×

NMB BANK
NIC ASIA

पीसीआर रिपोर्ट हराउँदा ४० दिनसम्म क्वारेन्टीनमै बास, मेयरविरुद्ध आन्दोलन

असार १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

धनुषाको हंशपुर नगरपालिकाको रमनगरा गाउँका ४ जना व्यक्ति क्वारेन्टीनमा बसेको १ महिनाभन्दा बढी भइसक्यो । स्थानीय रामकुमार सदा, जोगेन्द्र सदा, रजनीश सदा र मन्दिप सदा ४० दिनअघि भारतको मद्रासबाट नेपाल आएका थिए । 

Muktinath Bank

उनीहरूलाई नगरपालिकाको वडा नम्बर–७ नौवा खोर परसाहीस्थित स्वास्थ्य चौकीमा सञ्चालित क्वारेन्टीनमा बसेको ४० दिन भइसक्यो तर संकलन गरिएको स्वाबको पीसीआर रिपोर्ट नै नआएका कारण क्वारेन्टीनमा बस्न बाध्य छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘१६ दिनअघि नै हामीसँगै बसेका ३४ जनाको स्वाब एकैसाथ संकलन गरिएको थियो,’ क्वारेन्टीनमा बसेका रामकुमार सदाले लोकान्तरसँग भने, ‘३० जनाको रिपोर्ट आयो तर हामी ४ जनाको रिपोर्ट नै आएन ।’ ३० जनाको रिपोर्ट ‘नेगेटिभ’ आएपछि घर फर्किएका छन् तर आफूहरूको रिपोर्ट नै नआएका कारण क्वारेन्टीनमा बस्न बाध्य भएको सदाले बताए ।


Advertisment
Nabil box
Kumari

क्वारेन्टीनमा वाईफाईको सुविधा नहुँदा समय बिताउन समस्या हुने गरेको गुनासो छ । खानपिनमा समेत एकैखाले खाना सधैं खाँदा दिक्क लागिसकेका कारण घर जान पाए हुन्थ्यो भन्ने आग्रह गरेका छन् ।

Vianet communication
Laxmi Bank

प्रादेशिक प्रयोगशालाबाट ४ जनाको रिपोर्ट हराएका कारण ४० दिन भएपनि क्वारेन्टीनमा राखिएको क्वारेन्टीनमा कार्यरत हंशपुर नगरपालिकाका हेल्थ असिस्टेन्ट गंगाराम मण्डलले बताए । ‘यहाँ स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा पठाएका थियौं,’ मण्डलले भने, ‘तर त्यहाँ उनीहरूको परीक्षण नगरेर वीरगञ्ज पठाइयो ।’ वीरगञ्जबाट ३४ जनामध्ये ३० जनाको मात्र रिपोर्ट आयो र बाँकी ४ जनाको रिपोर्ट नै नआएको उनले बताए । 

स्वाब संकलन गर्ने तर परीक्षणका लागि पठाउँदा समयमा रिपोर्ट नै नआउने, आए पनि कतिपयको रिपोर्ट नै हराउने गरेको घटना एउटा क्वारेन्टीनमा मात्र छैन । प्रायःजसो क्वारेन्टीनको समस्या यस्तै छ ।

अति नै भएपछि क्वारेन्टीनमा बसेका व्यक्तिहरू स्थानीय पालिका प्रमुख (मेयर) विरुद्ध नाराबाजी गर्ने, तोडफोड गर्ने, आगजनी गर्नेसम्मका घटना हुन थालेका छन् । धनुषाको सबैला नगरपालिका–८ ठिल्लाको सरस्वती माविमा सञ्चालित क्वारेन्टीनमा बसेका ७५ जना व्यक्तिले ३ दिनअघि क्वारेन्टीनका सामान समेत तोडफोड गरे । नगरपालिका प्रमुख विजयशंकर प्रसाद साहका अनुसार नाराबाजी गर्दै विद्यालयको डेस्क बेन्च तोडफोड गर्नुका साथै सुत्नका लागि बिछ्याउन दिइएको फममा आगजनी गरेर जलाएका छन् ।

‘स्वाब संकलन गरेको २ दिनमा नै रिपोर्ट किन आएन भनेर उनीहरूले मेयर, उपमेयर, त्यहाँ कार्यरत प्रहरीलाई समेत गालीगलौज गर्ने गरेका छन्,’ प्रमुख साहले भने, ‘जतिबेला गयो उनीहरू नाराबाजी गर्दै गालीगलौज गर्न थाल्छन् ।’

स्वाब संकलनको २० दिनसम्म पनि रिपोर्ट नआउँदा उनीहरू आक्रोशित हुनु स्वाभाविक रहेको उनले बताए । अब क्वारेन्टीन व्यवस्थापन समेत गर्न नसकिएको उनले बताए । क्वारेन्टीनबाट निस्केर गाउँ घुम्ने, गाउँबाट रक्सी, पानपराग, रजनीगन्धा मगाउने काम भइरहेको उनले बताए ।

यी केही उदाहरणमूलक प्रतिनिधि मात्र हुन् । धेरैजसो क्वारेन्टीनको अवस्था नाजुक छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला पनि समयमा रिपोर्ट नआउने तथा कतिपय रिपोर्ट हराउने गरेका कारण थुप्रै समस्या उत्पन्न हुने गरेको बताउँछन् । ‘कतिसम्म भएको छ भने कोरोना पोजेटिभ हुनेहरू आइसोलेसनमा उपचारपश्चात निको भएर डिस्चार्ज भई घर समेत फर्किने गरेका छन् तर उनीहरूसँगै आएका व्यक्ति भने रिपोर्ट नआएका कारण क्वारेन्टीनमा नै लामो समय बस्नुपर्ने स्थिति छ,’ प्रजिअ निरौलाले भने ।

रिपोर्ट समयमा नै पठाउन तथा दायाँबायाँ नगरिदिन आफूले प्रादेशिक प्रयोगशालादेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झासम्मलाई पटक–पटक भनेको उनले बताए । ‘पोजेटिभ आएको रिपोर्टबारे तत्काल पठाइदिने तर नेगेटिभ आउनेको रिपोर्ट पठाउन प्रयोगशालाले तदारुकता नदेखाएको कारण समस्या उत्पन्न भएको छ,’ निरौलाले भने । 

प्रादेशिक प्रयोगशालाका सल्लाहकार डा. राजकुमार महतो भने १ महिना अघिसम्म समस्या भए पनि हाल त्यस्तो नभएको बताए । ‘पहिले रिपोर्ट हराउने तथा दोहोर्‍याएर स्वाब संकलन गर्ने काम कतिपय ठाउँमा भएको थियो,’ महतोले भने, ‘तर अब त्यस्तो समस्या नहुनु पर्ने हो, भएको रहेछ भने हामी त्यसलाई सुधार गर्नेछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x