कपिलवस्तुमा हालसालै रोपिएको धानमा सलहको फौज, रोपाइँको हिलो सुक्न नभ्याउँदै खेत बाँझै !

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

कपिलवस्तुका ३ स्थानीय तहमा आइतवार ठूलो फौजसहित सलह कीरा देखिएको छ ।

जिल्लाको शिवराज नगरपालिकाका–३ र ११ र विजयनगर गाउँपालिकाको सबै क्षेत्रमा हजारौंको संख्यामा सलह देखिएको छ । कपिलवस्तु नगरपालिकाका विभिन्न ठाउँमा पनि सलहको फौज देखिएको छ ।


Advertisement

शनिवार दिउँसो रुपन्देहीमा देखिएको सलह कीरा साँझ पाल्पामा पनि देखिएको थियो । आइतवार परेको ठूलो वर्षाका कारण पाल्पाबाट तितरवितर भएको बताइए पनि सोमवार कपिलवस्तुमा हजारौंको संख्यामा सलह कीरा देखिएपछि किसान त्रसित बनेको छन् । रोप्न ठिक्क पारेको धानको बेर्ना, रोपिएको धान र तरकारी बालीलाई सलहले नष्ट पारेको छ ।

कपिलवस्तु–४ मा रोपेको धान बाली र तयारी अवस्थाको तरकारी पनि सलहले नष्ट गरेको बताइएको छ । हालसालै रोपिएको धानबालीमा सलहको फौज पसेर खेतलाई बाँझै बनाइदिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले ठूलो संख्यामा सलह देखिएपछि मन्त्रालयको टोली त्यहाँ पुगेको बताइन् ।


Advertisement

‘सहल ठूलो संख्यामा देखिएको भन्ने कुरा आएपछि हाम्रो टोली त्यहाँ पुग्दैछ । क्षतिको विवरण आइसकेको छैन,’ उनले भनिन् । रुपन्देहीमा भने अहिले सलह देखिएको छैन । सलहबाट बाली जोगाउन प्रोत्साहन स्वरुप प्रदेश सरकारले सलह कीरा छोपर ल्याए प्रतिकिलो २० रुपैयाँका दरले खरिद गर्ने बताएको छ ।

अन्नको भण्डार मानिन तराईमा बाली लगाउने समयमा अनिकाल निम्ताउने सलह आएपछि यसले कोरोना कहरसँगै मुलुकमा खाद्य संकट निम्ताउने चिन्ता व्यक्ति गर्न थालिएको छ ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्