×

NMB BANK
NIC ASIA

बलिउडमा नेपोटिज्‍म छ : हिना

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 टीभी सिरियल ‘ये रिस्ता क्या कहलाता है’बाट आफ्नो अभिनय करिअर सुरु गरेकी हिना खानले फिल्‍म र वेब सिरिजमा पनि काम गरिरहेकी छन्। हालै हिनाले बलिउडमा ‘नेपोटिज्‍म’माथि चलिरहेको बहसबारे अफ्नो धारणा व्यक्त गरेकी छन्।

Sagarmatha Cement
Muktinath Bank

उनले भनिन्, ‘स्‍टार किड्सका फिल्‍म फ्लप भए पनि केही फरक पर्दैन तर हाम्रो एउटा मात्रै फिल्‍म फ्लप भयो भने अगाडि बढ्ने मौका नै दिइँदैन।’ हिना छिट्टै वेब फिल्‍म ‘अनलक’मा देखिँदै छिन्। एक अन्तर्वार्तामा उनले भनिन्, ‘जोसुकैले पनि आफ्नो जिन्दगीमा संघर्ष गरेको हुन्छ। यो फरक हो, कसैले धेरै गरेको हुन्छ भने कसैले थोरै। यसका पछाडि कैयौं कारण हुन्छन्। यो जरुरी छैन कि तपाईंलाई मौका नै नमिलेको होस्। धेरै पटक कस्तो पनि हुन्छ भने तपाईंलाई अवसर त प्राप्त हुन्छ तर परफरमेन्स शतप्रतिशत हुँदैन।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्‍टार किड्ससँग एकप्रकारको विशेषाधिकार हुने हिनाको अनुभव छ। उनले भनिन्, ‘मैले टेलिभिजनबाट करिअर सुरु गरेँ। फिल्म, वेब सिरिज, सर्ट फिल्म, म्युजिक भिडियोमा काम गरेँ। अहिले डिजिटल फिल्म गरिरहेकी छु। मैले सकेजति मेहनत गरिरहेको छु ता कि मेरो कामको कसैले मूल्यांकन गरोस्। उद्योगमा टिक्न प्रत्येक कलाकारले खुब मेहनत गर्नुपर्छ। राम्रो प्रोजेक्‍ट्स छान्न सक्नुपर्छ, राम्रोभन्दा राम्रो अभिनय देखाउन सक्नुपर्छ; जसबाट तपाईं ठूलो ब्यानर र राम्रो निर्देशकको नजरमा पर्नुहोस्।’


Advertisment
Nabil box
Kumari

‘नेपोटिज्‍म’बारे हिनाले भनिन्, ‘स्टार किड्स वा उद्योगसँग जोडिएका जो जो कलाकार छन्, उनीहरूलाई विशेषाधिकार प्राप्त छ। उनीहरूसँग १० वटा फिल्म छन् र एउटा पनि चलेन भने पनि केही फरक पर्दैन। तर, मैले कुनै ठूलो फिल्ममा काम गरेँ र त्यो चलेन भने मैले अर्को मौका पाउँदिनँ। स्‍टार किड्स र अन्य कलाकारमा यही फरक छ। स्‍टार किड्सका फिल्‍म चले पनि नचले पनि उनीहरूसँग प्रोजेक्‍टको लाइन हुन्छ। एकपछि अर्को निर्माता निर्देशकले उनीहरूलाई काम दिइरहन्छन्। उनीहरूलाई आफ्नो क्षमता देखाउने अवसर बारम्बार प्राप्त भइरहन्छ। तर अन्यको हकमा यो अवसर रहँदैन।’  अन्नपूर्ण पोस्टमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x