×

NMB BANK
NIC ASIA

त्रिविका विद्यार्थी तीन वर्षदेखि निरन्तर घट्दो

असार १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दो देखिएको छ। प्राविधिक र व्यावसायिक क्षेत्रमा केही विद्यार्थी बढेको पाइए पनि कूल विद्यार्थीको गत वर्षको तुलनामा झण्डै १५ हजारले घटेको छ।

Sagarmatha Cement
Muktinath Bank

विश्वविद्यालयको सङ्ख्यात्मक वृद्धि, विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेक्रम र त्रिविको गुणस्तर तथा सुशासनका सवालमा समयमा समयमा उठ्ने प्रश्नले पनि विद्यार्थीको सङ्ख्याएको घटाएको मानिएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकको ठूलो र जेठो विश्वविद्यालय त्रिविको साेमबार सम्पन्न ६१औँ वार्षिक दिवसका अवसरमा आयोजित त्रिवि सभामा पारित ५८औँ ‘ग्रेस लिष्ट’ कूल ५६ हजार ७१३ विद्यार्थी समावेश भएका छन्। यी विद्यार्थीले आगामी पुसमा हुने दिक्षान्त कार्यक्रममा भाग लिन पाउनेछन्।


Advertisment
Nabil box
Kumari

अघिल्लो ५७ औँ ‘ग्रेस लिष्ट’ मा कूल ७० हजार ७७ विद्यार्थी भएका थिए भने ५६औँ ‘ग्रेस लिष्ट’मा कूल ७३ हजार ९०१ विद्यार्थी थिए। यसरी हेर्दा पछिल्लो तीन वर्षको विद्यार्थी सङ्ख्या निरन्तर घट्दो देखिएको हो।

Vianet communication
Laxmi Bank

त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आाज सम्पन्न वार्षिक दिवस बैठकमा प्रस्तुत ग्रेस लिष्ट पारित गरिएको हो । उक्त सूचीअनुसार व्यवस्थापक सङ्कायमा १९ हजार ३३०, शिक्षाशास्त्र सङ्कायमा १४ हजार ८१२, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा नौ हजार ६१५, कानून सङ्कायमा एक हजार ९१५, विज्ञान तथा प्रविधि अध्ययन संंस्थानमा छ हजार १२६, इञ्जिनीयरिङ अध्ययन संस्थानमा दुई हजार ८४४, चिकित्साशास्त्र अध्ययन संस्थानमा एक हजार ४५२, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ३९७ र वनविज्ञान अध्ययन संस् थानमा २२२ विद्यार्थी छन् ।

मन्त्री पोखरेलले कोभिड– १९ को विश्वव्यापी महामारीका कारण उत्पन्न जटिलतालाई ध्यान दिएर शिक्षालाई प्रविधिसँग जोड्न त्रिभुवन विश्वविद्यालयले गरेको महत्वपूर्ण प्रयत्नलाई सार्थकताका साथ कार्यान्वयनमा लैजान र शिक्षाको परम्परागत शैलीमा आमूल परिवर्तन गरी घरलाई शिक्षा आर्जन गर्ने स्थानका रुपमा परिणत गर्दै जान आग्रह गरे।

विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले त्रिविलाई विज्ञान प्रविधिमैत्री बनाउन माइक्रोसफ्ट कम्पनीसँग सम्झौता गरी त्रिविको मेन डोमेन बनाई सबै निकाय तथा क्याम्पसको आफ्नै सवडोमेन बनाएर पाँच लाख शिक्षक, कर्मचारी तथा विद्यार्थीको इमेल बनाउने अभियानमा जुटेको जानकारी दिए।

उहाँले अनलाइन प्रविधिका माध्यामबाटै कक्षा सञ्चालन गर्ने कार्यलाई तीव्रता दिइरहेको साथै विश्वविद्यालयवाट प्रदान गने ट्रान्सक्रिप्ट तथा ग्रेड प्वाइन्ट मा एकरुपता, क्रेडिट ट्रान्सफरको व्यवस्था तथा त्रिविको सम्पत्तिको थप पहिचान र नियम एवं परीक्षा प्रणालीमा सुधार जस्ता कार्यक्रम अन्तिम अवस्थामा पुगेकोसमेत बताए।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालका अनुसारसभाले त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियमको परिच्छेद ३९ नियम १३० अनुसार त्रिविको कार्यकारी परिषद्को रिक्त सदस्यमा कानून सङ्कायका डीन प्रा डा विजयसिंह सिजापति र शिक्षकबाट प्रा डा पे्रमसागर चापागाईंको नियुक्तिलाई समर्थन गरेको छ।

त्रिविमा हाल ६१ आङ्गिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पसमा गरी तीन लाखभन्दा बढी विद्यार्थी छन् । मुलुकका ११ विश्वविद्यालयमध्ये त्रिविले मात्रै ८० प्रतिशत विद्यार्थीको भार बहन गर्दै आएको छ ।

शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले गत वर्ष तयार गरेको जनशक्ति प्रक्षेपणसम्बन्धी प्रतिवेदनमा सीपमूलक क्षेत्रमा आवश्यकतानुसार जनशक्ति नभएको उल्लेख छ भने सरकारले विद्यालय र स्थानीय तहदेखि नै प्राविधिक धारको शिक्षालाई प्राथमिकता दिने उल्लेख गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबहाली गर्दा प्राविधिक शिक्षालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सरकारलाई २०७५ माघ १ गते बुझाइएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले उच्च शिक्षालाई प्राविधिक र अनुसन्धानमुखी बनाउनुपर्ने सुझाव दिएको थियो । –प्रकाश सिलवाल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x