा भने सो कार्य रोकियो तर बिस्तारै निरन्तरता दिइने वडाध्यक्ष रुद्रनाथ बरालले बताए ।

वडाले एक घर एक कागतीको अभियान समेत सञ्चालन गरेको छ । कौसीमै फलाउन सकिने भएकाले हाल वडामा ५०० कागती हुर्किरहेका उनले बताए । वडाले बीउबिजन उपलब्ध गराउन सहजीकरण गरेको छ ।

कृषि सञ्जालले प्रदान गर्ने २ दिने तालिममा कौसीखेतीको परिचय र यसको महत्त्वबारे सिकाइन्छ । यसमा आकर्षित हुन चाहनेहरूको लागि बिरुवा उत्पादन, मल बनाउने तरिका सिकाउनुका साथै कौसीखेतीको लागि ठाउँको सदुपयोग कसरी हुन्छ भन्नेबारे विस्तृत जानकारी दिइन्छ । तालिम लिएकामध्ये केहीले आफूले जानेको सीप सदुपयोग गर्दै घरमा कौसीखेती थालेका छन् ।

पोखरा–८ का धेरैजसो घरमा धेरथोर कौसीखेती गरिएको छ । लकडाउनको समयमा पनि धेरै जनाले आफूलाई फोन गरेर यसको विधिबारे जिज्ञासा राखेको सरस्वतीले बताइन् ।

वडास्तरमा मात्र सीमित तालिम अब पोखरा महानगरपालिकाले कार्यक्रम बनाएरै ३३ वटै वडामा विस्तार गर्नुपर्ने सरस्वतीको सुझाव छ । ‘कोरोना महामारीले अबको दिनमा आर्थिक संकट लाग्ने देखिन्छ । यसको भरपर्दो उपाय भनेकै कृषिमा आत्मनिर्भर हुनु हो । कुल गार्हस्थ उत्पादनमा समेत टेवा पुग्ने छ,’ उनले भनिन् ।

लामो समयदेखि गाउँका खेतबारी बाँझै रहन गएका थिए । कोरोना महामारीका कारण विदेशबाट स्वदेश फर्किएका युवा जनशक्ति अब तिनै बाँझो जमिनमा कुटोकोदालो चलाउन थालेका छन् । ‘बजार कंक्रिट शहरले बाक्लिदै जाँदा खेतीयोग्य जमिन नासिँदै गयो, यसको एकमात्र विकल्प अब कौसीखेती नै हो,’ उनले भनिन् ।

बढ्दो शहरीकरणसँगै खेतीयोग्य जमिन नासिँदै जानु, मानिसमा कृषितर्फ आकर्षण कम हुनु तथा परनिर्भर बन्ने प्रवृत्ति बढ्दै जाँदा कौसीखेतीले तरकारीको जोहो सजिलै गर्न सकिने उनले बताइन् । आफ्नो ४ सदस्यीय परिवारलाई पसलमा तरकारी किन्नु परे मासिक १० हजार रुपैयाँ खर्च हुनेमा वार्षिक १ लाख रुपैयाँ बढी जोगिने गरेको छ । उनी भन्छिन्, ‘कौसीखेती एक भए पनि यसबाट लाखौैंको सन्तुष्टि मिल्दो रहेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x