रोपाइँमा मुख्यमन्त्रीको चटक : जुत्ता र ज्याकेटमा ठाँटिएर हिलाम्मे ट्याक्टरमा 'फोटो सेसन'

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

तस्वीर सौजन्य : विक्रम न्यौपाने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्याङ्जाको पुतलीबजारमा जमिन चक्लाबन्दी परियोजनाको शुभारम्भ गरेका छन् ।

पुतलीबजार नगरपालिका–४ गोठिङफाँटमा सोमवार मुख्यमन्त्री गुरुङ आफैं ट्याक्टर चढेर परियोजनाको शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री गुरुङ ट्याक्टर चढेको फोटो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।


Advertisement

प्रदेश सरकारले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणका लागि जमिन चक्लाबन्दी परियोजना सञ्चालन गरेको छ । प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यस्वरुप सञ्चालित विभिन्न कार्यक्रममध्ये जमिन चक्लाबन्दी पनि एक हो । यहाँ १२० किसानको ३१० रोपनी जमिन चक्लाबन्दी भएको छ ।

प्रदेश र स्थानीय तहले समेत किसानलाई सहयोग गर्दै आएका छन् । जसमा किसानकै ५९ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । 


Advertisement

धान उत्पादनमा वृद्धि, आत्मनिर्भर र समृद्धि भन्ने नाराका साथ गोठिङ कृषक समूहले चक्लाबन्दी परियोजना अघि बढाएको छ ।

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्