सरकारले भन्यो– १४ दिन नियमपूर्वक क्वारेन्टीनमा बसेकालाई पीसीआर रिपोर्टविनै घर पस्न दिनू !

सरकारले नियमपूर्वक १४ दिन क्वारेन्टीनमा बसेर फर्किएकाहरूलाई विनाअवरोध घरमा प्रवेश दिन अपिल गरेको छ ।

१४ दिन क्वारेन्टीनमा बसेकाहरूलाई घरबेटीले पीसीआर रिपोर्टविना घर प्रवेश गर्न नदिएकोतर्फ सरकारको ध्यानाकर्षण भएको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले जारी गरेको निर्देशिकाविपरीत कार्य नगर्न अपिल गरेका छन् ।


Advertisement

१४ दिनसम्म नियमपूर्वक क्वारेन्टीनमा बसेका र कुनै लक्षण नदेखिएकामा कोरोना संक्रमण नहुने र भएपनि यस्ता संक्रमितबाट संक्रमण नसर्ने दाबी प्रवक्ता गौतमले गरे ।

उनले नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५ सय ६४ पुगेको जानकारी दिए ।


Advertisement

स्वास्थ्य मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइयो ।

संक्रमितमध्ये ३ हजार १ सय ९४ जना निको भएर घर फर्किएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको उनको भनाइ छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्