×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा भारतीय मिडियाको प्रतिक्रिया– भारतमाथि झुटो आरोप !

असार १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध भारत र नेपालका केही नेताहरू लागेको बताएपनि भारतीय मिडियाहरूले यसलाई प्राथमिकताका साथ खबर लेखेका छन् । 

Muktinath Bank

आइतवार मदन भण्डारी स्मृति दिवसको अवसरमा बोल्दै उनले सरकार ढलाउन चलखेल शुरू भएको बताएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय मिडिया न्यूज एबीपीले नेपालका प्रधानमन्त्रीको ठूलो आरोप, भारत गरिरहेको छ पदबाट हटाउने षड्यन्त्र शीर्षकमा समाचार लेखेको छ । समाचारमा भनिएको छ, नेपालका प्रधानमन्त्री ओलीले भारतले उनलाई प्रधानमन्त्री पदबाट हटाउने शड्यन्त्र गरिरहेको  आरोप लगाएका छन् । 


Advertisment
Nabil box
Kumari


नेपालले आफ्नो भूभाग फिर्ता ल्याउन संविधान संशोधन नै गरेपछि भारतले आफूविरुघद्ध षड्यन्त्र गर्न थालेको प्रधानमन्त्रीको भनाइ भएको खबरमा लेखिएको छ । यसबारे भारत सरकारको भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको उल्लेख छ । 

Vianet communication
Laxmi Bank

यस्तै भारतीय मिडिया द हिन्दुले प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई पतन गर्न भारतमा विभिन्न बैठकहरू बसेको आरोप लगाएको भन्दै समाचार लेखेको छ । 
प्रधानमन्त्री ओलीले संसदमा सरकारले बहुमत पाउने र नेपालले भूभाग फिर्ता ल्याएरै छाड्ने दावीलाई महत्वका साथ लेखेको छ । 
उसले समाचारमा भनेको छ, प्रधानमन्त्री ओलीले सरकार र नेपालका विरुद्ध भारतमा विभिन्न संगठनहरू बैठक बसिरहेको दिल्लीबाट  आएको समाचारले पुष्टि गर्ने बताएका छन् । 

जी न्यूजले नेपालको प्रधानमन्त्रीलाई कुर्सीको चिन्ता भन्दै समाचार लेखेको छ । उसले ओलीको भारत विरोधी वक्तव्यले नेपालकै जनता भड्किएको आरोप लगाएको छ । उसले ओली सरकारप्रति नेपालकै सांसदहरूको असन्तुष्टि रहेको दावी गरेको छ ।  

उसले ओलीले आफ्नो सत्ता गिर्ने डर भएपछि भारत विरोधी कार्ड फ्याकेर नेपाली जनतालाई खुशी बनाउन खोजेको आरोप लगाएको छ । 

नवभारत टाइम्सले नेपाली पीएम ओलीका नयाँ बबाल, इशारामा बोले भन्ने शीर्षकमा समाचार छापेको छ । उसले नेपालका प्रधानमन्त्री ओलीको कुर्सी निरन्तर खतरामा रहेको आरोप लगाएको छ । नेकपामा आएको आन्तरिक विवाद र देशमा सरकार विरोधी गतिविधि बढेपछि ओलीले ध्यान भट्काउन उग्र राष्ट्रवादको प्रयोग गरिरहेको उसले दावी गरेको छ ।


उसले ओलीको पार्टीमा प्रचण्ड तूफान भन्ने सबटाइटलमा ओलीको पार्टी फूटको स्थितीमा पुगेको बताएको छ । उसले प्रचण्डले ओलीको राजीनामा मागेको र राजीनामा नदिए पार्टी फूटाउने चेतावनी दिएको भन्दै झुटो आरोप समेत लगाएको छ ।

ओलीले सत्ताका लागि सेनाको सहारा लिइरहेको समेत नवभारत टाइम्सको आरोप छ । उसले ओलीले सत्तामा रहिरहनका लागि पाकिस्तानी, अफगानी वा बंगलादेशी मोड अपनाउन खोजेको भन्दै त्यस्तो प्रयास नेपालमा सफल नहुने दावी गरेको छ । 

बिबिसी हिन्दीले पीएम ओलीले भारत र भारतीय दूतावासमाथि आरोप लगाएको भन्दै समाचार प्रकाशित गरेको छ । उसले ओली आफ्नो पार्टीमा गिरिसकेको बताउँदै उनको आलोचनासँगै राजीनामा पनि मागिएको लेखेको छ ।  
 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x