×

NMB BANK
NIC ASIA

साँफे–मार्तडी सडक जोखिममा

असार १३, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

लगातार वर्षाका कारण साँफे–मार्तडी सडकखण्ड पहिराको उच्च जोखिम देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

वर्षात् शुरू भएसँगै ताँप्रीसेरादेखि मार्तडीसम्मका दर्जनौं स्थानमा सडकको दायाँबायाँ पहिरो खस्न थालेको छ भने आवतजावत समेत रोकिने सम्भावना बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले केही दिनदेखि लगातार परेको वर्षात्का कारण दर्जनौं स्थानमा माथिबाट पहिरो बग्न थालेको छ । द्वारी क्षेत्रमा तलबाट बूढीगंगा नदीको कटानसँगै अम्कोट गाउँतर्फ पहिरो बग्न थालेको छ । पानीनाउलामा लगातार माथिबाट पहिरोकै कारण सडक हिलाम्य बन्नाका साथै अवरुद्ध बन्न थालेको छ । हिलाम्य सडकमा सवारीसाधन गुडाउन समस्यासँगै माथिबाट ढुंगा खस्ने समेत डर देखिएको ट्रयाक्टर चालक डबल नाथले बताए ।


Advertisment
Nabil box
Kumari

निर्माण भएको वर्षदेखि नै पहिराले सडकलाई क्षति पुर्‍याउने गरेको छ । भिरालो र पाखो जमिन भएकै कारण निर्माण सम्पन्न भएको ५ वर्षसम्म नियमित पहिरो खस्ने र जोखिम हुने प्राविधिकले बताए पनि लगातार एकै स्थानमा पहिरो थपिँदै गएका कारण थप जटिलता भएको सरोकार भएकाहरूको भनाइ छ ।

Vianet communication
Laxmi Bank

अम्कोट, द्वारी र  मलाती क्षेत्रमा सडक चल्ने निश्चित नै छैन । अहिले एकतर्फ मात्र सवारीसाधन चल्ने गरी बाटो बाँकी रहेको छ । त्रिवेणी नगरपालिकाबाट पंैमाको पहिराले बूढीगंगा नदीलाई अम्कोट क्षेत्रतिर धकेलिरहेको छ भने नदीले सडकसँगै बस्ती समेत पहिरासँगै कटान गर्ने अवस्था नरोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोका कारण नदी दिनानुदिन थुनिँदै गएको छ । त्यसले बाजुराको तल्लो क्षेत्रसँंगै अछामका नदी किनारामा रहेका बस्तीलाई समेत समस्या सिर्जना गरेको छ ।

साँफे–मार्तडी सडकको वैकल्पिक बाटो नखोजिए सदरमुकाम मार्तडीसम्म पनि सवारी साधन सञ्चालनमा समस्या आउने देखिएको छ । द्वारी र  बल्दे क्षेत्रको करीब १ किलोमिटर बाटो पूरै पहिरासँगै नदीमा मिसिने अवस्थामा आइपुगेको छ ।

अघिल्लो वर्षाद्मा नै सडक बगाएर क्षति पुगेपछि घरलाई नै भत्काई सडक बनाइएको थियो । हिउँदमा कुनै पहल नगरिँदा र वर्षात्मा मात्र विकल्प खोज्ने प्रवृत्तिले अमकोट बस्तीका सर्वसाधारणले यस वर्ष पनि निकै दुःख पाउने अमकोटका नवराज पाध्यायले गुनासो गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x