नेकपा स्थायी कमिटीको चौथो दिनको बैठक, ७ एजेण्डामा छलफल

फाइल फोटो

पार्टी र सरकारका काम कारवाहीको समीक्षा तथा समसामयिक विषयमा छलफल गर्न नेकपा स्थायी कमिटीको बैठक मंगलवार पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्ने बैठकमा शुरूको दिनमा तय गरिएको एजेण्डामा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए । 

पार्टी कामको समीक्षा, सरकारका काम कारवाही, सीमा समस्या समाधान, कोभिड नियन्त्रण, अमेरिकी आर्थिक सहयोग (एमसीसी) लगायत ७ वटा एजेन्डामाथि छलफल भइरहेको छ । असार १० गते शुरू भई १२ र १३ गते बसेको बैठकमा नेपाल–भारत सीमा समस्या समाधानको विषयमा छलफल भएको थियो । 


Advertisement

सीमा समस्या समाधानको विषयमा अधिकांश सदस्यहरूले बोलिसकेका कारण आजदेखि अर्को एजेण्डामा छलफल हुने नेकपा नेताहरूले बताएका छन् ।  
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्