पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
नेपालको कूल क्षेत्रफलको ४४.४७ प्रतिशत भूभाग वन क्षेत्रले ढाकेको भएपनि कूल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान ६ प्रतिशतको हाराहारीमा मात्रै छ ।
वन क्षेत्र एउटा महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो । यसर्थ वनको वैज्ञानिक व्यवस्थापनद्वारा लाभ लिनुपर्छ । नेपालीको जीवन पद्धति र समृद्धिको आधार वन क्षेत्र हो भन्ने स्वीकारोक्ति आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा व्यक्त गरिएको छ । यसर्थ वन क्षेत्रको सम्बर्द्धन र वातावरणीय सन्तुलन कायम गर्नु हाम्रो कर्तव्य हो ।
वन सम्पदाको बहुउपयोग गरी आय, रोजगारी एवं व्यवसाय प्रबद्र्धन गर्ने आर्थिक वर्ष २०७७/७८ को बजेटको लक्ष्यलाई कार्यान्वयनमा रुपान्तरित गर्नुपर्छ ।
वैज्ञानिक वन व्यवस्थापनको माध्यमबाट वन पैदावारलाई आर्थिक क्रियाकलापसँग जोड्नुपर्छ । वन सम्पदामा नेपाल सम्पन्न भएपनि हामीले काठ, फर्निचर र वन सम्पदामा आधारित वस्तुको आयत गरिरहेका छौं । यसबापत ठूलै धनराशी विदेशिने क्रम रोकिएको छैन ।
यसैलाई मध्यनजर राखी आव २०७७/७८ को बजेटले समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरी वन पैदावारमा काष्ठ, गैरकाष्ठ र जडीबुटीमा आधारित उद्यमको विकास गर्ने पनि ध्येय लिएको छ ।
यसका लागि संघ, प्रदेश र स्थानीय तहले संयुक्त प्रयासद्वारा उपभोक्ता समूहसँग सहकार्य र समन्वय गरी वनको सुरक्षा, वृक्षरोपण र वनको विविधीकरण गर्दै चरन क्षेत्र, सिमसार, तालतलैया, जैविक विविधिता र वातावरण संरक्षण गर्नुपर्छ । वनभित्र रहेका ताल तलैयामा वन र जंगली जनावरलाई बाधा नपर्ने गरी माछापालन गर्न सकिन्छ ।
साथै ताल तलैयाबाट सिँचाइ गर्न सकिन्छ । वन एवं निकुञ्ज क्षेत्रभित्र रहेका खोला एवं नदीबाट आर्थिकरूपमा सक्षम जलविद्युत् आयोजना सञ्चालन गर्नुपर्छ ।
नेपाल सरकारले कुनै पनि आयोजना सञ्चालन गर्दा रुख काट्नुपर्ने स्थितिमा एउटा रुख काटेबापत २५ वटा वृक्षरोपण गर्नुपर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत सार्वजनिक पर्ती जग्गा, झाडी र बुट्यान क्षेत्र र वन नभएका अन्य नांगो वन क्षेत्र, नदी उकास लगायतमा युवाहरूको विशेष दस्ता नै खडा गरी वृक्षरोपण गर्ने र हुर्काउने जिम्मेवारी दिनु पर्छ । यसैगरी, राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित तथा मध्यवर्ती क्षेत्र, वनस्पति उद्यान र सम्भाव्य सामुदायिक वनलाई प्रकृतिमा आधारित पर्यटन गन्तव्यमा विकास गर्ने सरकारी प्रतिबद्धतालाई पनि सार्थक तुल्याउनुपर्छ ।
यसै सन्दर्भमा निश्चित वनलाई शिकार खेल्न पाइने वनको रूपमा समेत विकास गर्न सकिन्छ । नामिबिया लगायतका मुलुकको असल अभ्यासबाट सिक्न सकिन्छ । यसैगरी, लोपोन्मुख तथा दुर्लभ वन्यजन्तुको संरक्षण गर्नुपर्छ । यसमा रेडपाण्डा लगायत पर्दछन् । साथै मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै वन्यजन्तुको बासस्थानमा मानव अतिक्रमण हुन दिनु हुँदैन । बेलाबखतमा जंगली हात्ती लगायत बस्तीमा प्रवेश गर्ने र व्यापक नोक्सानी गर्ने गरेका छन् भने मानिसहरूले पनि जंगली जनावरलाई घाइते तुल्याउने गरेका छन् । यसमा समुचित उपायको खोजी गर्नुपर्छ ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको प्रभावकारिता अभिवृद्धि गर्न सके यस क्षेत्रको वन सम्पदा जोगाउन सकिने छ । यसैगरी, हामीले हरित शहरको विकास गर्ने लक्ष्य लिएका छौं, यसलाई साकार पार्न सबै ७५३ वटा पालिकाहरूले नक्सा पास गर्दा अनिवार्य रूपमा विरुवा रोप्नुपर्ने प्रावधान राख्नुपर्छ । साथै, रुख संरक्षण गर्नेलाई करमा १० प्रतिशत छुट दिन सकिन्छ । यस अतिरिक्त, वन क्षेत्रबाट कार्बन व्यापारको लाभ लिन ‘रेड प्लस’ कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्छ । वन, वनस्पति, वन्यजन्तु, जैविक विविधता, जलाधार, वातावरण र जलवायु परिवर्तनले विश्वलाई नै गाँजेको छ, नेपाल यसमा उत्कृष्ट समूहमा पर्ने सम्भावनालाई नकार्न सकिन्न ।
वनको बहुआयामिक उपयोग गर्नुपर्छ । वनबाट डालेघास, बेतबाँस, जडीबुटी लगायतको विकास गरी पिछडिएका वर्ग र क्षेत्रको गरीबी न्यूनीकरण गर्न सकिन्छ । यी सामग्रीमा नेपाली पहिचान रहनुका साथै निकासी समेत गर्न सकिने हुन्छ । यसैगरी, चिउरी ध्यू, लोक्ता, मौरीपालन, अम्रिसो, लप्सी जस्ता वनजन्य कच्चा पदार्थमा आधारित घरेलु उद्योग सञ्चालनमा किसानलाई आकर्षित गर्न सकिन्छ । वैदेशिक रोजगारीबाट फर्किएका र स्थानीय बेरोजगार युवाको लागि यो क्षेत्र उपयुक्त स्वरोजगारको थलो हुन सक्छ । नेपाल सरकारको प्रतिबद्धता अनुसार बाजुरा, डोल्पा, मकवानपुर लगायतमा जैतून (ओलिभ) को खेती गर्ने योजनाको कार्यान्वयन गर्नुपर्छ । यसबाट नेपालको बाँझो जमिनको उपयोग हुनुका साथै राम्रै लाभ पनि लिन सकिने छ ।
यसैगरी, बागलुङको ढोरपाटन र तकमा जडीबुटी केन्द्र खडा गर्ने र नेपालगञ्जमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यलाई पनि शीघ्र कार्यान्वयनमा उतार्नुपर्छ । हामीले वन दशक घोषणा गरेका छौं । यसर्थ, एक घर एक रुख, एक गाउँ एक वन, एक नगर अनेक उद्यान कार्यक्रमलाई सफल तुल्याउनुपर्छ । वन क्षेत्रमा जैतुन, लोठसल्ला, तेजपात, टिम्बुर र डालेचुकको व्यावसायिक खेती गर्नुपर्छ । यस्तै लप्सी, बोधिचित्त, रुद्राक्ष, अर्गेली, च्यूरी, चिराइतो, श्रीखण्ड र मेन्थाबाट लाभ लिनुपर्छ । नभुलौं, वन क्षेत्र, समृद्धिको आधार र रोजगारीको भरपर्दो स्रोत हुनसक्छ ।
नेपालमा वन क्षेत्रले ढाकेको जमिनमध्ये करीब १५ प्रतिशत भाग उजाड, नाङ्गो वन, केवल झाडी अर्थात् रुखहीन वन क्षेत्र रहेको छ । यसमा बेरोजगार युवालाई विविध उद्देश्यसहित परिचालन गर्नुपर्छ । यस्तो जमिनमा वनकै व्यावसायिक खेती गर्ने वा कृषि उत्पादनको सम्भावनालाई नियाल्नुपर्छ । वनभित्र पशुपालनको कार्य गर्न सकिन्छ । यसका लागि वनको प्रकृति पहिचान गर्नुपर्छ । रुख ठूला भएको, तत्कालै रुख काट्ने सम्भावना नभएको तथा नयाँ वृक्षरोपण गर्ने सम्भाव्यता समेत नभएका वनलाई खुल्ला चरन क्षेत्रका रुपमा उपयोग गर्न सकिन्छ । केही मानिसमा वनलाई छुनै हुन्न भनेजस्तो अतिवादी सोच हावी छ, यसलाई सकारात्मक लाभका लागि परास्त गर्नुपर्छ ।
वनको जमिनमुनि खेती गर्नुपर्छ । यी जमिनमा तरुल, पिँडालु, अदुवा, बेसार, आलु, प्याज, विविध कन्दमूल लगायतको खेती हुन सक्छ । यसका लागि सर्वप्रथम सम्भाव्यता अध्ययन गर्नुपर्छ । यसैगरी वनभित्र लहरे तरकारी खेती गर्न सकिन्छ । यस्ता तरकारीमा घिरौंला, लौका, बोडी, स्कूस, फर्सी हुन सक्छन् । साथै, काँक्रो, करेला, चिचिण्डो लगायतका थुप्रै थाक्रो आवश्यक पर्ने तरकारी खेतीबाट लाभ लिन सकिन्छ । यस अतिरिक्त, वनभित्र चिया, कफी, अम्रिसो, बेलघारी, एैंसेलु, चुत्रो, लालीगुराँसको जंगल तयार गर्न सकिन्छ । यसका आधारमा जूस उद्योग सञ्चालनमा आउन सक्छ ।
यी सबै कुरा सुन्दा र पढ्दा वन क्षेत्रकै विज्ञहरूका कन्सिरीको रौं तात्न सक्छ, कारण यसरी पनि वनको उपयोग गर्न सकिन्छ भनी हामीले कहिल्यै बहस नै गरेनौं । जे होस्, वन हाम्रो अमूल्य सम्पत्ति हो, यसलाई कृषिसँग आवद्ध गरेर हुन्छ कि वा अन्य विकल्पमा गएर हुन्छ, यसबाट लाभ लिनैपर्छ ।
नेपालको वन बाहिरबाट हेर्दा घना देखिएपनि भित्र नांगो अवस्थामा छ । साथै, केबल झाडी र बुट्यान मात्रै भएको वन भूमिको क्षेत्रफल पनि उल्लेख्य छ । यसर्थ रोजगारीका लागि वृक्षरोपण गर्ने वा कृषि खेती गर्ने वा पशुपालन फार्म सञ्चालन गर्ने गरी भूमिको उपयोग गर्नुपर्छ । राष्ट्रपति चूरे संरक्षण कार्यक्रमको माध्यमबाट पनि वन संरक्षण, वातावरण सुधार, बाढीपहिरो नियन्त्रण तथा हरियाली प्रबर्द्धनमा अघि बढ्नुपर्छ । हाम्रो ध्येय स्वच्छ, हराभरा र प्रदूषणमुक्त नेपाल अभियान सञ्चालन गरी जैविक विविधता तथा जलवायु परिवर्तन अनुकूलनमा सरकार, निजी क्षेत्र, सहकारी तथा सामुदायिक र गैरसरकारी क्षेत्रबीच घनीभूत सहकार्य हुनुपर्छ ।
वनमा नयाँ मुना पलाउँछन् भनी डढेलो लगाउने प्रचलन छ । यसलाई नियन्त्रण गर्नुपर्छ । यसबाट थुप्रै रुख बिरुवा मात्रै जलेर खरानी हुने होइनन्, प्राकृतिक ईको सिस्टमका कैयौं प्राणी समेतको वंश नाश हुने गरेको छ । वनको वैज्ञानिक पद्धतिबाट सीमांकन गरिने र वन क्षेत्रमा रहेको बसोबासको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग गठन गर्ने सरकारको सदैव एजेण्डा हुने गरेको छ तर न त वन क्षेत्रको अतिक्रमण रोकिएको छ, न त सुकुम्बासी लगायतले जमिन पाएर खुशी नै भएका छन् । यस्तो दोधारे नीतिको अन्त्य गरी मन, वचन र कर्मले वनको संरक्षण गरी र यसबाट आर्थिक लाभ हासिल गर्ने गरी वन उपयोगको राष्ट्रिय कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा खरो उत्रिनु समयको माग हो ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...