×

NMB BANK
NIC ASIA

कर्णालीका एक हजार एक सङ्क्रमित निको भएर घर फर्के

असार १५, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ।

Sagarmatha Cement
Muktinath Bank

दिनहुँजसो दर्जनौँ सङ्क्रमित निको भएर घर जान थालेका छन्। जेठ १० गते यता दिन दुईगुणा रात चौगुणाले भारतबाट आएका नागरिकमा कोरोना सङ्क्रमण पुष्टि हुँदै जाँदा कर्णालीका नागरिकमा आतङ्क फैलिएको थियो। असार १३ गते यता कोरोना सङ्क्रमित हुनेभन्दा जितेर घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेपछि कर्णालीवासीको अनुहारमा खुशी छाउन थालेको छ।
    
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरडिटी पिसिआर परीक्षणमा रुकुम पश्चिमका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भए पनि साेमबार यो प्रदेशका विभिन्न आइसोलेशन सेन्टरबाट ४५ सङ्क्रमितले कोरोना जितेर घर फर्केको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए। निको हुनेमा ४१ पुरुष र चार महिला रहेको उनले बताए।
    
साेमबार दैलेख अस्पतालको आइसोलेशनबाट १७, सालकोट आइसोलेशन सुर्खेतबाट १४, प्रदेश अस्पताल सुर्खेतबाट छ, गुराँस आइसोलेशन दैलेखबाट छ र लेकबेंसी आइसोलेशन सुर्खेतबाट दुई जनाले कोरोना जितेसँगै कर्णालीमा कोरोनामाथि विजय गर्नेको सङ्ख्या एक हजार एक पुगेको महाशाखा प्रमुख डा तिवारीले जनाए। 'अहिलेसम्म कोरोना सङ्क्रमण देखिएका सबै व्यक्तिको अवस्था सामान्य छ र कुनै लक्षण देखिएको छैन,' उनले भने, 'सङ्क्रमित सबै चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा छन्।'
     
उनका अनुसार प्रदेश सरकारले सङ्क्रमितलाई मेडिकल उपचारका साथै योग ध्यान तथा विभिन्न खाले शारीरिक व्यायाम गराउने कामसमेत गरेको छ भने प्रदेश आयुर्वेद औषधालयले १० जिल्लाका सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि वितरण गरिरहेको छ। अब कर्णालीमा ४ सय २६ जना कोरोना सङ्क्रमित मात्र निको हुन बाँकी रहेका छन्। कूल सङ्क्रमित सङ्ख्याको ७० प्रतिशत निको भएर घर फर्केको र बाँकी ३० प्रतिशतको अवस्था सामान्य रहेको मन्त्रालयलको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x