लद्दाखमा गयो दुई भारतीय सैनिकको ज्यान

लद्दाखमा भारतीय सेनाका दुई जवानको ज्यान गएको छ । श्योक नदीमा डुबेर उनीहरूको मृत्यु भएको हो । 

दुई जवानको नाम नायक सचिन मोरे र लान्स नायक सलीम खान हो । 


Advertisement

पुलमा निर्माण कार्य चलिरहेको बेलामा उनीहरू श्योक नदीमा डुबेका थिए । 

केही दिनअघि मात्र लद्दाखमा चिनियाँ सैनिकसँगको भिडन्तमा भारतका २० सैनिकको मृत्यु भएको थियो ।


Advertisement

चीनसँगको सम्भावित झडपको स्थितिका कारण भारतले लद्दाखमा सञ्चार प्रणाली बलियो बनाउन खोजिरहेको छ ।
 

त्यसअन्तर्गत लद्दाखका सबै गाउँमा आधुनिक सञ्चार प्रणाली जडान गरिनेछन् । लद्दाखमा गलवान उपत्यका र चुशुल जस्ता क्षेत्रमा फोन टर्मिनल राख्ने काम भइरहेको छ । 

भारतले वास्तविक नियन्त्रण रेखामा एयर डिफेन्स मिसाइल सिस्टम पनि तैनाथ गरेको छ ।

भारतीय वायुसेनाले चिनियाँ लडाकू विमान र हेलिकप्टरको मुभमेन्ट रोक्नका लागि एयर डिफेन्स मिसाइल तैनाथ गरेको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्