×

NMB BANK
NIC ASIA

नीतिगत सुधार भए निर्माण क्षेत्रमा उल्लेख्य रोजगारी दिन सकिने निर्माण व्यवसायीको ठहर

असार १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले आन्तरिक रुपमा वातावरण बनाइदिएको खण्डमा नेपालको निर्माण क्षेत्रमा नै उल्लेख्य रोजगारी दिन सकिने नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

महासंघका अनुसार लकडाउनपूर्व निर्माण क्षेत्रमा १५ लाख बराबरले काम गरिरहेका थिए । त्यसमा नेपाली कामदारको संख्या १० लाख र बाँकी भारतीय मजदुर थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाले धेरैजसो भौतिक निर्माणका काम बन्दप्रायः भएपनि केही आयोजनाको काम भने भइरहेको छ । सरकारले देशभित्रै केही तालिम तथा क्षमता विकासको क्षेत्रमा काम गरिदिए निर्माण क्षेत्रमा ३० लाखलाई सहजै रुपमा रोजगारी दिन सकिने महासंघका अध्यक्ष रवि सिंह बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘सुशासनको प्रत्याभूति, खरिद ऐनको व्यावहारिक व्यवस्था गरिए ३० लाख रोजगारी सिर्जना गर्न सकिन्छ । त्यसका लागि आयोजना छनोटमा विशेष ध्यान दिनुपर्छ । यस्तै नेपाली निर्माण कम्पनीलाई मर्जरको ढोका खोलिदिनुपर्छ,’ उनले भने ।     कोरोनाले स्वदेश फर्किएकालाई क्षमता विकासको क्षेत्रमा केही लगानी गर्न सकिए उनीहरूलाई काम दिन सकिने अध्यक्ष सिंहको भनाइ छ ।

Vianet communication
Laxmi Bank

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको श्रव्य दृश्य अन्तरक्रियामा अध्यक्ष सिंहले कोरोनाले भारत फर्किएका मजदुर नेपाल आउन नसक्ने भएकाले उनीहरूको स्थानमा तत्कालै ५ लाखलाई रोजगारी दिन सकिने बताए ।

सरकारले भौतिक पूर्वाधारको क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको र सोही अनुसारको काम गरिरहेको सन्दर्भमा दक्ष श्रमिकको माग बढ्दै गएको छ । सडक, जलविद्युत्, घर तथा आवास निर्माण, तथा अन्य भौतिक निर्माणमा अदक्षदेखि दक्ष श्रमिकको ठूलो माग छ । विशेषगरी खाडी क्षेत्रमा पुगेका अदक्ष श्रमिकले कमाउने भन्दा राम्रो कमाई देशभित्रै हुन सक्ने भएकाले सरकारले क्षमता विकासमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । 

कृषि पछिको रोजगारी दिने प्रमुख क्षेत्र पूर्वाधार नै भएको उल्लेख गर्दै उनले कोरोनाका कारण यस वर्षको प्रमुख निर्माण अवधिमा नै काम गर्न नपाएको गुनासो गरे ।

देशभर करीब १७ हजार निर्माण कम्पनी कार्यरत रहेको जानकारी दिँदै उनले सीप र प्रविधि सिकेर विदेशबाट फर्किएका कामदारलाई रोजगारी दिन कुनै समस्या नरहेको उनको भनाइ थियो । ‘कोभिडले भारतीय मजदुर फर्केकोले उनीहरू आउने अवस्था छैन । त्यसलाई हामीले अवसरको रुपमा लिनुपर्छ । अन्य पेशाबाट विस्थापित भएकालाई पनि हामी काम दिन सक्छौं,’ अध्यक्ष सिंहले भने ।  

निर्माण क्षेत्रमा भएका निर्माण कम्पनीले मात्रै ‘होल्ड’ गरेको भन्दै उनले सार्वजनिक खरिद ऐनको व्यावहारिक संशोधन गरिए नेपालको भौतिक पूर्वाधारले एकाध वर्षमा नै ठूलो फड्को मार्ने बताए । उनले स्थानीय तहमा नै ५ करोड रुपैयाँ बराबरको कामलाई स्थानीय कामदारलाई नै काम दिने वातावरण बनाउन सरकारलाई सुझाव दिए । ‘कोरोनाका कारण जिल्ला र गाउँमा फर्केका दाजुभाइलाई त्यही नै ५ करोड रुपैयाँसम्मको काम स्थानीय स्तरमा नै प्रतिस्पर्धा गर्ने, जिल्लाभित्रै काम गर्ने वातावरण बनोस्,’ उनले भने, ‘कोभिडले एक स्थानबाट अर्को स्थानमा जाने अवस्था छैन । अब स्थानीय तहले वा जिल्लाले पनि यसमा ध्यान दिनुपर्छ ।’

‘यस विषयमा सरकारले विशेष सार्वजनिक खरीद ऐनमा, प्रतिस्पर्धा गर्ने वातावरण होस्, हामीलाई मागिने १ अर्ब रुपैयाँको काम गर्नलाई ८० प्रतिशत बराबरको अनुभव खोजिन्छ । चालू आवमा निर्माण क्षेत्रमा सरकारी र निजी गरी कूल ८ खर्ब रुपैयाँ बराबरको काम भएपनि कोरोनाका कारण ३ खर्बमा नै सीमित छ,’ उनले भने ।

कोरोना कारण सरकारको पूँजीगत खर्च समेत असाध्यै कम भएको भन्दै अध्यक्ष सिंहले निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि सरकारले खुला हृदयले काम गर्नुपर्ने बताए । उनले गत आवमा पूँजीगत खर्च ७० प्रतिशतको हाराहारीमा भएको भएपनि यस वर्ष ४० प्रतिशतको हाराहारीमा मात्रै हुने सम्भवना रहेकोले आगामी आवको शुरूवातीदेखि नै काम गर्ने सहज वातावरण बनाइदिन सरकारको ध्यानाकर्षण गराए ।

विगतमा नेपाली कम्पनीले काम गर्ने मौका नपाएका भएपनि पछिल्ला दिनमा नेपाली निर्माण कम्पनी नै सक्षम हुँदै आएको तथ्य पेश गर्दै १ अर्ब माथिका काममा विदेशी ल्याउनुपर्ने प्रावधानलाई ३ अर्ब माथि पुर्‍याउन समेत सिंहले सुझाव दिए । नेपालको निर्माण क्षेत्रको सबैभन्दा ठूलो समस्याका रुपमा नदीजन्य सामग्रीको उत्खनन् नै रहेको भन्दै अध्यक्ष सिंहले तस्करीको शैलीमा सामग्री ल्याउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

‘के कति ल्याउने, कर के कति तिर्ने स्पष्ट व्यवस्था हुनुपर्छ । डण्डी सिमेन्ट ढुवानी गरे जसरी सामग्री ढुवानीको वातावरण बनाउनुपर्छ । नदी तथा खानीजन्य निर्माण सामग्री सहज रुपमा प्रयोग गर्ने अवस्था आउनुपर्छ,’ उनले भने । पूर्वाधार क्षेत्रलाई पुनः पूरानै लयमा फर्काउनका लागि बैंक तथा वित्तीय संस्थाले व्याजमा सहुलियत दिनुपर्ने, व्याज तिर्ने समय सीमा बढाउनुपर्ने महासंघको भनाइ छ । 

अध्यक्ष सिंहले भने, ‘सरकारले हाम्रो ५ प्रतिशत नगद ‘रिटेन्सन’ गरिएको छ । त्यो रकम मात्रै २५ अर्ब रुपैयाँ बढी छ । सरकारी कोषमा त्यो रकम निष्क्रिय रहेको छ । त्यसलाई परिचालन गर्न सकिन्छ ।’ नेपाली निर्माण व्यवसायीको क्षमता विकास गर्न निर्माण कम्पनीहरू एकआपसमा गाभिन पनि दिनुपर्ने उल्लेख गर्दै उनले त्यसबाट आर्थिक, प्राविधिक रुपमा समेत बलियो हुने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x