नेपाललाई अमेरिकाले भन्याे- एमसीसी कोषको उपलब्धता सधैँ खुला रहँदैन

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) परियोना नेपालमा कार्यान्वयनमा जाने विश्वास व्यक्त गरेको छ। 

अमेरिकी दूतावास र एमसीसी नेपालले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर सहयोग लिने नलिने अधिकार नेपाललाई भएको र संसदबाट अनुमोदन गर्न थप समय दिने संकत गरेका हुन्।


Advertisement


पूर्वनिर्धारित मितिअनुसार एमसीसी मंगलबार अर्थात भाेलिदेखि कार्यान्वयनमा जानुपर्ने थियो। तर, नेपालमा सत्तासीन दलभित्रै विरोध भइरहेका बेला संसदबाट अनुमोदन हुन सकेको छैन।

दुतावासले भनेको छ, ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला रहँदैन। यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन्।’  


Advertisement

 यो सहयोग ५० करोड डलरको हो।

दूतावासका अनुसार परियोजनाका लागि दुई देशले सेप्टेम्बर २०१७ मा हस्ताक्षर गरेका हुन्। जसअनुसार नेपालले सेप्टेम्बर २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको ५० करोड डलरको अनुदानलाई अगाडि बढाउन आवश्यक अर्को कदम अनुमोदन हो।

अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु रहेको अमेरिकाले चेतावनी दिएको छ।

एमसीसी नेपालले पनि एमसीसीको तयारी चरणमा उल्लेख्य प्रगति हासिल भइसके पनि पूर्वनिर्धारित असार १६ मा कम्प्याक्टकाे कार्यान्वयन थालनी हुन नसक्ने परिस्थिति देखापरेको बताएको छ।  ‘छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्व शर्त पूरा गर्नका लागि सम्बन्धित सबै पक्षसँग क्रियाशील छ,’ विज्ञप्तिमा भनिएको छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्