×

NMB BANK
NIC ASIA

पोखरामा ७ जना संक्रमित थप, महानगरमा समुदायस्तरमा फैलिएको छैन कोरोना : पौडेल

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा महानगरपालिकामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

Muktinath Bank

प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलवार विज्ञप्ति जारी गरी संक्रमित थपिएको पुष्टि गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संक्रमितमध्ये २७ वर्षीया महिला छन् भने ३० वर्षीय २ जना र ३५, ३६, ३९ र ५३ वर्षीय १/१ जना पुरुष छन् ।


Advertisment
Nabil box
Kumari

यससँगै पोखरा महानगरपालिकाभर कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।

Vianet communication
Laxmi Bank

महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले महानगरभित्र समुदायस्तरमा अझैसम्म कोरोना नफैलिएको र जोखिम न्यूनीकरणका लागि आफूहरूले क्वारेन्टीन व्यवस्थित गर्नेदेखि कन्ट्याक्ट टे«सिङको कार्यलाई निरन्तरता दिएको बताए ।

उनका अनुसार हालसम्म १५ जना निको भई घर फर्केका छन् भने बाँकीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेका छन् ।

बाहिरबाट आएका सम्भावित कोरोना संक्रमितको आशंकामा क्वारेन्टीनमा राखिने हुँदा यसलाई सबैले स्वाभाविक लिनुपर्ने उनको तर्क छ तर क्वारेन्टीन व्यवस्थित बनाउने विषयमा आफूहरूले स्वास्थ्य मन्त्रालय तथा डब्ल्यूएचओले भने अनुसार फरक–फरक मितिमा आउनेलाई छुट्टै कोठामा आवश्यक प्रबन्ध मिलाएर राख्ने गरिएको पौडेलले बताए ।

‘पोखरामा समुदायस्तरमा कोरोना नफैलिनु नै हाम्रो लागि सुखद पक्ष हो,’ उनी भन्छन्, ‘तैपनि आगामी दिनमा सबैजनाले सचेतना अपनाउनुपर्छ ।’

पोखरासहित समग्र गण्डकी प्रदेशमा मंगलवारसम्म कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ । मंगलवार कास्की, तनहुँ, लमजुङ र स्याङ्जामा गरी थप १७ नयाँ संक्रमित थपिएका हुन् । कास्कीको मादी गाउँपालिकाका ४२ वर्षीय पुरुष संक्रमित बनेका छन् ।

तनहुँमा थपिएका ५ जना व्यास नगरपालिकाका हुन् । संक्रमितहरू २०, २७ र ३२ वर्षीय पुरुष र २७ र ३६ वर्षीया महिला छन् ।

लमजुङको वेशीशहरकी १९ वर्षीया, मस्र्याङ्दीकी ३८ वर्षीया र मध्यनेपाल नगरपालिकाकी २० वर्षीया महिलामा कोरोना देखिएको छ ।

स्याङ्जाको पुतलीबजारका ३० वर्षीय पुरुषमा पनि कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकीबाट हालसम्म कोरोना संक्रमणबाट निको हुने २१४ जना पुगेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x