कोरोनाबाट वैदेशिक रोजगारीमा सोचेभन्दा कम असर : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा सोचेभन्दा कम असर गरेको भन्दै यो अर्थतन्त्रका लागि सकारात्मक भएको बताएका छन् ।  

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली समस्यामा पर्ने अनुमान गरिए पनि क्रमशः आर्थिक क्रियाकलाप सञ्चालन हुँदै जाँदा रोजगारीको समेत सुनिश्चितता भइरहेको मन्त्री खतिवडाले बताए ।


Advertisement

सोमबार नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई भिडियो सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा समस्यामा परेर स्वदेश फर्किने नेपालीको संख्या अनुमान गरेभन्दा कम हुने पनि बताए ।

जेठ महिनामा भित्रिएको १ खर्ब हाराहारी रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिती र बैंकमा पर्याप्त तरलता प्रदान गरेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।


Advertisement

उनले पछिल्लो समय विदेशबाट नेपाली कामदारको माग बढेको र नेपाली युवा पनि जान इच्छुक देखिएपछि सुरक्षा प्रबन्ध अपनाएर पठाउन थालिएको जनाए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्