विवाह अघि अनिवार्य थाहा पाउनुस् ​पार्टनरका बारेमा यी पाँच कुरा

राजनीतिज्ञ र कूटनीतिज्ञ आचार्य चाणक्‍ले बालक चन्द्रगुप्‍त मौर्यलाई समूचे भारतवर्षका सम्राट बनाएका थिए। उनका नीति शासनका लागि मात्र नभइ मनुष्यकाे जीवनकाे लागि पनि महत्वपूर्ण रहे।

चाणक्यले आफ्ना नीति शास्त्रमा जीवनसाथी राेज्ने विषयलाई लिएर केही कुरा बताएका छन्। थाहा पाउनुस् चाणक्य नीतिका बारेमा।


Advertisement

१. कुलीन युवती रुपमा कुरूप नै किन नहुन तर विद्वान र बुद्धिमान व्यक्तिका लागि उनी श्रेष्ठ हुन्छिन्। चाणक्य भन्छन्- व्यक्तिले जहिले पनि विवाह आफ्ना समान वा गुण भएका युवतीसँग गर्नुपर्छ।

२. चाणक्य भन्छन्- जीवनसाथी चयन गर्दा केवल रूप नहेर्नुस्। उनका कुल, गुण र चरित्रका आधारमा जीवनसाथी राेज्नुपर्छ। याे कुरा युवतीका हकमा पनि समान रुपमा लागू हुन्छ।


Advertisement

३. चाणक्य जीवनसाथीसँग धैर्यका गुण रहनुपर्ने मत व्यक्त गर्छन्। पति-पत्नीबीच धैर्य भएमा जीवन अझ सुखी हुन्छ। यस्ताे गुण भएमा कठिन परिस्थितिमा पनि दुबै एकअर्कालाई साथ दिएर समस्या समाधान हुन्छ।

४. धर्म र कर्ममा विश्वास राख्ने मनुष्य मर्यादित हुन्छन्। विवाह पूर्व यस कुराकाे पनि जानकारी हुनुपर्दछ कि भविष्यका जीवनसाथीमा धर्म-कर्मप्रति कति आस्था छ। चाणक्यका अनुसार परिवारलाई सही दिशा दिनका लागि मनुष्यमा धर्म र कर्मप्रति आस्था रहनुपर्छ।

५. चाणक्य यस श्लोककाे अन्त्यमा भन्छन्- क्रोध मनुष्यलाई अन्त्य गरिदिन्छ। जीवनसाथीमा क्रोधकाे गुण भएमा जीवनमा सुखी रहने धेरै मुश्किल हुन्छ। मनुष्यलाई विवाह अघि जीवनसाथीमा कत्तिका रिस छ भनेर थाहा पाउन जरुरी हुन्छ। रिस परिवारका लागि खतरनाक साबित गर्न सक्छ। व्यक्ति र परिवारकाे सुख पनि खाेस्न सक्छ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्