वडा सचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिद्धार्थनगर नगरपालिका– ६ का वडासचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

राजस्व छली गरेको अभियोग आयोगका अनुसार २० फुटे कच्ची बाटोसँग जोडिएको जग्गामा बाटो नभएको भनी गलत सिफारिशका आधारमा राजस्व छली गरेको अनुसन्धानबाट खुलेको छ । आयोगले नेपाल सरकारलाई प्राप्त हुने  दुई लाख ७१ हजार ४२६ बराबरको भ्रष्टाचार गरेको जनाएको छ । 


Advertisement

आयोगले वडा सचिव शिवनारायण मुखियाविरुद्ध दुई लाख ७१ हजार ४२६, जग्गा बिक्रीकर्ता रुपेन्द्र यादव एक लाख ५४ हजार १८८, जग्गा खरिदकर्ता सागर थापा र राम क्षेत्रीविरुद्ध एक लाख १७ हजार २२८ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । 

उनीहरुलाई बिगोअनुसारको कारवाहीको माग गर्दै आइतबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी  दिए।


Advertisement

–––

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्