×

NMB BANK
NIC ASIA

‘मेरो गणना, मेरो सहभागिता’

असार १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय जनगणना २०७८ को पूर्वतयारी अन्तर्गत मकवानपुरमा ‘नमुना  जनगणना’ शुरु भएको छ । गत चैतमा सम्पन्न हुनुपर्ने सो काम  कोभिड–१९ का कारण जारी लकडाउनले गर्दा तीनमहिना ढिलो गरी अहिले शुरु गरिएको यहाँस्थित तथ्याङ्क विभागका तथ्याङ्क अधिकृत राजेश दासले जानकारी दिए ।

Muktinath Bank

सो कार्यका लागि भौतिक दूरी कायम गरी कर्मचारी, गणक र सुपरीवेक्षक खटाइएको उहाँको भनाइ छ । राष्ट्रिय जनगणनाको एक वर्ष अघि नमुना जनगणना गर्ने प्रचलनअनुसार जनगणना गरिएको उनलेबताए । आगामी जेठ २५ गतेबाट ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित राष्ट्रिय जनगणना गणना गरी अगामी असार ८ गते सम्पन्न गरिने उनलेजानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँका अनुसार अघिल्ला जनगणनामा लगत–१ र लगत–२ गरी दुईखाले प्रश्नावली फरक ढङ्गले सोधिएको थियो । तर, अहिले तीदुवै मिलाएर एकीकृत प्रश्नावली निर्माण गरिएको छ । एकीकृत प्रश्नावलीका आधारमा पूर्ण जनगणना गर्नु पर्ने भएकाले नमुना गणना अनिवार्य गरिएको हो । “पूर्वनिर्धारित तालिकाअनुसार छनौट गरिएका क्षेत्रमा नमुना (पाइलट) जनगणनाका निम्ति जनशक्ति खटाइसकेका छौँ ।”उनले भने ।


Advertisment
Nabil box
Kumari

उहाँका अनुसार सो गणनामा खटिएका जनशक्तिलाई स्यानिटाइजर, मास्कर र पञ्जा पर्याप्त मात्रा उपलब्ध गराइएको छ । उनीहरूलाई उत्तरदाताको घरभित्र नपस्न, खुला ठाउँमा रहेर प्रश्नावली भर्र्न, अन्य स्थानका कुनै पनि सामान नछुन, अनावश्यक गफ नगर्न निर्देशन दिइएको छ ।

Vianet communication
Laxmi Bank

यस जिल्लाको नमुना गणनामा संलग्न जनशक्ति मध्ये सुपरीवेक्षक एक, गणक चार जनालगायत कार्यालयका कर्मचारी खटिएका छन् ।  जिल्ला अन्र्तगत छनौटमा परेका चार वटा गणना क्षेत्रको घरपरिवार सूचीकरण फारामअनुसार कूल घरसङ्ख्या ६३८ र कूल घरपरिवार सङ्ख्या ८६७ को पूर्णजनगणना भइरहेको छ । शुक्रबारसम्म १२ दिनको अवधिमा ५४३ घरपरिवारको जनगणना भएको उनलेजानकारी दिए ।

सो कार्यका लागि हेटौंडा उप–महानगरपालिकाको गणना क्षेत्रमा दुई वटा ट्याबलेट प्रयोग गरिएको छ भने इन्द्रसरोवर गाउँपालिका र थाहानगरपालिकामा छापा प्रश्नावलीमा लिखित रूपमा विवरण भरिने कार्य भइरहेको छ । सो गणना यही असार १५ गतेभित्र सकिने विभागीय निर्देशन भएतापनि अविरल वर्षा, पहाडी भेगमा गएको पहिरो र बाटो निर्माणलगायतका कार्यले बाटो अवरुद्घभएकोे कारण बढीमा तीन दिनसम्म ढिलो हुनसक्ने विभागका कर्मचारी राजकुमार विकले बताए ।

सोधिने प्रश्नावलीलाई ‘ए’ र ‘बी’ गरी दुई खण्डमा समेटिएका छन् । परिचयात्मक खण्डमा प्रदेश, जिल्ला, गाउँपालिका÷नगरपालिका, वडा, गाउँ÷बस्ती÷टोल, परिवारमूलीको नाम÷थर र सम्पर्क टेलिफोन नम्बर उल्लेख गरिएको छ । परिवारका सदस्यको सङ्ख्या, अक्सर बसोवास गर्ने (६ महिनाभन्दा बढी बस्ने), अनुपस्थित (स्वदेश वाविदेशमा) रहेको सदस्यसमेत उल्लेख हुनेछ ।

पारिवारिक खण्डमा परिवारले प्रयोग गरेको घरको स्वामित्व, घरको जग, बाहिरी गारो, छानाका किसिम, घरको भुइँ, खानेपानीको मुख्य स्रोत सोधिने छ । त्यसैगरी परिवारमा खाना पकाउन प्रयोग हुने इन्धन, बत्तीको स्रोत, चर्पी, महिलाको नाममा रहेको घररजग्गा, कृषिबाहेक कुनमुख्य साना घरेलु व्यवसाय र त्यसको सञ्चालक उल्लेख गरिने छ ।

घरायसी सुविधा तथा साधन अन्तर्गत टेलिभिजन, इन्टरनेट, मोबाइल, ल्यान्डलाइन टेलिफोन, कम्प्युटर, ल्यापटप, साइकल, मोटरसाइकल, गाडी,  रेफ्रिजेरेटर, वासिङमेसिन, माइक्रोवेभ ओभन पर्दछन् । त्यसैगरी प्रत्येक परिवारले पालेको पशु र पंक्षी, घरेलु व्यवसायलगायतको लगत लिइने छ ।

त्यसैगरी बितेको १२ महिनामा कुनै परिवारको सदस्यको मृत्यु भएमा मृत्युको कारणसहित खुलाउने व्यवस्था प्रश्नावलीमा छ । मृतक १५ देखि ४९ वर्षको महिलाभए मृत्यु हुँदाको अवस्था समेत उल्लेख हुनुपर्नेछ ।

व्यक्तिगत विवरण अन्तर्गत परिवारमा अक्सर बसोवास गर्ने व्यक्तिको नाम र थर, परिवार मूलीको नाता, लिंग, जन्ममिति, जात–जाति, पहिलो भाषा (मातृभाषा), दोस्रो भाषा र पुर्खाको भाषा, धर्म, वैवाहिक स्थिति उल्लेख हुनेछ । त्यसैगरी शैक्षिक विवरण, पढाइको क्षेत्र, बसाइँसराई, प्रजनन, अपाङ्गतासम्बन्धी विवरण समेटिनेछ ।

नेपालमा १९६८ साल (सन् १९११) मा पहिलो राष्ट्रिय जनगणना भएको थियो ।  प्रत्येक दश–दशवर्षमा जनगणना हुँदै आएको छ । पछिल्लो पटक सम्पन्न राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कअनुसार देशको कूल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ । अब हुने १२ औं जनगणना हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x