×

NMB BANK
NIC ASIA

सांसदले छानेको कार्यक्रमको प्रतिफल : लकडाउनमा विपन्न परिवारका घरघरमा २० हजार कमाइ !

असार १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमणको महामारीसँगै कतिले रोजगारी गुमाएका छन्, कतिले व्यापार व्यवसाय गर्न नपाएर कमाइ गर्न पाएका छैनन् ।

Muktinath Bank

तर सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–३ का ५० परिवारले लकडाउनकै बेला घरघरमा २० हजार रुपैयाँ कमाइ गरे । आर्थिक गतिविधि प्रभावित भएको लकडाउनका बेला गाउँघरमा कमाइ कसरी सम्भव भयो ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुर्खेतमा सांसदको छनोटमा सञ्चालित दलित, अतिविपन्न तथा लक्षित वर्ग विशेष एकीकृत नमूना अग्र्यानिक कृषि कार्यक्रम अन्तर्गत सुर्खेतबाट प्रतिनिधित्व गर्ने सांसद विन्दमान विष्टले ताक्मा, लामी दमार र लगमका ५० घरधुरीलाई तरकारी खेती गर्ने अवसर दिएका थिए ।


Advertisment
Nabil box
Kumari

प्रतिसांसद ४० लाख रुपैयाँको दरले कृषि विकास निर्देशनालयले सांसदले छनौट गरेको स्थानमा कार्यक्रममा लगानी गरेको छ । प्राप्त बजेटबाट निर्देशनालयले जिल्लाको पञ्चपुरी, लेकवेशी, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका विभिन्न वडामा कृषि उपज उत्पादन वृद्धि तथा पशुपालनका कार्यक्रम गरेको छ ।

Vianet communication
Laxmi Bank

पञ्चपुरी नगरपालिकामा ३६ लाख ५० हजार रुपैयाँ लगानीमा ५० वटा टनेल निर्माण गरी कृषकले तरकारी फलाएका छन् । लकडाउनकै बेला प्रतिपरिवार २० हजार रुपैयाँभन्दा बढीको आम्दानी भएको स्थानीय लाली बोहोरा बताउँछिन् ।

‘लकडाउनको समयमा पैसा आइरह्यो । सरकारले गरेको कामबाट हामी खुशी छौं । अब भारत जानेभन्दा पनि यही काम गर्छौं,’ उनले भनिन्, ‘५० रुपैयाँको दरले टमाटार, काक्रा बिक्री गरेका छौं ।’ स्थानीय किसानलाई प्रतिटनेल ७३ हजार २०० रुपैयाँको दरले अनुदान दिइएको थियो ।

कार्यक्रम अनुसार अन्य पालिकामा कार्यक्रमबाट कृषकलाई बयर बोका, बयर पाठी र तरकारी खेतीमा अनुदान दिइएको छ । ‘कार्यक्रम के कसरी आयो भन्ने थाहा छैन तर यो कार्यक्रमबाट बयर बाख्रा पाउँदा निकै खुशी छुँ,’ लेकबेशी दशरथपुरका कृषक हिक्मत पुनले भने, ‘सधै सांसद विकास कोषको बजेट बाटो बनाएर बालुवामा पानी खन्याएझै हुन्थ्यो तर यस पटक हामी प्रत्यक्ष लाभान्वित छौं । यही नै हाम्रा लागि खुशीको कुरा हो ।’

कृषक जेसरादेवी पुनले स्थानीय जातको बाख्राभन्दा बयर बाख्राबाट चाँडै फाइदा लिन सकिने भन्दै अनुदानमा बाख्रा उपलब्ध गराएकोमा प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरिन् । पशु प्राविधिक सिर्जना खड्काले बयर बाख्रापालनले कृषकको आम्दानीको स्रोत चाँडै वृद्धि हुनुका साथै जीविकोपार्जनमा सहयोग पुग्ने बताइन् । उनका अनुसार ४० लाख अनुदानमा स्थानीय ५५ घरलाई प्रतिघर ३ वटा बयर बाख्राको पाठी उपलब्ध गराइएको छ भने गाउँमा सामूहिक तरकारी खेती पनि सञ्चालन गरिएको छ । 

प्राविधिक चन्द्रबहादुर रुचालका अनुसार ४० लाख अनुदानबाटै लेकबेशी–१ का ४२ घरधुरीलाई प्रतिघर ३ वटा बयर पाठी र २ वटा सामूहिक बयर बोका हस्तान्तरण गरिएको छ ।

स्थानीय कृषक नन्दी लामाले भनिन्, ‘बयर पाठी काटेर खानका लागि होइन । हामीलाई जीविकोपार्जन गर्न हम्मेहम्मे भएपछि हाम्रै मागका आधारमा प्राप्त गरेका हौं । यसैबाट अब हाम्रो आम्दानीको स्रोत बढ्ने छ ।’

गुर्भाकोट नगरपालिका–१३ का ७४ घरधुरीलाई प्रतिघर ३ वटाका दरले बयर पाठी उपलब्ध गराइएको छ भने १४ घरधुरीले बंगुरपालन गरेका छन् । पशु प्राविधिक निलम घर्तीमगरले स्थानीयलाई मासुबाटै आत्मनिर्भर बनाउन कार्यक्रमले सहयोग पुगेको बताइन् । 

कृषि विकास निर्देशनालयका निर्देशक तथा वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायाले कुनै व्यक्ति विशेष कृषकभन्दा सिंगो समुदायलाई नै फाइदो पुग्ने मोडलको कार्यक्रम रहेकाले अन्य ठाउँमा पनि सिको गर्नुपर्ने बताए । ‘कोही कसैबाट कार्यक्रमको आलोचना भए पनि कार्यक्रमबाट कृषकको मुहारमा खुशी र अपनत्वको भावना विकास भएकाले यस्ता नमूना कार्यक्रमलाई सबैले सिको गरेर आफ्नो जिविकोपार्जनमा सुधार ल्याउन जरुरी छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x