मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी, लक-डाउनका बारेमा थप केही निर्णय हुन सक्ने

नेपाल सरकारको नियमित मन्त्रिपरिषद बैठक सोमवार साँझ ६ बजेदेखि चलिरहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको जानकारी दिए ।


Advertisement

बैठकमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि जारी लक-डाउनका बारेमा छलफल हुने बताइएको छ ।

सोमवार अपराह्न बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले आन्तरिक उडान सुचारू गर्ने र लक-डाउनलाई थप हेरफेर गर्ने विषयमा छलफल गरेको थियो ।


Advertisement

त्यसलगत्तै बसेको मन्त्रिपरिषद बैठकमा पनि सोही बारेमा छलफल हुने र कुनै ठोस निर्णय आउन सक्ने अपेक्षा गरिएको छ ।

सीसीएमसीको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरूका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाउने निर्णय गएको छ भने विमानस्थलका कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षाका सामग्री बाँड्ने निर्णय पनि गरेको छ ।

 

   

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्